Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

संविधान कार्यान्वय र विकास निर्माण प्रक्रियामा क्षतिः प्रचण्ड

\"prachanda-dhankuta\"धनकुटा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनले संविधान कार्यान्वयन र विकास निर्माण प्रक्रियामै ठूलो क्षति पुगेको बताएका छन् । पूर्वको धनकुटामा मंगलबार विहान भएको पत्रकार भेटघाटमा उनले कोइरालाको योगदानको चर्चा गर्दै कोइरालाको निधनलाई मुलुकलाई देशलाई अपुरणीय क्षति भएको बताए । एमाओवादी अध्यक्ष प्रचण्डले संविधान निर्माण प्रक्रियामा कोइरालाको योगदान नभएको भए संविधानसभाबाट संविधान बनाउने कुरा संभव नभएको उल्लेख गरे । कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनको एक स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै प्रचण्डले संविधान निर्माणमा योगदानका कारण कोइराला नेपालको एक अविश्मरणीय राजनीतिक व्यक्तित्व बनिसकेको बताए । राष्ट्रलाई कसरी एकतावद्ध भएर लैजान सकिन्छ भनेर खुलेर अन्तरंग कोइरालासँग आफ्नो कुराकानी भएको उल्लेख गर्दै प्रचण्डले कोइराला राष्ट्रिय एकताकै पक्षमा रहेको चर्चा गरे । बामपन्थी एकता राष्ट्रिय एकताको बलियो आधार प्रचण्डले राष्ट्रिय एकताको बलियो आधार वामपंथी एकता भएको बताए । नेपालमा वामपंथी जनमत नै सबैभन्दा बढी रहेको उल्लेख गर्दै उनले बामपन्थी आन्दोलन नै सबैभन्दा बढी विभाजित भएकाले बामपंथी एकतामा जोड दिनु आजको आवश्यकता भएको बताए । स्वर्गिय कोइरालाको पनि एउटा बलियो राष्ट्रिय एकता बनोस्, संविधान कार्यान्वयको प्रक्रिया सहज अगाडि बढोस् भन्ने चाहना भएकाले सबै एकतावद्ध भएर संकल्प गर्नुबाहेक अर्को कुनै विकल्प नरहेको उनले बताए । अपेक्षा गरेको संविधान पुनर्निर्माणको प्रक्रिया, संविधान कार्यान्वयनको प्रक्रिया र आर्थिक विकासको प्रक्रियामा केन्द्रीत हुने राम्रो अवसर बनेको एमाओवादी अध्यक्ष प्रचण्डको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending