Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

ठेकेदारको लापरबाहीले स्वास्थ्य चौकीको निर्माण अलपत्र

\"jajarkot\"जाजरकोट । ठेकेदारको चरम लापरबाहीका कारण स्वास्थ्य चौकी ढिमे घरंगाको भवनको निमार्णकार्य अलपत्र परेको छ। समयमा भवन निर्माण नहुँदा स्वास्थ्य संस्थामा दैनिक आउने बिरामीहरूलाई उपचारमा समस्या हुने गरेको छ । आफ्नो भवन नहँुदा नियमित स्वास्थ्य सेवामा समेत समस्या हुने गरेको छ । स्वास्थ्य चौकी घरंगाको भवन निमार्णका लागि लोहनी एन्ड ब्रोदर्स एमपी कन्ट्रक्सन जेबी नेपालगन्ज ४ बाँकेले २०७१ भाद्रमा २०७३ असार मसान्तभित्र काम सक्ने गरी २ करोड २५ लाखमा दुईतले भवनको ठेक्का स्वीकृत भई सम्झौता भएको थियो। निर्माण गर्ने अन्तिम समय नजिकिँदै जाँदासमेत ठेकेदारको चरम लापरबाहीका कारण स्वास्थ्य चौकीको भवनको ५ प्रतिशत मात्र काम भएको छ अब बाँकी रहेको ५ महिनामा कसरी काम सकिन्छ स्थानीय प्रेमजंग सिंहले बताए । भएको ५ प्रतिशत कामको ज्याला पनि मजदुरले नपाएको र डीपीसी गरेदेखि ठेकेदारले निर्माण कार्यमा बेवास्था गरी निर्माणस्थलमा समेत पाइला नटकेको सिंहले आरोप लगाए । ठेक्का सम्झौता भएदेखि भवन बनाउने जग्गाको विवाद भएर ४ महिना काम ढिलो भएको र जाजरकोटमा महामारीका रूपमा फैलिएको स्वाइन्फ्लु, देशमा भएको नाकाबन्दी र तराई बन्द तथा वर्षातका कारण ढुवानीमा समस्या हुँदा काम सञ्चालनमा ढिला भएको ठेकेदार प्रकाशजंग शाहले जानकारी दिए। निर्माण सामग्रीहरू नियमित संकलन गरिरहेको बाँकी अवधिमा जसरी पनि काम सम्पन्न गर्ने शाहले बताए। उक्त भवन निर्माणका लागी निर्माण सप्लायर्सले पहिलो र दोस्रो किस्ता गरी ४५ लाख रकम पेस्की लगिसकेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। सम्झौताअनुसारको भवनको काम समयम नै सम्पन्न गर्न ठेकेदारलाई ताकेता गरिएको र अटेरी गरे कारबाही हुने डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy