Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

भारतसँग नेपाल २-० ले पराजित

गुहावटी, विश्वकप फुटबल २०१८ को प्रारम्भीक छनोट चरण र एसियन कप २०१९ को छनोट अन्तर्गतको खेलमा नेपाल भारतसँग २-० ले पराजित भएको छ । गुवाहटीस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा भएको खेलमा भारतका उपकप्तान सुनिल क्षेत्रीले खेलको ५३औँ मिनेटमा पहिलो गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा नेपालले राम्रो प्रदर्शन गरेपनि खेलको दोस्रो हाफ सुरु भए लगत्तै भारत नेपालमाथि हावि भएको थियो । पहिलो हाफमा नेपालको तर्फबाट कप्तान सागर थापाले राम्रो मुभ लिँदै खेलाडीलाई हौसला प्रदान गरेका कारण खेल गोल रहित बराबरीमा रोकिएको थियो । तर, नेपालले आफ्नो मुभलाई खेलको अन्तिम सम्म जारी राख्न सकेन् । खेलको दोस्रो हाफ सुरु भएसँगै भारतीय पक्षका खेलाडीहरुले नेपाललाई दबाबमा राखे । खेलको दोस्रो हाफमा नेपाली खेलाडीको रक्षात्मक खेल प्रदर्शनको फाइदा उठाँउदै भारतका उपकप्तान सुनिल क्षेत्रीले पहिलो गोल गरेका थिए । त्यसपछिको खेलमा नेपालले भारतको लगातार दबाब महसुश गरी रह्यो । जसको फाइदा भारतले खेल आफ्नो पोल्टामा पार्न सफल भयो । त्यसैगरी ६४ मिनेटमा भारतका वैकल्पिक खेलाडी ज्याकीचन्द सिंहले गोल हानेका थिए । तर, रेफ्रीले अफ साइड दिए पनि नेपाल खेलमा फर्कन सकेन । खेलको ८३ औँ मिनेटमा भारतका उपकप्तान क्षेत्रीले दोस्रो गोल गर्दै भारतका लागि जित सुनिश्चित गरेका थिए । त्यसअघि क्षेत्रीले नै ८१ औँ मिनेटमा प्रहार गरेको पेनाल्टीलाई नेपालका गोलकिपर चेम्जोङ्गले सफल हुन दिएका थिएनन् । बिहीबारको खेल दुबै पक्षलाई महत्वपूर्ण रहे पनि अन्तीममा नेपालको फितलो प्रदर्शनका कारण नेपाललाई विश्व कप छनौटका लागि चुनौती थपिएको छ । जीत हात पारे पनि भारतको छनौट हुने सम्भावना अझै न्युन रहेको खेल विश्लेषकहरु बताउँछन् । छनौट चरणको दोस्रो खेल चैत ३ गते काठमाडौंको दशरथ रंगशालामा हुनेछ । नेपालले भारतलाई पछिल्लो पटक गत भदौमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा २-१ ले पराजित गरेको थियो । त्यसयता नेपाल भारतसँग श्रृखलाबद्ध हार व्यहोरदै आई रहेको छ । जुन नेपाली खेलप्रेमीहरुका लागि दुःखद हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: