Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बिद्युत नहुँदा भूकम्पपीडितको लगत सङ्कलनमा समस्या

\"Gorkha-District-640\"काठमाडाैं । बिद्युत नहुँदा गोरखाको ३२ गाउँ विकास समितिका भूकम्पपीडितको लगत सङ्कलनमा समस्या भएको छ । भूकम्पले भत्किएका कुलो, पावर हाउस मर्मत गर्ने आवश्यक बजेट स्थानीयवासीसँग नहुँदा गाउँमा रहेका लघुजलविद्युत् सञ्चालन गर्न सकिएको छैन । यसले गर्दा भूकम्पपीडितको आर्थिक, सामाजिक अवस्थाका साथै भूकम्पले पु¥याएको क्षतिको लगत सङ्कलनमा गाउँ पुगेका इन्जिनियरले ट्याब (सानो कम्प्युटर) चार्ज गर्न नपाएको गुनासो गरेका छन् । लाप्राक, बारपाक, घ्याच्चोक, गुम्दा, उहिया, लापुलगायत उत्तरी भेगका गाविसमा ट्याब चार्ज गर्न नसकिएको हो । लाप्राकका भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा खटिएका इन्जिनियर सुजन रेग्मीले भने, ‘बिजुली नहुँदा ट्याब चार्ज गर्न पाइएन ।’ बिजुलीको विकल्पमा सोलार ऊर्जाबाट ट्याव चार्ज गरे पनि घाम नलागेको दिन चार्ज गर्न नसकिने भन्दै उनले ब्याकप आवश्यक रहेको बताए । भूकम्पपीडितको आवास, आर्थिक र सामाजिक अवस्थाका साथै घरमूलीको फोटोसहित लगत सङ्कलन गरेर तथ्याङ्क विभागमा सिधै पठाउँदै आएको इन्जिनियरले बताएका छन् । एक गाउँमा एक इन्जिनियरको साथमा एकजना सामाजिक परिचालक खटिएका छन् । इन्जिनियरलाई तथ्याङ्क विभागले तालिम दिएको हो भने सामाजिक परिचालकलाई जिल्लामा तालिम दिइएको थियो । बारपाक गाउँमा खटिएका सामाजिक परिचालक ओमबहादुर घलेले एउटा व्याकपले नपुग्ने भन्दै कम्तीमा पाँचओटा ब्याकप आवश्यक परेको बताए । इन्जिनियरसहितको उक्त टोलीले एक दिनमा कम्तीमा दश घरपरिवारको लगत सङ्कलन गर्नुपर्ने हुन्छ । दुःख गरेर सङ्कलन गरिएको तथ्याङ्क जिपिआरएसमा देखिएको समस्याले गर्दा सेन्ट नहुने घलेको भनाइ छ । ‘सङ्कलन गरिएको तथ्याङक सेन्ट हुन एक घन्टा लाग्छ’, घलेले भने,‘फोटो पठाउन गाह्रो भयो ।’ सङ्कलन गरिएको फोटो इन्टरनेटको पहुँचमा पुगेपछि सेन्ट गर्न मिल्ने बनाउन उनले तथ्याङ्क विभागलाई आग्रह गरे । नक्कली भूकम्पपीडितको बिगबिगी भएपछि लगत सङ्कलन गर्न सुरु गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागको निर्देशनमा जिल्लास्थित तथ्याङ्क कार्यालयले जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वयमा हर्ड नेपाल नामक संस्थासँग सहकार्य गरी गाउँमा इन्जिनियर र सामाजिक परिचालक खटाएको हो । हर्डका गोरखास्थित परामर्शदाता सुशीलबाबु श्रेष्ठका अनुसार पहिलो चरणमा ६२ र गाविसमा ६३ जना इन्जिनियर खटिएका छन् । अन्य गाविस र नगरपालिकामा दोस्रो चरणमा इन्जिनियर खटाउने तयारी हर्डको छ । गोरखामा ६० गाविस र दुई नगरपालिका भित्रका वडामा भूकम्पले गर्दा घर भत्किएका छन् । कम्तीमा ४५ दिनभित्र भूकम्पपीडितको लगत सङ्कलन सक्नेगरी धमाधम काम भइरहेको श्रेष्ठको भनाइ छ । लगत सङ्कलनपछि सकेपछि पुनः निर्माणको चरण सुरु हुने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending