Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सार्वजनिक ठाउँमा चुरोट खान छुट, खिल्ली चुरोट बेच्न प्रतिबन्ध !

काठमाडौ । सरकारले सार्वजनिक स्थानमा धुमपान गर्न नपाइने गरी बनाएको सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन जारी गरेको वर्षौ भए पनि ब्यवहारतः लागू हुन सकेको छैन । सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयन प्रमाणीकरण गरेको उक्त ऐनमा सार्वजनिक ठाउँमा चुरोट तथा सूर्ति सेवन गरेको पाइए एक सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । \"smoking-2\"उक्त ऐन लागू भएको केही समय सार्वजनिक स्थानमा चुरोट खानेहरुलाई प्रहरीले कारबाही गरे पनि कारबाही प्रक्रिया लामो समय टिक्न सकेन । चार वर्षअघि ल्याइएको उक्त ऐन कार्यान्वयन हुन नसकिरहेको बेला सरकारले चुरोटको खिल्ली विक्री गर्न पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐनमा नै कुनै पनि कुनै पनि पसलबाट चुरोटको प्याकेट खोलेर खुल्ला विक्री गर्न नपाउने उल्लेख छ । सार्वजनिक स्थानहरुमा फुटकर रुपमा चुरोट तथा सूर्तिजन्य वस्तुको बिक्री वितरणसमेत गर्न नपाइने ऐनमा उल्लेख छ । ऐनमा व्यवस्था भएबमोजिम १८ वर्Èभन्दा मुनिको बालबालिका तथा गर्भवती महिलालाई पनि सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न नपाइने व्यवस्था छ । सोही नियमको आधारमा नै कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्री गरेको पाइएमा १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कानूनले नाङलो पसल थापेर बस्ने तथा साना ब्यवसायीहरु मारमा पर्ने भएका छन् । सोही ऐनको दफा ११ को उपदफा ४ मा कसैले पनि फुटकर रूपमा चुरोट, बिँडी वा सिँगारको खिल्ली बिक्रीवितरण गर्न नपाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यवस्था गर्नसक्ने उल्लेख छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली २०६८ सूर्तिजन्य वस्तुका उत्पादन, र्रयापिङ तथा प्याकेजिङका बारेमा समेत धेरै कुरा भए पनि कार्यान्वनयमा आउन सकेको छैन । कुनै पनि कम्पनीले चुरोटको प्याकेट कम्तीमा बीस खिल्ली अटाउने गरी तयार गर्नुपर्ने उल्लेख भए पनि १० खिल्लीको प्याकेटको चुरोट विक्री भइ नै रहेको छ । २७ वटा दफा रहेको सो ऐनमा उत्पादकले सूर्तिजन्य पदार्थको बट्टा, ¥यापर्स प्याकेटमा कम्तीमा ७५ प्रतिशत भागमा चेतावनीमूलक सन्देश तथा चित्र राख्नुपर्ने र सन्देश नराखे त्यस्ता कम्पनीलाई ५० हजार रुपियाँसम्मको जरिवाना गरिने समेत उल्लेख छ । कानून विपरीत खिल्ली चुरोट बिक्री गरे कारबाही गरिने स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ बताउँछन् । पहिलो संविधानसभाको ब्यवस्थापिका संसदले सूर्तिजन्य नियन्त्रण नियमन ऐन पारित नगरेको भन्दै आन्दोलन समेत भएका थिए तर ऐन पारित गरी लागू लागि वर्षौ भए पनि ब्यवहारतः कार्यान्वनयमा आउन सकेको छैन । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्रै कानून बनाउने कर्मचारीहरुले नै निश्फिक्री चुरोट खाइरहेका भेटिन्छन् । ब्यवस्थापिका संसदले उक्त ऐन २०६७ चैत्र २८ गते संसदबाट पारित गरेको थियो । तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले प्रमाणिकरण गरेपछि २०६८ असारदेखि सो ऐन लागू गरिएको थियो । सूतिर्जन्य पदार्थ नियन्त्रण नियमन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (एफसीटीसी) संसद्बाट पारित भएको ५ वर्Èपछि मात्रै नेपालमा लागू गरिएको थियो । धुमपानकै कारण वर्षेनी हजारौंको ज्यान जाने गरेको छ । नेपालमा प्रत्येक वर्ष धूमपानबाट मात्र १५ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending