Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

नेपाली राष्ट्रिय फुटवल टोलीलाई अन्तर्राष्ट्रिय खेलमा दुर्इ वर्ष ग्याप

\"Ktm-Foot काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टोलीले बदनामी कमाए पनि साना खेलाडीहरुले चमत्कार देखाएपछि फुटवलमा उज्यालो किरण देखापर्यो । राष्ट्रिय टिममा मुख्य क्याप्टेन सागर थापासहित पाँच खेलाडी मिलेमतो (म्याच फिक्सिङ) मा मुछिएपछि नेपाली खेलाडीप्रति खेलप्रेमीहरु निराश देखिए । राष्ट्रका खेलाडीहरुले यति लामो समयसम्म पालितपोषित गरेका यी खेलाडी मात्र होइन, नेपाली खेलाडीलाई डोर्याउने एक मात्र संस्था अखिल नेपाल फुटवल संघ (एन्फा)का अध्यक्ष गणेश थापाले समेत खेलमा म्याच फिक्सिङ गरिएजस्तै भ्रष्टाचारी ठहरिए । नेपाली फुटवलका नाइके ठान्ने थापाकै कारण नेपाली खेलले प्रगति गर्न नसकेको भन्दै बेलाबेलामा आक्षेपहरु पनि लाग्ने गरेका थिए । नभन्दै थापालाई भ्रष्टाचारी सावित गर्दै विश्व फुटवलको नियामक निकाय फिफाले १० वर्षको प्रतिबन्ध लगाउँदै झण्डै २१ लाख जरिवानाको फैसला गर्यो । गणेश थापाको यो हर्कतबाट पनि सरकारले कुनै पाठ सिकेन । बरु उसैलाई राजनीतिक आरक्षण दिएर अहिलेका उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरिमामय सांसद बनाइदिए । थापाको काण्ड लगत्तै उनले डोर्याउँदै आएका नेपाली फुटवलका राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय खेलमै धमाधम मिलेमतो गर्दै पराजय भए पनि पैसो असुल्दै आएको खुलासा भयो । सन् २००८ देखि २०१४ सम्मका विभिन्न अन्तर्राष्ट्रि«य खेलमा मिलेमतो गरेको आरोपमा सागर, सन्दीप राई, रितेश थापा, पूर्व खेलाडी अञ्जन केसी (प्रशिक्षक) र विकाससिंह क्षेत्रीलाई गत असोज २७ गते नेपाल प्रहरीले पक्राउ गरेको थियो । तिनै खेलाडी जसलाई कुनै पनि खेल खेल्न नपाउने गरी एसियाली फुटवल महासंघ (एएफसी)ले प्रतिबन्ध लगाइदियो । फुटवलकै कारण विश्वका थुप्रै मुलुकले इज्जत राखिरहेको बेला नेपाली खेलाडीहरुको कर्तुत माफी दिन योग्य थिएनन् । राष्ट्रिय टोलीका खेलाडीहरुले बदनामी कमाएर नेपाली फुटवलकै इज्जत माटोमा मिलाइदिएका बेला त्यसपछिका उमेर समूहबाट अन्तर्राष्ट्रिय खेल खेल्न पुगेका खेलाडीहरुले छोटो समयमै फुटफलप्रति फेरि नयाँ आशा जगाइदिएका छन् । हुन पनि उमेर समुहका भर्खरै राष्ट्रिय टोलीमा प्रवेश पाएका खेलाडीहरुले बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा उपाधि दिलाएर फुटवलप्रति निराशालाई कम गरिदिएका थिए । भर्खरै मात्र दक्षिण एसियाली खेलकुद (साग)मा २३ वर्षपछि फुटवलमा स्वर्णपदक दिलाएर चक्किला युवाहरुले चर्को उज्यालो छरे । युवाहरुले दिलाएको जितपछि साँच्चिकै बुढा खेलाडीले म्याच फिक्सिङ गरेको विश्वास गर्ने आधार बनाइदिए आम नेपालीलाई । यी युवाहरुले नेपाली फुटवलमा नयाँ किरण छर्दै गर्दा चम्किला ‘नवयुग’हरुमाथि पनि चन्द्रग्रहण देखापरेको छ । नेपाली खेलाडीहरुका लागि आगामी दुई वर्षसम्म अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी ग्रहण देखिएको छ । संयोग यस्तो परेको छ कि, एएफसी वा फिफाको आयोजनामा हुने अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीको सहभागिता कम्तिमा दुई वर्षसम्म छैन भने एन्फाले पनि दुई वर्षसम्म कुनै अन्तर्राष्ट्रिय फुटवलको आयोजना गर्ने छैन । नेपाली टोलीले गत वर्ष भएको विश्वकपमा छनोट हुन नसकेपछि करिब दुई वर्षसम्मको लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुने अवसर गुमाएको हो । साफ च्यापियनसिपको एघारौँ संस्करण यसै वर्ष भारतमा सम्पन्न भएको थियो । जसमा नेपालले लज्जाजनक हार ब्यहोर्दै घर फर्किएको थियो । अब नेपालको अन्तर्राष्ट्रिय खेल सन् २०१७ को अन्तिममा हुने १२ औं साफ हुनेछ । अन्तर्राष्ट्रिय फुटवल नभए पनि मैत्रीपूर्ण खेलहरु हुनेमा भने खेलाडीहरु विश्वस्त देखिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy