Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

यी हुन प्रधानमन्त्री ओलीका चीन भ्रमणका एजेण्डा

\"kpकाठमाडौं । प्रधानमन्त्री केपी ओलीको चैत पहिलो साता हुने साताव्यापी चीन भ्रमणका लागि सरकारले एजेन्डा तयारी थालेको छ । परराष्ट्र मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालयले प्रस्तावित विषय समेटिएको एजेन्डा मस्यौदा तयार गरेको हो । आजको नयाँपत्रिका दैनिकमा खबर छ –परराष्ट्रसचिव शंकरदास वैरागीको संयोजनमा मंगलबार र परराष्ट्रमन्त्री कमल थापाको संयोजनमा बुधबार एजेन्डा तय गर्न बैठक भएको छ । चीनसँग व्यापार, लगानी, पर्यटन, दुईदेशीय परियोजनामा सम्झौता गर्ने गृहकार्य सरकारले गरेको छ । १ . इन्धन खरिद सम्झौताको गृहकार्य इन्धनको मूल्य र कर छुट, नेपाललाई सहज हुने ठाउँमा ढुवानी र सडक निर्माणमा चिनियाँ सहयोगका विषयमा प्रस्ताव तयारी भइरहेको छ । नेपालमा कुल खपतको ३० प्रतिशत इन्धन चीनबाट ल्याउने सरकारी निर्णयअनुसार चीनसँग खरिद सम्झौताका लागि तयारी भइरहेको छ । स्रोतका अनुसार मूल्य समायोजनमा चीनलाई मनाउने कोसिस हुनेछ, चीन सहमत भएमा सम्झौता हुन्छ । २. चीनसँग स्वतन्त्र व्यापार सम्झौता (एफटिए) को मस्यौदा भ्रमणमा स्वतन्त्र व्यापार सम्झौता ९एफटिए० गर्ने तयारी छ । नेपालले यससम्बन्धी पठाएको प्रस्तावमा चीनले सकारात्मक जवाफ पठाइसकेको छ । यसबारे आन्तरिक छलफल भइरहेको वाणिज्य मन्त्रालय स्रोतले बतायो । ३. व्यापार तथा पारवहन सन्धि नेपाल र चीनबीच व्यापार तथा पारवहन सन्धिको प्रस्तावित मस्यौदा आदान(प्रदान भइसकेको छ । प्रधानमन्त्रीको भ्रमणमा टुंग्याउने तयारी छ । ४.दुईपक्षीय लगानी संरक्षण तथा सुरक्षण सम्झौता (बिप्पा) चीनले ०६९ मा बिप्पाको मस्यौदा प्रस्ताव गरेको थियो । नेपालले ०७१ मंसिरमा मस्यौदा अध्ययन गरेर जवाफ पठाएपछि चीनले चासो दिएको छैन । ‘सुरुमा चीनले जे(जति चासो दिएको थियो, पछिल्लो १५ महिनामा कुनै जवाफ आएको छैन, हामीले दुईपटक यसबीचमा चीनलाई यसबारे स्मरण गराएका छौँ,’ परराष्ट्र स्रोतले भन्यो, ‘चीनको अहिलेसम्म जवाफ आएको छैन । समयका हिसाबले पनि अब बिप्पा यसपटक सम्भव हुँदैन ।’ ५. सीमानाका तथा पूर्वाधारमा सहयोग परराष्ट्रमन्त्री कमल थापाको ८ देखि १४ पुससम्मको चीन भ्रमणका क्रममा तातोपानी नाका नेपाल(चीन मित्रताको प्रतीक भन्दै सुचारु गर्नुपर्ने तथा केरुङ नाका वर्षभरि सुचारु गर्ने गरी पूर्वाधार निर्माण गर्न नेपालले चीनसँग सहयोग प्रस्ताव भएको थियो । यसबाहेक संखुवासभाको किमाथांका र मुस्ताङको कोरला नाका खोल्न र कम्तीमा दुई लेनको बाटो चीनले बनाइदिन पनि प्रस्ताव गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE