Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

स्वाइन फ्लुः चितवनमा उच्च सतर्कता

चितवन, जिल्लामा स्वाइन फ्लु सङ्क्रमितको सङ्ख्या एकाएक वृद्धि भएपछि उच्च सतर्कता अपनाइएको छ । सामान्य बिरामी भिडभाड हुने अस्पतालमा उपचार गर्न जान छाडेका छन् भने विवाह भोजभतेरजस्ता जमघट बढी हुने स्थानमा जानेको सङ्ख्यामा पनि कमी आएको छ । रुघाखोकी लागेका बिरामीको नमुनालाई भरतपुर अस्पतालमा तीव्र परीक्षण गरी शङ्कास्पद नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइँदै आएको छ । हालसम्म पठाएका एक सय ६७ वटा नमुनामध्ये २७ जनामा स्वाइन फ्लु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले बताए । पछिल्लो पटक ३६ वटा नमुनामा १७ वटामा स्वाइन फ्लु भेटिएपछि बिरामीको सङ्ख्या अरु बढ्ने आशङ्का गरिएको छ । गत दुई वर्षको तुलनामा यो सङ्ख्या अत्याधिक देखिएको छ । केसीका अनुसार सन् २०१४ मा ११ जना र २०१३ मा १० जनामा स्वाइन फ्लुको सङ्क्रमण देखिएको थियो । सङ्क्रमित हुने धेरैजसो चितवन र छिमेकी जिल्ला नवलपरासी एवम् गोरखाका रहेका छन् । स्वाइन फ्लु सङ्क्रमितको सङ्ख्या बढ्न नदिन भरतपुर अस्पताल परिसरमा सहयोग कक्ष स्थापना गरिएको छ । अस्पतालभित्र रहेको प्रहरी विटसँगै स्थापना गरिएको यो कक्षमा स्वाइन फ्लुसम्बन्धी जनचेतना दिने र बिरामीका लागि सहयोग गरिने भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक विजय पौडेलले बताए । अस्पतालमा पछिल्ला दिनहरूमा रुघाखोकीका बिरामीको सङ्ख्यामा समेत वृद्धि भएर गएको छ । यस्ता बिरामीको सङ्ख्या दैनिक एक सयको हाराहारीमा पुगेको उनले बताए । उनका अनुसार यसअघि दैनिक ३०-३५ जना मात्र रुघाखोकीका बिरामी अस्पतालमा आउने गर्दथे । अस्पतालमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सबैले मास्क प्रयोग गर्न थालेका छन् । उपचारका लागि आउने बिरामी र आफन्तलाई समेत मास्क प्रयोग गर्न, भिडभाडमा नजान र एकआपसमा हात नमिलाउन सुझाब दिएको चिकित्सक पौडेलले बताए । त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले पनि उच्च सतर्कता अपनाउन सर्वसाधारणमा अपिल गरेको छ । सो कार्यालयका प्रमुख मधुसुदन कोइरालाले महिला, वृद्धवृद्धा र बालबालिकामा स्वाइन फ्लुको जोखिम बढी रहने भएकाले सतर्क रहन आग्रह गरिनुका साथै भिडभाडमा नहिड्न र बाहिर हिड्दा मास्क लगाएर हिंड्न सर्वसाधारणलाई सल्लाह दिएका छन् । उनले सबै स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको, तयारी अवस्थामा राखिएको, स्थानीय सञ्चार माध्यम र विद्यालयका विद्यार्थीमार्फत जनचेतना जगाएको, निजी अस्पतालहरूमा छुट्टै उपचार कक्षको व्यवस्था गर्न लगाइएको, पम्प्लेट, ब्यानर राख्ने काम भइरहेको बताए । यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले पनि निजी अस्पतालमा छुट्टै कक्ष व्यवस्था गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेले जिल्लामा स्वाइन फ्लुको बिरामीको सङ्ख्या बढेसँगै विशेष चनाखो रहन आग्रह गरे । जिल्लामा सरकारी भरतपुर अस्पतालसहित दुई मेडिकल कलेज र १० वटाभन्दा बढी निजी अस्पतालमा पनि रुघाखोकीका बिरामीको सङ्ख्या बढेको चिकित्सकले जनाएका छन् । गर्मी बढ्दै जाँदा बिरामीको सङ्ख्या पनि बढ्नुले फ्लुको भाइरसले रुप परिवर्तन गरेको हुनसक्ने आशङ्का विज्ञहरूले गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies