Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८२ बुधबार | 14th May, 2025 Wed
Investment bank

रोल्पा जिल्ला परिषद् सम्पन्न

रोल्पा, संविधानसभाका उपसभामुख ओनसरी घर्ती मगरको प्रमुख आतिथ्यतामा रोल्पाको १९औं जिल्ला परिषद् सम्पन्न भएको छ । परिषद्लाई विभिन्न निकाय र स्थानीयवासीले निकै उत्साहका साथ हेरे तापनि शुभकामना कार्यक्रममा व्यक्त मन्तव्य भने घोचपेच र पत्रकारमाथिको गालीगलौचमै सीमित रह्यो । पत्रकारहरुमाथि उठेका प्रश्नहरुबारे पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष महेश न्यौपानेले परिषद्मै समय लिएर प्रष्ट पार्न र प्रेसमाथिको विषयमा यसरी लगाइएका लान्छनाप्रति महासंघको ध्यानाकर्षण भएको बताए । न्यौपानेले परिषदमा विशिष्ट आतिथ्यता ग्रहण गरिरहेका अतिथिबाट नै झन् प्रेसप्रति विभिन्न लान्छना लगाउँदैै दिइएका दूराशयपूर्ण अभिव्यक्तिबारे भनाइ राखिरहँदा उपस्थित अतिथि र प्रमुख अतिथिहरुबाटै ‘यहाँ जुहारी नखेल्न’ भनेपछि महासंघले एक विज्ञप्ति सार्वजनिक गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ– ‘१९औं जिल्ला परिषद्मा बोल्ने केही वक्ताले पत्रकारमाथि लान्छना लगाउँदैै दिएको दूराशयपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ । परिषद्को गरिमा समेत ख्याल नगरी पत्रकारमाथि इगो साँध्ने शैली अपनाएर दिएको अभिव्यक्तिको हामी घोर भत्र्सना गर्दछौं । परिषद्मा दिइएका अभिव्यक्तिले स्वतन्त्र पत्रकारितामाथि नै प्रश्न उब्जाएको छ । जिल्ला परिषद् भनेको जिल्लाको भाग्यरेखा कोर्ने र जनताको परिवर्तन गर्न के–कस्ता योजना, नीति र विधि तय गर्ने भनेर छलफल गर्ने थलो हो । त्यही कुरा सुन्न आतुर आम नागरिकको अपेक्षामाथि कुठाराघात गर्दै वक्ताहरु आरोप–प्रत्यारोपमा उत्रनु दुःखद् तथा अशोभनीय पक्ष हो ।’ पत्रकार महासंघ रोल्पाको विज्ञप्तिमा अगाडि लेखिएको छ– ‘यहाँका सामुदायिक रेडियोहरुबाट प्रत्यक्ष रुपमा प्रसारण गरिरहेका बेला गालीगलौचजस्तो गर्ने निम्नस्तरको शैलीबाट पत्रकारलाई लगाइएका लान्छनाहरुप्रति सम्पूर्ण नागरिकहरुलाई भ्रममा नपर्न हामी आग्रह गर्दछौं । पे्रस स्वतन्त्रताका पहरेदार पत्रकारको अवमूल्यान हुने अभिव्यक्ति नदिन समेत हामी आग्रह गर्दछौं । सम्मान गर्ने पद्धतिको विकास गर्न नसके तापनि अपमान नगर्नु नै राम्रो हुन्छ । परिषद्मार्पmत पत्रकारमाथि धावा बोल्ने र वक्ताबाट लाञ्छना लगाइनुले परिषद्को गरिमामाथि पनि प्रश्न उब्जिएको हाम्रो निष्कर्ष छ । पे्रस स्वतन्त्रता र पत्रकारहरुप्रतिको स्पष्ट धारणा सार्वजनिक गर्न सम्बन्धित निकाय, वक्ता र आयोजक समेतलाई आग्रह गर्दछांै । पत्रकारमाथि खनिएर प्रेस स्वतन्त्रताको घाँटी ननिमोठ्न अपिल गर्दछौं । अन्यथा, सबै पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ कडा कदम चाल्न बाध्य हुने समेत यसै विज्ञप्तिमार्पmत जानकारी गराउँदछौ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending