Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

‘म्यारिज ब्युरो’ मानव बेचबिखनको असली धन्दा !

दर्तावाला र बिनादर्ताका ‘म्यारिज ब्युरो’ कति छन् ? त्यसको रेकर्ड केलाउन थालेको छ प्रहरी । धेरैजसो ‘म्यारिज ब्युरो’ हरु ‘माथिसम्म लिङ्क छ, डर मान्नुपर्दैन’ भन्दै अहिले पनि विदेशीहरुसँग ‘विवाह’ गराएर युवतीहरुलाई विदेश पठाउने धन्दा चलाइरहेकै छन् । आखिर किन मौलाइरहेको छ, विवाहको आवरणमा मानव बेचविखनको धन्दा ? किन रोक्न सक्दैन सरकार यस्तो अपराध ? गत हप्ता प्रहरी सीआईबीले महाराजगञ्ज चुनदेवीमा रहेको छेरु इन्टरनेसनल म्यारिज ब्युरोमा खानतलासी गरेर यो धन्दामा संलग्न कोरियनसहित ३ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । सीआईबी भन्छ– विवाह गरेर कोरिया जाने ५ महिला र चीनमा यही प्रक्रियाबाट बेचिएर फर्किएकी एक महिलाको उद्धार गरिएको छ । मानव बेचबिखनको यो धन्दाबारे प्रहरी अनुसन्धान बढाइएको छ । प्रहरी अनुसन्धानबारे सोधपुछ गर्दा अनेक म्यारिज ब्युरोहरु विवाह गराएर केटीहरुलाई विदेश पठाउने धन्दामा संलग्न भएका रिपोर्टहरु आइरहेका छन् । यस्ता धन्दा घर भाडामा लिएर सञ्चालन गरिरहेको देखिएको छ । कतिपय मेनपावर कम्पनी समेत यस्ता धन्दामा लागेको रिपोर्ट प्राप्त भएको छ । राजधानीमा अस्थायी बसोबासको रिपोर्ट मिलाएर सेटिङ गर्ने र दलालमार्फत विवाह दर्ता गराउने काम भइरहेको छ । यस्ता युवतीहरु जापान, कोरिया, चीन, युएई, बहराइनदेखि ब्राजिलसम्म पनि लगिएको रेकर्डबाट देखिन्छ । प्रहरीका अनुसार यस्ता विवाहमा २० देखि ३० वर्षसम्मको उमेरको भिन्नता देखिएका छन् । अहिले टर्किस विमान दुर्घटनामा परेका एक व्यक्तिले समेत ‘नेपाली केटीसँग विवाह गर्न आएको, धन्न बाँचियो’ भन्ने बयान दिएका छन् । प्रहरीले ती व्यक्ति कुन म्यारिज ब्युरोको दलालीमा आएका हुन् भन्ने खोजिरहेको खबर छ । एक युवतीलाई विवाह गराएर नेपालबाट उडाएवापत दलालले २० लाखसम्म लिनेगरेका छन् । विदेशमा पुगेपछि नेपाली युवतीमाथि ‘दास’ जस्तो मानसिक र शारीरिक यातना दिनेगरेका खबर पनि आइरहेका छन् । विवाह गर्ने युवतीलाई केटाको नाम समेत थाहा नहुनुले दलालहरु कुन हदसम्मको ‘सेटिङ’ गर्न सफल रहेछन् भन्ने विषय आश्चर्यपूर्ण देखिन्छ । विदेशस्थित नेपाली दूतावासहरुमा ‘नेपालबाट विवाह गरेर आएका तर दुःख पाएर जीवन बर्बाद भएका’ उजुरीहरु व्यापक रुपमा पर्न थालेका खबर पनि सार्वजनिक भएका छन् । किन नेपाली युवतीहरु विदेश जान यसरी मरिहत्ते गर्छन् ? सुख र सम्पत्तिकै लागि हो कि यथार्थ थाहा नपाएर ? समाजशास्त्रीहरुले अनुसन्धान गर्नुपर्‍यो र सरकारले व्यापक निगरानी र नियन्त्रणका विधिहरु अपनाउनुप¥यो । दलाललाई लाभ होला, दलालको मतियार सरकारी कर्मचारीहरुलाई पनि लाभ होला तर कति सहनु नेपाली चेलीको बिजोग ? यो त अति नै भएन र ? (साप्ताहिक गोरखा एक्स्प्रेसको सामग्रीबाट सम्पादनसहित प्रस्तुत)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: