Ntc summer Offer
Khabar Dabali ५ पुष २०८१ शुक्रबार | 20th December, 2024 Fri
Investment bank

विप्लवको गाडी सधैं वैद्यको हेडक्वाटरमा

काठमाडाैं, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’काे गाडी नियमित मोहन वैद्य नेतृत्वको पार्टी कार्यालय बुद्धनगरमा पुग्ने गरेको छ । पार्टीबाट अलग भई अर्को पार्टी गठन गरे पनि विप्लवले गाडी पार्किङ स्थल मोहन वैद्य नेतृत्वको पार्टी कार्यालयलाई रोजेका हुन् । राजधानी दैनिकमा खबर छ–पार्टीसँग सम्बन्धविच्छेद गरी अलग पार्टी गठन गरे पनि चढ्दै आएको ७४२६ नम्बरमो गाडी बुद्धनगरस्थित वैद्य हेडक्वाटरमा पार्किङ गर्न थालेका हुन् । ७ मंसिरमा विप्लवले पार्टी फुटाएका थिए । देश व्यापी रुपमा पार्टीको सम्पर्क कार्यालय नखोल्ने दाङ भेलाको निर्णयपछि चन्दले सुरुमा आफ्नै निवास बिजुलीबजार नजिकैको धोबिखोल किनारामा प्रयोग गर्दै आएको गाडीको पार्किङ गर्ने गर्थे । तर, केही सातायता बेलुका भएपछि पार्किङका लागि वैद्यको पार्टी कार्यालयमा पुग्ने गरेको छ । गाडी पार्किङका लागि चन्दले वैद्य माओवादीका नेता र कार्यालयसँग भने छलफल गरेका छैनन् । ‘हामीसँग कुनै छलफल गरिएको छैन, पार्टी कार्यालयको पनि भित्री कम्पाउन्डभित्रै ल्याएर उहाँहरुले गाडी पार्किङ गर्न थाल्नुभएको छ’ वैद्य माओवादी कार्यालयका एक कर्मचारीले भने, ‘उहाँहरुलाई आवश्यकता पर्दा लैजाने र नपर्दा बुद्धनगर कार्यालयमा ल्याएर पार्किङ गर्न थाल्नुभएको छ ।’ गाडी पार्किङका लागि महासचिव चन्द भने जाँदैनन् । उनका सहयोगी आशिष चौधरीले त्यहाँ लगेर गाडी पार्किङ गर्छन् अनि हिड्छन् । चन्दले गाडी पार्किङका लागि पठाउने गरेपछि वैद्य माओवादीका शीर्ष नेताहरु भने आश्चर्यमा परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy