Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

तमलोपा महामन्त्री जितेन्द्र सोनलकाे कथाले झस्कायाे

\"jitendra काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले घरमै आगो लगाउने कथा सुनाएपछि एकपटक सबैलाई झस्काएको छ । दश दिनअघि वीरगञ्जको माइस्थानमा एक कार्यक्रममा सहभागी भएका सोनलले मधेसी समुदायको पीडा राज्यको नसुनेकोमा गुनासो मात्र गरेनन् । आफूहरुको समस्या समाधान नभए मुलुकमै आगो लाग्न सक्ने तर्फ सकेत गरे । सन्दर्भ मधेस आन्दोलनकै थियो । मधेस आन्दोलन त्यसमा पनि वीरगञ्जको सीमा नाकाको धर्नाकै कारण भारतबाट अत्यावश्यक सामानहरु आयात हुन नसक्दा मुलुकको संकट निकै चुलिएको थियो । चार महिनाभन्दा बढी समयको नाकाको धर्नाले गर्दा काठमाडौंमा मात्र होइन, मुलुकमै गम्भीर संकट उत्पन्न भयो । केही दिनयता वीरगञ्ज अवरोध त हटाइएको छ तर आन्दोलनरत पक्षको माग भने यथावत नै छ । राजनीतिक दलहरुबीचको संवादले सार्थकता पाउन नसकेकाले सार्थक संवादको आवश्यक छ । मधेसको समस्या ज्यूँका त्यहीँ रहेको र पटक पटकको आन्दोलन र परिवर्तनबाट पनि मधेसप्रतिको विभेद उस्तै रहेको मधेसी नेताहरुको भनाइ थियो । मुलुकको समृद्धिका लागि शान्ति र स्थायित्व हुनुपर्नेबाट तमलोपा महामन्त्री सोनलले कुराको थालनी गरे । लामो समयको आन्दोलनबाट पनि आफूहरुको माग सुनुवाइ नभए मलुक नै खिण्डन हुने चेतावनी पनि दिए । त्यसपछि उनले उनले एउटा गोठालाको कथा सुनाए । सोनलले सुनाएको कथा यस्तो थियाे  कुनै दन्त्य कथाका राजाले एक कामदारलाई आफ्नो गोठको हेरचाहन गर्न भनेर एक गोठालालाई राखेछन् । गोठालाले गोठमा गाइवस्तुको रेखदेख गर्ने काममा तल्लिन थियो । निरन्तरको काम र उसको थकानका कारण अन्य कुनै कुरा पनि गोठालाले चासो दिँदैनथ्यो । जाडोको समय थियो, आफूले काम गर्दै आएको गोठ छेउमा रहेको अँगेनोमा एक जना अपरिचित ब्यक्तिले आगो ताप्दै आएको थियो । गोठालाले जाडो भएर आगो ताप्न आएको भन्दै कुनै वास्ता गरेन । एक दिन राजा आफ्नो गोठको अवलोकन गर्न आइपुग्यो । गोठमा आइपुग्दा एक जना ब्यक्ति आगो तापिरहेको थियो तर ऊ आफूले राखेको गोठाला भने थिएन । राजाले आफ्नो गोठालालाई सोध्यो, आगो तापेर बस्ने मान्छे को हो ? गोठालाले जवाफ दियो– जाडो भएकाले कोही बटुवा आगो तापिरहेको होला । राजाले सोध्यो, तिमिले उसलाई चिन्दैनौ ? गोठालाले भन्यो– मैले चिनेको छैन । गोठालाले यसो भनेपछि राजाले गोठालालाई भन्यो, तिमिले चिन्दै नचिनेको मान्छे आगो तापिरहेको छ । उसले तिमि नभएको बेला गोठमै आगो लगाइ दियो भने के गर्छौ ? राजा र गोठालाको संंवाद त्यो बटुवाले सुनिरहेको थियो । बटुवाले ठान्यो, मैले आगो लगाइदिन पनि सक्ने रहेछु त यो घरमा । यस्तै यस्तै सोंचेको बटुवाले नभन्दै एक दिन बटुवाले आफूले आगो ताप्दै आएको घरमा आगो लगाएर हिड्यो । ... सोनालले कथा सुनाएपछि मधेसले सरकारले यस्तै विभेद गरिराख्यो भने गोठालाको कथा जस्तो नहोस् भन्ने चेतावनी दिए । तमलोपा महामन्त्री सोनलले सुनाएको कथाले मुलुकमा यस्तै अवस्था रहे मधेसी समुदायले पनि आफ्नै मुलुकमा आगो लगाउन सक्ने संकेत गरेको थियो । तमलोपा महामन्त्री सोनल मात्र होइन, मोर्चाका नेताहरु सबैले मधेसको माग सम्बोधन नभए मुलुक विखण्डन पनि हुन सक्ने चेतावनी दिँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending