Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

३ चैतभित्र मतगणना नसके कांग्रेस अवैध हुने

\"congressकाठमाडौं । कांग्रेस केन्द्रीय सदस्यको मतगणनामा देखिएको सुस्तताले चैत ३ गतेभित्र निर्वाचन आयोगमा निर्वाचित केन्द्रीय कार्यसमितिको नामावली पठाउनुपर्ने ‘डेडलाइनु पूरा नहुने देखिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–संविधानअनुसार कांग्रेसले चैत ३ गतेभित्र महाधिवेशन भएर चयन भएका पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयोगमा पेस गर्नुपर्ने हुन्छ । निर्वाचन समितिको अव्यवस्था र सुस्तताका कारण महाधिवेशन सम्पन्न भएको तीन दिनसम्म पनि पाँच सय मत गणना हुन सकेको छैन । ‘चैत ३ गतेभित्र महाधिवेशन भएको जानकारीसहित निर्वाचित पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयोगमा पेस गर्नुपर्ने प्रावधान छु, निर्वाचन आयोगका सचिव शारदाप्रसाद त्रितालले भने । कांग्रेसले तीनपटकसम्म कार्यसमितिको म्याद थप गरी साढे पाँच वर्षसम्म लम्ब्याएको थियो । संविधानमा कुनै पनि राजनीतिक दलले बढीमा साढे पाँच वर्षभित्र महाधिवेशन सम्पन्न गरेर पदाधिकारी र सदस्यको चयन गर्नुपर्ने प्रावधान छ । कानुनअनुसार चैत ३ गतेभित्र महाधिवेशन सम्पन्न गरी केन्द्रीय समितिको नामावलीसहितको सूची निर्वाचन आयोगमा पेस नगरे कांग्रेस अवैधानिक हुनेछ । बुधबारदेखि खुला २५ सदस्यका लागि भएको निर्वाचनको मतगणना थालिए पनि दिनमा एक सय ५० मत मात्रै गणना भएकाले पूरै सदस्यहरूको गणना गर्न अझै साता दिनभन्दा बढी लाग्ने देखिन्छ । यही गतिमा मतगणना हुने हो भने चैत ३ गतेभित्र आयोगमा सूची पेस गर्न नसकिने देखिएको छ । कांग्रेसले राधेश्याम अधिकारीको संयोजकत्वमा गठन गरेको निर्वाचन आयोगले काम सुस्त गरेको भन्दै पार्टीभित्र र बाहिर पनि चर्को आलोचना हुन थालेको छ । निर्वाचन आयोगमा नामावली पठाउने समय ६ दिनमात्रै बाँकी रहेकाले पनि त्यसमा देखिने संवैधानिक र कानुनी जटिलताबारेमा नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पनि परामर्श थालेका छन् । स्रोतका अनुसार देउवाले निर्वाचन आयोगमा केन्द्रीय कार्यसमितिको पूरै नामावली पेस गर्नुपर्ने वा महाधिवेशन भएको जानकारीसहित पदाधिकारीको नामावली पेस गर्दा हुने भन्ने विषयमा परामर्श गर्न केही अधिवक्तालाई खटाएका छन् । ‘चैत ३ गतेभित्र केन्द्रीय कार्यसमितिको नमावली नै निर्वाचन आयोगमा पठाउनुपर्ने बाध्यात्मक व्यवस्था छ कि छैन भन्ने विषयमा उहाँले परामर्श गर्नुभएको छु, देउवा निकट अधिवक्ता केशवराज जोशीले भने, ‘त्यस विषयमा शुक्रबार निर्णयमा पुगेर बाध्यात्मक भए मतगणना छिटो गर्नेगरी प्रक्रिया अघि बढाउने तयारी छ ।ु कांग्रेसको निर्वाचन समितिले भने चैत ३ गतेसम्म मतगणना सक्नेगरी तयारी थालिएको जनाएको छ । ‘आरक्षणतर्फको महिला, दलित, जानजाति, मधेसीको शुक्रबारदेखि चार ठाउँमा गणना सुरु हुन्छ,ु निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने, ‘हामी चैत ३ गतेभित्रै सबै मतगणना सक्ने गरी अघि बढेका छौं ।ु निर्वाचन समितिले चैत ३ गते मतगणना सक्ने बताए पनि खुला केन्द्रीय सदस्यको मतगणना दुई दिनमा चार सय मात्रै भएको छ । बिहीबार साँझसम्ममा चार सय मत गणना गरेर स्थगित गरिएको छ । मतगणना शुक्रबार बिहान १० बजे पुनः सुरु गरिने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE