काठमाडौँ, स्वदेशी तथा विदेशी उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यकासाथ आजदेखि चौथो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा सुरु भएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा सुरु भएको सो मेलाको उद्घाटन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले गरेका थिए । मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने मन्त्री थापाले विश्वास व्यक्त गरे ।
उनले देशको समृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायले व्यापार सहजीकरणमा नेपाललाई सहयोग गर्नुपर्नेमा जोड दिए । मन्त्री थापाले भने, “नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहयोगभन्दा पनि बजार चाहिएको छ, हाम्रा वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा सहजीकरण हुन आवश्यक छ ।”
अबका दिनमा सरकारले व्यापार गर्नेभन्दा पनि निजी क्षेत्रलाई व्यापारमा सहयोग गर्ने समय आएको उल्लेख गर्दै उहाँले सोहीअनुसार व्यापार मेलालाई सरकारले सहजीकरण गरेको बताए ।
अपार जलस्रोतलाई सही सदुपयोग गर्न र नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता र परियोजना विकास सम्झौताले नेपालमा लगानीका लागि नयाँ ढोका खोलेको बताउँदै मन्त्री थापाले सरकारले औद्योगिक नीतिमा परिवर्तन गरेर लगानीलाई थप आकर्षित गराइएको धारणा व्यक्त गरे ।
नेपालसहित आठ देशले भाग लिएको यस व्यापार मेलामा ३५० व्यापार कक्षबाट स्थानीय उत्पादन र व्यापार अभिवृद्धि, क्रेता र बिक्रेताको समञ्जस्यता गर्न मद्दत पुगेको उल्लेख गर्दै उहाँले निर्यातको सम्भावना बोकेका जडीबुटी तथा अन्य उत्पादनले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विश्व व्यापार प्रणालीमा भएको परिवर्तनलाई सम्बोधन गर्न नेपाल व्यापार रणनीतिमा सरकाले विशेष प्राथमिकता दिएको बताउँदै मन्त्री थापाले नेपाल वस्तुको विकास, प्रवद्र्धन र प्रचारप्रसारमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै आएको स्पष्ट पारे।
उनले मन्त्रालय र महासङ्घको सहकार्यमा देशका विभिन्न ३० स्थानमा आन्तरिक व्यापार प्रवद्र्धन गर्ने र अन्तर्राष्ट्रिय व्यापारमा पनि सहजीकरण गर्ने अभियानमा निजी क्षेत्र सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मुख्य सचिव लीलामणि पौड्यालले प्रधानमन्त्री सुशील कोइरालाको सन्देश वाचन गर्दै आन्तरिक उत्पादनलाई बढवा दिनसकेमात्र मुलुकको उन्नति सम्भव हुने त्यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक हुने धारणा राख्नुभयाे ।
प्रधानमन्त्री कोइरालाले स्वदेशी तथा विदेशी लगानीमा नेपालप्रति विश्वास बढेको र यस अवसरलाई अन्तर्राष्ट्रिय क्षेत्रले ध्यान दिनुपर्नेमा जोड दिएको मुख्य सचिव पौड्यालले उल्लेख गरे ।
सो अवसरमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले निर्यात बढाउनका लागि अन्तर्राष्ट्रिय व्यापार मेलाले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उपभोक्ता तथा उद्योगी व्यापारीबीचको सम्बन्ध विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले सम्पूर्ण व्यवसायीले चाँडो संविधान आएर देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढोस् भन्ने चाहेको उल्लेख गर्दै राजनीतिक स्थायित्वलाई निरन्तरता दिने संविधान चाँडो जारी हुने विश्वास व्यक्त गरे ।
मेलाको सहकार्य गर्दै आएको बङ्गलादेशका प्रतिनिधिमण्डलका प्रमुख महोमद अबाइदुल अजामले मेलाले दुई देशबीचको व्यापारलाई थप सहजीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मेला संयोजक केशवराज पाण्डेले पाँच दिनसम्म चल्ने व्यापार सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पादनलाई प्रवद्र्धन गर्नमा मद्दत पुग्ने बताए। पाँच दिनसम्म चल्ने उक्त व्यापार मेलामा भारत, चिन, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भुटानलगायतका विभिन्न राजदुतावासका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: