Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सुशीलले प्रचण्डलाई जय नेपाल सिकाउँदा .....

\"prachanda-and-sushil-400\"चितवन। पूर्व प्रधानमन्त्री स्व सुशील कोइरालाका विभिन्न स्वभावहरुमध्ये आफूले कार्यक्रममा बोलिसक्दै गर्दा तीन पटक ‘जय नेपाल’ भन्ने र भन्न लगाउने स्वभाव सबैका लागि अनौठो र परिचित छ । सबै काँग्रेस कार्यकर्ताको उपस्थितिमा यो सहज भए पनि कार्यक्रममा अन्य दलका प्रमुख नेता उपस्थित हुँदा भने कोइरालाले अनुमति माग्ने र जय नेपालको व्याख्या गर्ने गरेको पाइन्थ्यो । गतवर्ष चितवनको क्षेत्र नं ४ बाट निर्वाचित भएपछि कोइराला प्रधानमन्त्री बने । क्षेत्र नं ४ कै शिवनगरको नारायणी विद्या मन्दिरले आफ्नो स्वर्ण महोत्सवमा त्यही विद्यालय पढ्नुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सोही क्षेत्रका सांसदसमेत रहनुभएका कोइरालालाई निम्तो दियो । समय यस्तो थियो प्रधानमन्त्री र विपक्षी दलका बीचमा निकै दरार बढेको थियो । धेरैले भने, कोइराला र दाहालको चितवनको भेटसँगै सरकार र विपक्षी दलको सम्बन्ध सुध्रियो । कार्यक्रममा आफ्नो मन्तव्य टुङ्ग्याउनै लाग्दा अन्य कार्यक्रममा जस्तै गरी कोइरालाले ‘जय नेपाल’ भन्न सुरु गर्नै आँट्दा दाहाललाई सम्झिए । ‘जय नेपाल’ भन्न छोडेर उहाँले दाहालसँग अनुमति मागे । दाहालको अनुमतिसँगै ‘जय नेपाल’ को खास व्याख्या उनले सुरु गरे । कोइरालाले भने “जय नेपाल भनेको नेपालको जय हो ।” उनले थपे – “सबैको जय हो, हिमालमा बस्नेको जय, पहाडमा बस्नेको जय, तराईमा बस्नेको जय हो, सबैको जय हो ।” कोइरालाले जयको अझै व्याख्या गरे – “महिला, जनजाति, आदिवासी, दलित, अपाङ्ग, अल्पसङ्ख्यक, मुस्लिम सबैको जय हो ।” उनले भने “किसान, मजदुरको पनि जय हो, जबसम्म नेपालको जय हुँदैन तबसम्म कसैको पनि जय हुँदैन । त्यसकारण हामीहरु जय नेपाल भन्छौँ” । दाहालतिर फर्किएर उहाँले भने – “यसलाई काँग्रेसीको हो भनेर भन्छन्, त्यो होइन, त्यसरी लिनु पनि हुँदैन ।” फेरि कोइरालाले दाहालसँग अनुमति मागे र भने –“म तीन पटक जय नेपाल भन्छु, सबैले भन्नुहोला ।” कार्यक्रममा सहभागी सबैले एकैसाथ कोइरालासँगै ‘जय नेपाल’ भने । मञ्चमा रहेका दाहालले भने तीनै पटक टाउको तलमाथि हल्लाउनुभयो, अनि मुस्कुराए । सुशील कोइराला भन्नेबित्तिकै यहाँका सर्वसाधारणले ‘जय नेपाल’ सम्झिने गर्दछन् । चुनावको दौडानमा आयोजना गरिएका सबै कार्यक्रममा कोइरालाका धेरै कुरा नसम्झे पनि सबैले सम्झने शब्द थियो ‘जय नेपाल’ । देशले लामो सङ्घर्षपछि जनताकै प्रतिनिधिबाट संविधान पायो । रुष्ट बनेका मधेसी दलहरु पनि संविधान संशोधनसँगै कोइरालाको निधनको अघिल्लो दिन नाका छोडेर नेपाली जनजीवनलाई सहज बनाउनतर्फ लागे । तर देशमा अझै जय हुन भने सकेको छैन । कोइरालाको ‘जय नेपाल’ले सार्थकता पाए मात्रै उहाँको सपना साकार हुने यहाँका सर्वसाधारणको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending