Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

‘म्यारिज ब्युरो’ मानव बेचबिखनको असली धन्दा !

दर्तावाला र बिनादर्ताका ‘म्यारिज ब्युरो’ कति छन् ? त्यसको रेकर्ड केलाउन थालेको छ प्रहरी । धेरैजसो ‘म्यारिज ब्युरो’ हरु ‘माथिसम्म लिङ्क छ, डर मान्नुपर्दैन’ भन्दै अहिले पनि विदेशीहरुसँग ‘विवाह’ गराएर युवतीहरुलाई विदेश पठाउने धन्दा चलाइरहेकै छन् । आखिर किन मौलाइरहेको छ, विवाहको आवरणमा मानव बेचविखनको धन्दा ? किन रोक्न सक्दैन सरकार यस्तो अपराध ? गत हप्ता प्रहरी सीआईबीले महाराजगञ्ज चुनदेवीमा रहेको छेरु इन्टरनेसनल म्यारिज ब्युरोमा खानतलासी गरेर यो धन्दामा संलग्न कोरियनसहित ३ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । सीआईबी भन्छ– विवाह गरेर कोरिया जाने ५ महिला र चीनमा यही प्रक्रियाबाट बेचिएर फर्किएकी एक महिलाको उद्धार गरिएको छ । मानव बेचबिखनको यो धन्दाबारे प्रहरी अनुसन्धान बढाइएको छ । प्रहरी अनुसन्धानबारे सोधपुछ गर्दा अनेक म्यारिज ब्युरोहरु विवाह गराएर केटीहरुलाई विदेश पठाउने धन्दामा संलग्न भएका रिपोर्टहरु आइरहेका छन् । यस्ता धन्दा घर भाडामा लिएर सञ्चालन गरिरहेको देखिएको छ । कतिपय मेनपावर कम्पनी समेत यस्ता धन्दामा लागेको रिपोर्ट प्राप्त भएको छ । राजधानीमा अस्थायी बसोबासको रिपोर्ट मिलाएर सेटिङ गर्ने र दलालमार्फत विवाह दर्ता गराउने काम भइरहेको छ । यस्ता युवतीहरु जापान, कोरिया, चीन, युएई, बहराइनदेखि ब्राजिलसम्म पनि लगिएको रेकर्डबाट देखिन्छ । प्रहरीका अनुसार यस्ता विवाहमा २० देखि ३० वर्षसम्मको उमेरको भिन्नता देखिएका छन् । अहिले टर्किस विमान दुर्घटनामा परेका एक व्यक्तिले समेत ‘नेपाली केटीसँग विवाह गर्न आएको, धन्न बाँचियो’ भन्ने बयान दिएका छन् । प्रहरीले ती व्यक्ति कुन म्यारिज ब्युरोको दलालीमा आएका हुन् भन्ने खोजिरहेको खबर छ । एक युवतीलाई विवाह गराएर नेपालबाट उडाएवापत दलालले २० लाखसम्म लिनेगरेका छन् । विदेशमा पुगेपछि नेपाली युवतीमाथि ‘दास’ जस्तो मानसिक र शारीरिक यातना दिनेगरेका खबर पनि आइरहेका छन् । विवाह गर्ने युवतीलाई केटाको नाम समेत थाहा नहुनुले दलालहरु कुन हदसम्मको ‘सेटिङ’ गर्न सफल रहेछन् भन्ने विषय आश्चर्यपूर्ण देखिन्छ । विदेशस्थित नेपाली दूतावासहरुमा ‘नेपालबाट विवाह गरेर आएका तर दुःख पाएर जीवन बर्बाद भएका’ उजुरीहरु व्यापक रुपमा पर्न थालेका खबर पनि सार्वजनिक भएका छन् । किन नेपाली युवतीहरु विदेश जान यसरी मरिहत्ते गर्छन् ? सुख र सम्पत्तिकै लागि हो कि यथार्थ थाहा नपाएर ? समाजशास्त्रीहरुले अनुसन्धान गर्नुपर्‍यो र सरकारले व्यापक निगरानी र नियन्त्रणका विधिहरु अपनाउनुप¥यो । दलाललाई लाभ होला, दलालको मतियार सरकारी कर्मचारीहरुलाई पनि लाभ होला तर कति सहनु नेपाली चेलीको बिजोग ? यो त अति नै भएन र ? (साप्ताहिक गोरखा एक्स्प्रेसको सामग्रीबाट सम्पादनसहित प्रस्तुत)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending