Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

सुशील कोइरालाको निधन स्वभाविक नभएको विषय उठेपछि कांग्रेसमा हंगामा

\"congressकाठमाडौं । कांग्रेस केन्द्रीय सदस्यहरूले सभापति सुशील कोइरालाको निधन अप्राकृतिक भनेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–उनीहरूले छानबिन समिति गठनको माग गरेका छन् । महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमबारे छलफल गर्न मंगलबार बोलाइएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले कोइरालाको निधन शंकास्पद भएको प्रश्न उठाएका हुन् । केन्द्रीय सदस्य सूर्यमान गुरुङले सभापति कोइरालाको मृत्यु शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि अन्य सदस्यहरूले पनि उनलाई साथ दिएका थिए । डा। शेखर कोइराला, बालकृष्ण खाणले पनि गुरुङको भनाइमा समर्थन गर्दै पदाधिकारीहरूले जवाफ दिनुपर्ने बताएका थिए । छानबिन समिति गठन गर्न माग सूर्यमान गुरुङले गम्भीर प्रसंग सुनाए सभापति सुशील कोइराला, उहाँ मेरो पुरानो साथी । तर, अहिले मेरो सम्बन्ध नराम्रो पनि होइन, राम्रो पनि थिएन । उहाँसँग माघ २५ गते बिहान १० बजेसम्म मेरो कुराकानी भएको थियो । फोनमा उहाँको बोली स्पष्ट थियो । कुनै बिरामीको संकेत थिएन । तर, सामान्य निमोनियाले उहाँ बित्नुभएको भनिन्छ । सामान्य निमोनियाले मात्र मान्छे मर्दैन । त्यसकारण उहाँको मृत्यु प्राकृतिक लागेन । उहाँको मृत्युको छानबिन गर्न समिति गठन गरिनुपर्छ । कसको लापरबाहीले उहाँको मृत्यु भयो रु प्रधानमन्त्री भइसकेको व्यक्तिले पनि किन उपचार पाउनुभएन ? फेरि उहाँको मृत्युमा सञ्चारमाध्यममा विवादास्पद कुरा आएका छन्, यसको जवाफ चाहिन्छ । पार्टी सभापति साधारण मान्छे होइन । मनमोहनलाई भेन्टिलेटरमा राखिएको थियो । चक्र बास्तोललाई अहिले पनि अर्धचेत अवस्थामा उपचार गरिएको छ । पार्टी र राज्यको नै दायित्व थियो उहाँको उपचार गर्नु । तर, बेवास्ता किन गरियो ? सभापतिजीले चुनावको माहोल सोध्नुभयो : गुरुङ जुन दिन बित्नुभयो त्यो दिन म ताप्लेजुङमा थिएँ । १ नम्बर क्षेत्रका सभापति रामबहादुर कङलिवा मसँग हुनुहुन्थ्यो । सभापतिजीले ‘कस्तो छ चुनावको माहोल रु’ भनेर सोध्नुभयो । मैले राम्रै छ, रिजल्ट हुँदै छ भनेँ । क्षेत्रीय सभापतिसँग कफी खाँदै थिएँ । मैले निर्वाचित सभापति मसँगै हुनुहुन्छ कुरा गर्नुस् भनेर फोन दिएँ । सुशील’दाले क्षेत्रीय सभापति रामबहादुरसँग तीन–चार मिनेट कुराकानी गर्नुभयो । जिल्ला अधिवेशनमा झगडा पर्लाजस्तो थियो । तर, सिडिओसँग सुरक्षा मागेर अनावश्यक व्यक्तिलाई हलबाट निकालेपछि अधिवेशन सहज रूपले सम्पन्न भयो । मध्यरातमा नतिजा आयो । राति २ बजे अमेरिकाबाट छोरीले सभापति सुशील कोइरालाको निधन भएको खबर दिइन् । अघिल्लो बिहान मात्र कुरा गरेको सभापतिको निधन भएको खबरले छक्क परेँ, पत्यार लागेन । तर, खबर साँचो नै रहेछ । दाहसंस्कारको दिन आर्यघाट पुगेँ । पदका लागि पार्टीभित्र द्वन्द्व बढ्यो : महेश आचार्य हाम्रो पार्टीमा नेतृत्वका लागि मात्रै होडबाजी देखियो । मुलुकमा अनेक चुनौती छन् । संविधान कार्यान्वयनदेखि प्रान्तको चुनावसम्मका कार्यभार छन् । तर, पदका लागि पार्टीभित्र द्वन्द्व बढाउने काम भइरहेको छ । नेतृत्वका लागि स्वाभाविक रूपमा अघि बढौँ अस्वाभाविक दाबी गर्न नलागौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE