Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

प्रेमको नाममा ४० लाखको गुलाब

\"rose\"काठमाडौं । विश्वका धेरै युवायुतीलाई एकै दिन प्रणयसुत्रमा बाँधिदिने फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे फागुुन २ गते आइतबार परेको छ । यही दिनमा रातौ गलाब उपहार दिन चाहने युवायुवतीलाई लक्षित गरी यस वर्ष पनि भारतबाट करिब ४० लाख रुपयाँ बराबरको गुलाब आयात गर्दैछन नेपालका पुष्प व्यावसायीहरु । भ्यालेन्टाइन डेका अवसरमा युवायुवतीले प्रेम दर्शाउन उपहारस्वरुप प्रेमको प्रतीक मानिने रातो गुलाब आपसमा साटासाट गर्ने गर्दछन्। तर, प्रेमको प्रतिक मानिने यही गुलाब खास गरी काठमाडौं उपत्यका क्षेत्रमा जाडो याममा निकै कम उत्पादन हुन्छ । जाडो याममा अन्य प्रयोजनका लागि गुलाबबाहेकका फूलसमेत भारतबाटै ल्याउने गरिएको छ । भ्यालेन्टाइन पनि जाडो मौसममै पर्ने भएकोले गुलाबको फूल भारतबाटै आयात गर्नुपर्ने बाध्यता रहेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरे बताउँछन् । भारतबाट ल्याउँदा आकार, गुणस्तर र रङका आधारमा प्रति स्टिक ३० रुपैयाँदेखि ५० रुपैयाँ थोक मूल्यमा गुलाब ल्याउने गरिएको छ। यस हिसाबले औसतमा करिब ४० लाख रुपैयाँ बराबरको गुलाब आयात हुने अनुमान गरिएको छ । गुलाब आयात व्यक्तिगत रुपमा पुष्प व्यवसायीहरुले आ–आफ्नै तरिकाले गर्ने गरेका छन् । थोक मूल्यमा लागत मूल्य तथा मूल्य अभिवृद्धि गरी खुद्रा मूल्यमा रु। ५० देखि माथि गुणस्तरअनुसार बजारमा युवायुवतिले गुलाब किन्न पाउँछन् । आफूले माया गर्ने मान्छेलाई त्यही गुलाब किनेर उपहार दिन सक्छन् । पश्चिमी सभ्यताको प्रभावमा परेका सहरी क्षेत्रका युवायुवतीले प्रणय दिवसका दिन विशेष गरी रातो गुलाबको फूल उपहार दिने गरेको भए पनि धेरैजसो युवायुवतीले गुलाब उपहार नदिइकनै पनि अन्य उपहार दिएर प्रेम दर्शाउने गर्दछन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending