Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

यसरी भयाे ल्होछारको उत्पति

नेपालको कुल जनसंख्या मध्ये करिब ६ प्रतिशतको संख्यामा रहको आदिवासी जनजाति तामाङले आज २५५२ औं सोनाम ल्होछार (बाँदर वर्ग) धुमधामका साथ मनाइरहेका छन् । नेपाल तामाङ घेदुङ संघ, तामाङ डाजाङ लगायतका संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना एक साता अगाडि देखिनै सञ्चालन गर्दै आएको छ । नेपालका जनजातिले मात्र होइन नयाँ वर्ष रुपमा चीन, भारत, कोरिया, मङ्गोलिया लगायतका देशहरुमा नयाँवर्षका रुपमा यो पर्वलाई मनाउने गरेको पाइन्छ । बाह्रवटा जीवजन्तुको चक्रमा आधारित रहेर यो वर्षलाई मनाउँने गरिन्छ । \"133936903_14218873367121n-750\" के हो ल्होछार भनेको ? तामाङ भाषामा ‘ल्हो’को अर्थ साल भन्ने हुन्छ । यसले उमेर, वर्ष जनाउँछ । त्यस्तै ‘छार’ भनेको नयाँ हो । समग्रमा यसले ‘नयाँ वर्ष’ जनाउँछ । समग्रमा यसले नयाँ सम्वत् वा नयाँ वर्षको मात्रै अर्थ नदिने तामाङ भाषाका विद्धान तथा अन्वेषक दुपवाङ्गेल मोक्तानको भनाई रहेको छ । उनका अनुसार ल्होछारको अर्थ पृथ्बीमा पाइने धातुहरु –महाभूत) तीनका गुण र उपयोगिताको विश्लेषण गरी चिनियाँ नयाँ वर्षसँग मेल खाने पाँच तत्वहरुको संयोजन रहेको विभिन्न १२ वटा जीवतन्तुहरुको नाममा नामाकरण गरिएको १२ महिनाको अवधिलाई उनले ‘ल्हो’ भनेका छन् । १२ वर्षको चक्र पुरा गरेपछि त्यही ल्हो पुनः दोहोरिने गर्छ । त्यसलाई ‘ल्हो खोरलो’ अर्थात वर्षचक्र भनिन्छ । ल्होछारको उत्पति कसरी भयो ? ल्होछारको परम्परा कहिलेबाट भयो भन्ने प्रष्ट नभएपछि यसलाई संसारकै प्राचीन सांस्कृतिक परम्परामध्ये सबैभन्दा जेठो मानिन्छ । संसारमा मानव उत्पति भएको अन्य सभ्यताहरु मध्ये चिनियाँ सभ्यताबाट ल्होछारको उत्पति भएको विद्धानहरुको मत रहेको छ ।  ल्होछार परम्पराको उत्पतिका सम्बन्धमा विद्धानहरुले विभिन्न किंवदन्ती र जनश्रुतिको साहरा लिएको पाइन्छ । \"sonam-losar-wish-750\" चिनियाँ लोककथाका अनुसार प्राचीनकालमा  चीनका शासक जेड सम्राटले देउताहरुको रक्षक वा सेवकका रुपमा १२ वटा पशुपन्छीलाई एक प्रतियोगिता आयोजना गरि छनौट गर्ने निधो गरे । सोही अनुसार प्रतियोगिताको आयोजना गरियो । प्रतियोगितामा मुसा प्रथम भयो, मुसापनि गोरु, बाघ हुँदे सुँगुर अन्तमा भयो । प्रतियोगिताबाट आएका ती जीवजनावारहरुलाई देवताको रक्षकका रुपमा मात्र नभई वर्ष गणनामा समेत प्रयोग गर्न त्यहीबाट थाली भएको भनिन्छ । त्यस्तै, भगवान वुद्धले पृथ्वी छाड्नु भन्दा ठिक अगाडि विभिन्न १२ वटा जीवजनावरहरु बुद्धलाई भेट्न गए । जीवजन्तुलाई माया गरेर पुरस्कार स्वरुप १२ महिनाहरु तीनै जीवको नाममा नामाकरण गरिदिए र जुन जीव जनावरको महिनाहरु उक्त महिना त्यही जीव जनावरले शासन गर्ने गरी विभाजन गरिदिएको भन्ने भनाईपनि पाइन्छ । \"Sonam-losar11-750\" त्यस्तै अर्को किंवदन्ती अनुसार आज भन्दा २८५२ वर्ष अगाडि ई.पू. ८३६ मा मन्जुश्रीले ल्होछार परम्पराको सुरुवात गरेको भनाईपनि पाइन्छ । त्यसै गरि नरबाँदर र डासिन डोल्मो (देवकुमारी) को बीचमा वैवाहिक सम्बन्ध गाँसेर एक छोरा एक छोरी जुम्ल्याहा जन्मेर यो पृथ्वीमा मानवको रुपमा उत्पति भएको उपलक्ष्यमा त्यही नयाँ स्वरुप जन्म लिएको सालबाट नयाँ वर्ष मनाउने गरिएको किंवदन्तीपनि पाइन्छ । बाह्र वर्गका मानिसका विषेशताहरुः \"tamang मुसा वर्ग : यो वर्गमा जन्मिएका मानिसहरुमा निम्न विषेशता पाइन्छ ः तिक्ष्ण दिमाग, रमाइलो गर्ने स्वभाव, जिज्ञासु, शाहसको कमि, निर्णय लिन सक्ने विषेशता । गोरु वर्गः यो वर्गमा जन्मिएका मानिसहरुमा निम्न विषेशता पाइन्छ ः मेहनती, बलिया , गम्भिर, भरोसायोग्य, एकान्तप्रेमी । बाघ वर्गः यो वर्गमा जन्मिएका मानिसहरुमा निम्न विषेशता पाइन्छ ः शाहसी, जुझारु, परिश्रमी, महत्वाकांक्षी, तनाव खप्न नसक्ने, रिसाहा स्वभाव । खरायो वर्ग : यो वर्गमा जन्मिएका मानिसहरुमा निम्न विषेशता पाइन्छ ः मायालु, सम्वेदनशिल, आज्ञाकारी, नम्र स्वभाव, बौद्धिकता, सुविधाभोगी । ड्रागन वर्ग : यो वर्गमा जन्मिएका मानिसहरुमा निम्न विषेशता पाइन्छ ः शाहसी आत्मविश्वासी, इमानदार, चमत्कारिक काम गर्न सक्ने, अधैर्य, घमन्डी । सर्प वर्ग : यो वर्गमा जन्मिएका मानिसहरुमा निम्न विषेशता पाइन्छ ः बाठो धनसम्पति धेरै कमाउन सक्ने, बौद्धिकता, कम बोल्ने, स्वार्थी, कन्जुस, अल्छि । घोडा वर्गः यो वर्गमा जन्मिएका मानिसहरुमा निम्न विषेशता पाइन्छ ः खुला विचार, लोकप्रिय, कलात्मक, रचनात्मक,  धेरै कुरामा अब्बल, अधैर्य, अस्थिर र आत्मविश्वासमा कमि । भेडा वर्ग : यो वर्गमा जन्मिएका मानिसहरुमा निम्न विषेशता पाइन्छ ः आर्कषक, भलाद्मी, लजालु, दयालु, फजुल खर्जि र अव्यवहारिक । बाँदर वर्गः यो वर्गमा जन्मिएका मानिसहरुमा निम्न विषेशता पाइन्छ ः चलाख, छिटो सिक्न सक्ने क्षमता, बौद्धिकता, अवसरवादी, स्वार्थी । चरा वर्ग : यो वर्गमा जन्मिएका मानिसहरुमा निम्न विषेशता पाइन्छ ः प्रतिभा र क्षमताले सम्पन्न, मेहनति, इमानदार, आत्मरतिमा रमाउने । बँदेल वर्ग : यो वर्गमा जन्मिएका मानिसहरुमा निम्न विषेशता पाइन्छ ःनयाँ साथी तुरुन्तै बनाउने, मायालु, सम्वेदनशील, भित्रीरुपमा शक्तिशाली, सरल स्वभाव, लोभी, विलासिता चाहाने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy