Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मधेसमा बन्यो फेरि अर्को मोर्चा, मात्रिका बने संयोजक

\"Matrika_Yadav\"काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पाँच महिनाभन्दा बढी समयदेखि गरेको मधेस आमहड्ताल तथा नाकाको अवरोध स्थगित गरे लगत्तै नयाँ गठबन्धन निर्माण भएको छ । संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । समितिको संयोजकमा नेकपा (माओवादी)का संयोजक मात्रिका यादव रहेका छन् । समितिको सहसंयोजकमा गोपाल ठाकुर, प्रवक्तामा बलराम यादव रहेका छन् । यस्तै, सदस्यहरुमा श्रवण बरबरिया, जगत यादव, बिनोद उपाध्याय, राजनारायण चौधरी, महेश यादव, विदेश्वर यादव, पप्पु यादव, छोटेलाल यादव र डा. ललन चौधरी छन् । आन्दोलनलाई सशक्त बनाउन बृहत मोर्चा निर्माणका लागि भन्दै वार्ता समिति समेत गठन गरिएको छ । गोपाल ठाकुरको संयोजकत्वमा गठित वार्ता समितिमा बलराम यादव, श्रवण बरबरिया, जगत यादव, राजनारायण चौधरी, विदेश्वर यादव र महेश यादव छन् । सप्तरी सदरमुकाम राजबिराजमा बुधबार पत्रकार सम्मेलन गरी नयाँ गठबन्धनको तर्फबाट आन्दोलन घोषणा गरिएको हो । सिरहाको लहानमा दुई दिनसम्म बसेको मोर्चाको बैठकले आन्दोलन घोषणा गरेको हो । मात्रिका नेतृत्वको उक्त समितिले जनयुद्ध दिवसको दिनदेखि आन्दोलन थाल्ने भएको छ । आगामी फागुन १ गतेदेखि चैत २१ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । समितिको तर्फबाट फागुन ३ गते सबै जिल्लाहरुमा बिरोध प्रदर्शन गर्ने जनाइएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन ५ गते सबै जिल्लाहरुमा सर्वपक्षीय अन्तरक्रिया, ८ गते मधेसका सबै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने, ९ गते राजविराज, जनकपुर र बीरगञ्जमा विश्व मातृभाषा दिवस सम्बन्धी कार्यक्रम गर्ने, ११ गते काठमाडौंमा अन्तरक्रिया गर्ने तथा फागुन १३ गते मोरङको रंगेलीमा आमसभा गर्ने रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending