Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

एकद्वार पद्धतिमा नआए पनि सरकारी कार्यमा बुट्टा भर्दै जुम्लाका गैसस

जुम्ला, नेपाल सरकारबाट सञ्चालित जति पनि काम र निर्मित संरचना छन् त्यसमा बुट्टा भर्ने काम गैरसरकारी संस्थाले गर्दै आएका छन् । सरकारी क्षेत्रबाट सञ्चालन गरिएका स्वास्थ्य, खाद्यान्न, शिक्षा, खानेपानी, यातायात, वातावरण, वन, कृषि र ऊर्जामा जिविसअन्तर्गत रहेर विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम, नेपाल जलवायु परिवर्तन स्थानीय अनुकूलन सहयोग कार्यक्रम, ग्रामीण पहुँच कार्यक्रम, सामुदायिक सिँचाइ कार्यक्रमलगायत थुप्रै आयोजनाले काम गरिरहेका छन् । त्यसको अलावा वल्र्ड भिजन, सामाजिक जागरण तथा विकास प्रतिष्ठान, कर्णाली दिगो विकास प्रतिष्ठान, किर्डाक नेपाल, सुन्दर नेपाल, आस्था नेपाल, सेडा नेपाल, पेस नेपाल, क्याड नेपाल, दलित सेवा सङ्घ, लिवर्ड हिमाली आयोजनालगायत थुप्रै गैससले यहाँको स्वास्थ्य, शिक्षा, पोषणयुक्त खाद्यान्न, कृषि, वन तथा वातावरण र ऊर्जा क्षेत्रमा पनि काम गर्दै आएका छन् । गैरसरकारी संस्थाले जिल्लामा काम गर्दै आए पनि जिल्ला विकास समितिअन्तर्गतको एकद्वार प्रणालीमा रहेर आफ्नो गतिविधि अगाडि बढाउने गैसस भने नगण्य मात्र रहेको वरिष्ठ कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुढाथापाले बताए । यही फागुन २२ गते सम्पन्न भएको जिल्ला परिषद् पूर्वका विषयगत एवम् एकीकृत योजना तर्जुमा गोष्ठीमा पनि गैरसरकारी सङ्घसंस्थाको अत्यन्तै न्यून सङ्ख्यामा उपस्थिति रह्यो । जुम्लामा काम गर्ने गैसस भने करिब डेढ सय जति भएको पाउन सकिन्छ तर पनि जिल्ला विकास समितिले पद्धतिभन्दा बाहिर रहेर काम गर्ने गैससलाई कुनै कार्वाही अगाडि बढाउन सकेको छैन । यद्यपि वल्र्ड भिजन नेपाल जुम्लाले आफ्ना साझेदार संस्था दलित सेवा सङ्घ, कर्णाली दिगो विकास प्रतिष्ठान (काष्डा) र सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा) जुम्लासँग कर्णालीको शिक्षा, मातृशिशु स्वास्थ्य र पोषण तथा रैथाने बाली संरक्षणमा उल्लेख्य काम गर्दै आएको छ । जसमा दलित सेवा सङ्घद्वारा विद्यालयमा प्रतिभाको खोजीलगायत भौतिक संरचनामा सहयोग, काष्डाद्वारा रैथानेबाली संरक्षण तथा प्रवद्र्धन र सादा नेपालद्वारा मातृशिशु स्वास्थ्य र पोषणमा सहयोग पुग्दै आएको वल्र्ड भिजन क्षेत्र विकास कार्यक्रमका टोली नेता मन्नुप्रसाद चौधरीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy