Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

\"Sag-winner\" काठमाडौँ। भारतमा हालै सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत जुडोमा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नेपाल जुडो सङ्घले नगदसहित सम्मान गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले नगदसहित सम्मान गरे। जसमा स्वर्ण पदक विजेताले रु ५० हजार, रजत विजेताले रु ३० हजार र कास्य विजेताले रु २० हजार प्राप्त गरे ।

स्वर्ण पदक जित्ने खेलाडीमा फुपूल्हामू खत्री, रजत प्राप्त गर्नेमा लीला अधिकारी र मनिता श्रेष्ठ प्रधान रहेका छन् । त्यस्तै कास्य पदक हासिल गर्नेमा सरिता चौधरी, गङ्गा चौधरी, पुनम श्रेष्ठ, ईन्द्रबहादुर श्रेष्ठ, रमेश मगर र शिवबहादुर बराम रहेका छन् ।

त्यसैगरी, प्रशिक्षकद्वय दलबहादुर गुरुङ र ईन्द्र डङ्गोललाई जनही रु २० हजार र व्यवस्थापक देवु थापा र गङ्गाबहादुर खड्कालाई जनही रु १५ हजार प्रदान गरियो ।

साथै, जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले आफ्नो व्यक्तिगततर्फबाट विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई करिब रु एक लाख चार हजार बराबरको ‘कार्पेट’ प्रदान गरे । सोही अवसरमा प्रमुख अथितिसमेत रहनुभएका राखेप सदस्यसचिव विष्टलाई मायाको चिनो स्वरुप ‘कार्पेट’ प्रदान गरिएको थियो ।

सदस्यसचिव विष्टले स्वर्ण पदकको सङ्ख्यालाई हेर्दा नेपाल कमजोर देखिएपनि समग्रमा सबै खेलाडीले आफ्नो खेल कौशललाई पूर्णरुपमा प्रयोग गरेकाले स्वर्णलाई मात्र महत्व दिएर अन्य खेलाडीलाई अन्याय गर्न नहुने बताए ।

स्वर्ण पदकधारी खत्रीले स्वर्ण जित्नु जीवनकै अविस्मरणीय क्षण रहेको भन्दै आगामी दिनमा राष्ट्रका लागि थप पदक प्राप्त गर्न लालायित भएको बताए । बाह्रौँ सागमा सहभागी आठ देशमध्येबाट छैटौँ स्थानमा चित्त बुझाएको नेपालले तीन स्वर्ण २३ रजत र ३४ कास्य गरी जम्मा ६० पदक प्राप्त गरेको थियो । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy