Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

यी हुन विश्व राजनीतिमा हैकम जमाउने सुन्दर महिला

\"sundar \"sundarकाठमाडाैं । सौन्दर्यलाई आधार बनाउने हो भने विश्व राजनीतिले सुन्दर महिलाई पनि आत्मसाथ गरेको छ । अहिले पनि विभिन्न देशमा कुनै अभिनेतृ भन्दा कम नलाग्ने महिलाले राजनीतिमा हैकम जमाइरहेका छन् । ती मध्ये केही हुन ः ओर्ली लेभी , इजरायल सन् १९७३ मा जन्मिएकी आर्ली लेभी आजभोली इजरायली मिडियाको लागि सँधै आकर्षणको केन्द्र बन्छिन् । त्यसो त उनको सौन्दर्य मात्र होइन, राजनीतिको पनि सधैँ सोधखोज हुन्छ । पूर्वविदेशमन्त्री डेभिड लेभीकी छोरी ओर्ली सन् २००९ देखि नै इजरायली सांसदको प्रतिनिधित्व गर्छिन् । राजनीतिमा आउनुअघि ओर्लीले मोडलिङ पनि गरिन्, इजरायली सेनामा काम पनि गरिन् । एलिना कावायेव, रुस स् पहिलेकी जिम्न्यास्ट एलिना कावायेवले राजनीतिमा आउँदा सुरुमा रुसमै पनि पत्याइएको थिएन । जिम्न्यास्टिक छाडेर राजनीतिमा आएलगत्तै उनको राजनीतिभन्दा पनि सौन्दर्यको बढी चर्चा भयो । युनाइटेड रसिया पार्टीमा आबद्ध भएपछि सन् २००७ मा एलिना त्यहाँको सांसद पनि भइन् । रुसी राष्ट्रपतिसँग एलिनाको ‘अफेयर’ रहेको बारम्बार चर्चामा पनि आयो । सन् २०१४ देखि उनी रुसकै राष्ट्रिय मिडिया ग्रुपकी अध्यक्ष पनि भइन् । इभा कैली, ग्रिस युरोपेली युनियन ग्रिसका लागि सदस्य इभा कैली राजनीतिमा आउनुअघि टिभीमा काम गर्थिन् । उनले राजनीति सुरु गरेलगत्तै ग्रिसमा व्यापक हल्लासमेत चल्यो– इभाले अन्तर्राष्ट्रिय फेसन सोमा भाग लिनुपर्ने । सन् १९९२ मा पास्पमा आबद्ध भएपछि इभाले सन् २००२ मै सांसदका लागि भएको निर्वाचनमा जितिन् । उनी ग्रिसकै सबैभन्दा कम उमेरकी सांसद पनि भइन् । सन् २००९ को निर्वाचनमा पनि उनले जितिन् । युलिया ट्याइमोसेन्को, युक्रेन युक्रेनकी पहिलो महिला प्रधानमन्त्री युलियाले ‘ओरेन्ज आन्दोलन’को नेतृत्व गरेकी थिइन् । सन् २००५ देखि २०१० सम्म दुईपटक युक्रेनी प्रधानमन्त्री भएकी युलियाले नेतृत्व गरेको दलले सन् २०१२ मा संसद्मा एक सय एक सिट जितेर दोस्रो दल भएको थियो । सन् २०१४ मा भएको राष्ट्रपति निर्वाचनमा भने युलियाले पेट्रो पोरेसेन्कोलाई हराउन सकिनन् । अर्थशास्त्रमा पिएचडी सकेर राजनीतिमा लागेकी युलियाले आफू मोडलिङ गरेर विश्वका चर्चित पत्रिकाको कभर पेजमा आउने बताएपछि युक्रेनमा विवादमा आएकी थिइन् । रुबी धल्ला, क्यानडा स् कुनै समय ‘मिस क्यानडा’मा सहभागी भएर चर्चा बटुलेकी रुबीले राजनीतिमा पनि राम्रै चर्चा कमाइन् । सन् २००४ देखि २०११ सम्म उनी क्यानडाको सांसद पनि भइन् । सन् २०११ को निर्वाचनमा उनले हार व्यहोर्नुपर्योन । तर, उनको सौन्दर्यको चर्चा भने सेलाएन । भारतीय मूलकी रुबीले ‘क्यूँ, किस लिये’ फिल्ममा अभिनय पनि गरेकी छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: