Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

६६ जिल्लामा कांग्रेसको जिल्ला अधिबेशन

\"Nepali-congress-750\"काठमाडौं । क्षेत्रिय र जिल्ला अधिबेशन पछि नेपाली कांग्रेसको जिल्ला अधिवेशन सोमबार देशभर हुँदैछ । अधिबेशनले जिल्ला सभापति र जिल्ला कार्यसमिति चयन गर्दैछ । सभापतिमा सुशील कोइराला र वरिष्ठ नेता शेर बहादुर देउवा पक्षबिच चर्को प्रस्पिर्धा हुने देखिएको छ । गाउँ नगर र क्षेत्रीय अधिवेशनमा आफ्नो स्थिति निकै बलियो बनेकोे देउवा पक्षले जिल्ला अधिवेशनमा पनि यसलाई निरन्तरता दिने अनुमान गरिएको छ । संस्थापन पक्षभित्र एकभन्दा बढी गुट देखिएकाले त्यसको फाइदा देउवा पक्षले लिन सक्ने देखिएको हो । निर्वाचन समितिका पदाधिकारीले सोमबार ६४ देखि ६६ जिल्लामा अधिवेशन हुने अनुमान गरेका छन् । केही जिल्लमा सोमबार उद्घाटन भए मंगलबार चुनाव हुने कार्यक्रम रहेको छ । ‘हामीले सोमबार ६४ देखि ६६ जिल्लामा जिल्ला अधिवेशन हुने अनुमान गरेका छौ , केही जिल्लमा सोमबार प्रक्रिया सुरु भइ मंगलबार अधिवेशनको प्रक्रिया समाप्त हुने छ । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताए । काठमाडौंमा सोमबार उम्मेद्वारी दर्ता हुने र मंगलबार मतदान हुने कार्यक्रम रहेको छ । बारा ,पर्सा ,सर्लाही , धनुषा ,सप्तरी , सोलुखुम्बु , डोल्पा र दाङमा सोमबार चुनाव नहुने भएको छ । पर्सामा २८ गते चुनाव हुने भएको छ । बारमा सोमबारदेखि पहिलो चरणको चुनाव सुरु भएको छ । सप्तरीमा मंगलबार क्षेत्रीय चुनाव हुँदै छ । दाङमा मंगलबार जिल्ला अधिवेशन हुने कार्यक्रम छ । एक निर्वाचन क्षेत्र भएको डडेलधुरामा २२ गते नै जिल्ला अधिवेशन भइसकेको छ । डडेलधुराको चुनावमा देउवा पक्षीय नेता कर्ण मल्ल जिल्ला सभापतिमा निर्वाचित भइसकेका छन् । कांग्रेस विधान अनुसार दुई वा दुई भन्दा वढी निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला सभापति को उम्मेद्वारी दिन महाधिवेशन प्रतिनिधि हुनुपर्छ । तर एक निर्वाचन क्षेत्र भएको जिल्लमा क्षेत्रिय प्रतिनिधि जिल्ला सभापतिको उम्मेद्वार हुन पाउने व्यावस्था गरिएको छ । जिल्ला सभापतिको चुनावलाई कांग्रेसका शीर्ष नेताले निकै प्राथमिकताको साथ लबिङ गरिरहेका छन् । प्रायः सवै  जिल्लामा जिल्ला समितीको चुनाव संस्थापन पक्ष र देउवा पक्षबिच गुटगट रुपमा हुँदैछ । केही जिल्लामा भने संस्थापन पक्षकै उम्मेद्वार र केही जिल्लमा देउवा पक्षका उम्मेद्वारबिच प्रतिस्पर्धा हुने स्थिति छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies