Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

भूकम्पमा हराएका अझै बेखबर

\"g\'jfsf]6sf]

दोलखा। भूकम्प गएको ११ महिना बित्दासमेत भूकम्पमा हराएका नागरिकका आफन्त अझै बेखबर छन् ।

दोलखामा भूकम्पका कारण बेपत्ता भएका नागरिक आठजना छन् । घरबाट काम गर्न जाने सिलसिलामा हराएका १४ जनामध्ये अहिलेसम्म छजनाको अवस्था पत्ता लागेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भुषाफेदा–४ का ७४ वर्षीय नरबहादुर मोक्तान, भिरकोट–९ का ४५ वर्षीय टङ्कबहादुर मगर, ओराङ–५ का ५६ वर्षीय पासाङ तामाङ, आलम्पु–६ का २० वर्षीय अशोक थामी, लापिलाङ–५ का ३९ वर्षीय नेत्रकुमार थामी, लामाबगर–५ का ४५ वर्षीय राम तामाङ, लामाबगर–३ का पेमानुर्बु शेर्पा, लामाबगर–२ का पासाङछिरिङ गुरुङ हालसम्म पनि बेपत्ता अवस्थामा छन् ।

परिवार उनीहरुको बेखबर अवस्थाबारे चिन्तित छ । परिवारले बेपत्ता भइसकेकाको नाममा कुनै खालको राहतसमेत प्राप्त गर्न सकेको छैन । जिउँदो भएको भए आउँथ्यो होला, हामीलाई बाँचेको छ भन्ने छैन, त्यसकारण बेपत्ता परिवारलाई पनि उचित क्षतिपूर्ति राज्यले दिनुप¥यो भन्छिन् बेपत्ता भएका नेत्रकुमार थामीकी श्रीमती लक्ष्मी थामी ।

बेपत्ता परिवारका व्यक्ति चिन्तामा डुबेका त छदैछन्, उनीहरुलाई राज्यले आफ्नो परिवारका सदस्य यतिका समयसम्म हराउँदा समेत पत्तो नलगाइदिँदा त्यतिकै दुखेसो पोखिरहेका छन् । परिवारका आफन्त भन्छन्, “अब हामीलाई हाम्रा आफन्त बाँचेका छन् भन्ने लाग्दैन । बाँचेको भए हामीले कुनै न कुनै तरिकाबाट थाहा पाउनुपर्ने हो ।”

लापिलाङ–५ का हराइरहेका नेत्रकुमार थामीकी श्रीमती लक्ष्मी थामी भन्नुहुन्छ, “न मेरो श्रीमान् बाँचेका छन् न मरे, कुनै अत्तोपत्तो छैन, हामीले राहतका नाममा एक थान त्रिपालबाहेक केही पाएको छैन ।”

हालसम्म भूकम्पबाट बेपत्ता भएका नागरिकको अवस्थाबारे बेखबर हुनुमा राज्य पक्षलाई दोषी देखाउँछन् बेपत्ता परिवारका आफन्तहरु । उनीहरु भन्छन् “भूकम्पमा मृत्यु भएका व्यक्तिहरुसरह राज्यले हामीलाई हेर्नुपर्छ । हराएका १४ मध्ये हाल छजनाको मृत्यु भएको पुष्टि भएको प्रहरीको भनाइ रहेको छ । प्रहरी भन्छ, यी बेपत्ता व्यक्ति जिउँदै छन् भन्ने अवस्था पनि छैन ।” रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending