Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

महिना होइन, केही सातामै माओवादीहरु एकः प्रचण्ड

\"prachanda-1काठमाडौं । विभाजित माओवादी धाराहरूलाई एउटै केन्द्रमा ल्याएर जनयुद्ध दिवस मनाउने मेरो अधिकतम् प्रयत्न थियो । त्यो प्रक्रियामा धेरै अगाडि पनि बढिसकेका थियौँ । तर, केही तयारीको काम बाँकी रह्यो, जसले गर्दा यो जनयुद्ध दिवस विभाजित माओवादीहरूको एकताको दिवसका रूपमा मनाउने मेरो प्रयास पूरा हुन सकेन । तर, केही समयभित्रै, केही महिना पनि भन्न चाहन्न, केही हप्ताभित्रै त्यसले मूर्त रूप लिनेछ । प्रचण्डले २१ औं जनयुद्ध दिवसका अवसरमा शनिवार पेरिशडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले केही सातामै माओवादी एक हुने बताएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– प्रचण्ड भन्छन्– माओवादीलाई छिटै एकै ठाउँमा केन्द्रित गराएर एउटा नयाँ आन्दोलन र अभियानमा अगाडि बढाइनेछ । माओवादीलाई विभाजित गरेर यो देशमा शोषण र लुटको राज्य चलाउन चाहने तत्त्वहरूलाई एउटा बलियो जवाफ दिइनेछ । दुई वर्षभित्र एक नम्बर पार्टी संविधान जारी भएलगत्तै मैले यो पार्टीलाई पहिलो पार्टी बनाउन सकिन्छ र दुई वर्ष्भित्र पहिलो पार्टी बनाइछाडिन्छ भन्ने प्रतिबद्धता गरेको थिएँ । प्रतिज्ञा गरेको केही महिना बितेको छ । मलाई गर्व छ, देशैभरि पार्टी पुनर्निर्माणको नयाँ अभियान सुरु भएको छ, नयाँ रक्तसञ्चार भएको छ । म फेरि प्रतिबद्धता दोर्होयाउन चाहन्छु– दुई वर्षमा यो पार्टीलाई एक नम्बर पार्टी बनाइ छाडिनेछ । कसैले पनि यो प्रक्रियालाई रोक्न सक्नेछैन । यो संविधानलाई समाजवादउन्मुख संविधान भनिएको छ । संविधानमा थुप्रै गलत कुरा पनि छन् । त्यहाँ सम्झौता गरिएका छन् । संविधानले धेरै अधिकार दिएको छ । यद्यपि, हामी माओवादीले खोजेजस्तै संविधान बन्यो भन्ने होइन । हामीले खोजेको त जनवादी संविधान नै थियो, समाजवादी संविधान नै थियो । तर, अहिलेको शक्तिसन्तुलनले त्यो सम्भव थिएन । त्यो शक्तिसन्तुलनभित्र हामीले अधिकतम् प्राप्त गर्ने र अगाडि जाने ढोका खुला राख्ने भन्ने हो । विगतका संविधान अपरिवर्तनीय थियो, अहिले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनजातिको सार्वभौमिकताबाहेक सबै परिवर्तनीय छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending