Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भूकम्पपछि सिन्धुपाल्चोकमा बलत्कारका घटनामा बृद्धि

\"balatkar\"मेलम्ची । सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछिको दश महिनामा पाँच बालिका र आठ युवती तथा महिला गरी १३ जनालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा मुद्दा दर्ता भएको छ । विसं ०७२ जेठ २९ गते भोेताङको छिम्ती–१ बाट १५ वर्षीया बालिका बलात्कृत भइन् । राति ९ बजे उनलाई सोही गाविस बस्ने ५० वर्षीय ठेगा तामाङले जबर्जस्ती करणी गरेका हुन् । त्यस्तै जिल्लाको ठूलोसिरुबारी–३ बस्ने ५२ वर्षीय रामकृष्ण भन्ने कृष्णबहादुर गिरीबाट सोही स्थानकी १३ वर्षीया बालिका घरको टहरोमा बसिरहेको अवस्थामा बिहान ११ बजे आफ्नै घरमा बलात्कृत हुन पुगिन् । ठोकर्पा–३ मा रातको १२ बजे आफ्नै घरको टहरोबाट १४ वर्षीया बालिकालाई ३५ वर्षीय रामशरण पहरीले बलात्कार गरे । साँगाचोक–९ बस्ने २४ वर्षीय कोचम्फे भन्ने सरोज माझी र भोटसिपा–५ बस्ने ३६ वर्षीय पल्ले भन्ने सानो कुँवरले १४ वर्षीया भिन्नाभिन्नै दुई बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यलयमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारी बताए । सिन्धुपाल्चोक जिल्लामा जबर्जस्ती करणी प्रमुख समस्याका रुपमा रहेको अधिकारीले बताए । त्यस्तै जिल्लाको विभिन्न ठाउँबाट विभिन्न मितिमा अन्य आठजना युवती तथा महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको बाह्रबिसे–३ बस्ने २७ वर्षीय अनिल थापा, भोटेचौर–४ बस्ने ३९ वर्षीय मोहनबहादुर तामाङ, इचोक–२ बस्ने ३२ वर्षीय मानबहादुर तामाङ, फुल्पिङकोट छ बस्ने १८ वर्षीय सानुलामा योञ्जन, चोकटी–७ बस्ने ४६ वर्षीय माइला भन्ने बेदबहादुर राउत, घोर्थली–३ बस्ने २३ वर्षीय पूर्णबहादुर थामी, इचोक–७ बस्ने ५९ वर्षीय मानबहादुर पण्डित र बाँडेगाउँ–४ बस्ने २६ वर्षीय रमेश माझीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तमध्ये केहीको फैसला भइसकेको र केहीको बाँकी रहेको प्रहरीको भनाइ छ । अत्यधिक मादक पदार्थ सेवन, मानसिक रोग, सामाजिक परिवेशका कारण जबर्जस्ती करणीका घटना हुने गरेको जिल्लाका प्रहरी प्रमुख अधिकारीले बताए । जिल्लामा बलात्कारको घटना नघटोस् भनेर विभिन्न किसिमका सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको र गत वर्षको तुलनामा जबर्जस्ती करणीको घटनामा कमी आएको भए पनि यस्ता घटना घट्नु दुर्भाग्यपूर्ण भएको प्रहरी प्रमुख अधिकारीले उल्लेख गरे । आव ०७१÷७२ मा सिन्धुपाल्चोक जिल्लामा जबर्जस्ती करणी गरेको अभियोगमा १० वटा मुद्दा दर्ता भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending