Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

स्वाइन फ्लुः चितवनमा उच्च सतर्कता

चितवन, जिल्लामा स्वाइन फ्लु सङ्क्रमितको सङ्ख्या एकाएक वृद्धि भएपछि उच्च सतर्कता अपनाइएको छ । सामान्य बिरामी भिडभाड हुने अस्पतालमा उपचार गर्न जान छाडेका छन् भने विवाह भोजभतेरजस्ता जमघट बढी हुने स्थानमा जानेको सङ्ख्यामा पनि कमी आएको छ । रुघाखोकी लागेका बिरामीको नमुनालाई भरतपुर अस्पतालमा तीव्र परीक्षण गरी शङ्कास्पद नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइँदै आएको छ । हालसम्म पठाएका एक सय ६७ वटा नमुनामध्ये २७ जनामा स्वाइन फ्लु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले बताए । पछिल्लो पटक ३६ वटा नमुनामा १७ वटामा स्वाइन फ्लु भेटिएपछि बिरामीको सङ्ख्या अरु बढ्ने आशङ्का गरिएको छ । गत दुई वर्षको तुलनामा यो सङ्ख्या अत्याधिक देखिएको छ । केसीका अनुसार सन् २०१४ मा ११ जना र २०१३ मा १० जनामा स्वाइन फ्लुको सङ्क्रमण देखिएको थियो । सङ्क्रमित हुने धेरैजसो चितवन र छिमेकी जिल्ला नवलपरासी एवम् गोरखाका रहेका छन् । स्वाइन फ्लु सङ्क्रमितको सङ्ख्या बढ्न नदिन भरतपुर अस्पताल परिसरमा सहयोग कक्ष स्थापना गरिएको छ । अस्पतालभित्र रहेको प्रहरी विटसँगै स्थापना गरिएको यो कक्षमा स्वाइन फ्लुसम्बन्धी जनचेतना दिने र बिरामीका लागि सहयोग गरिने भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक विजय पौडेलले बताए । अस्पतालमा पछिल्ला दिनहरूमा रुघाखोकीका बिरामीको सङ्ख्यामा समेत वृद्धि भएर गएको छ । यस्ता बिरामीको सङ्ख्या दैनिक एक सयको हाराहारीमा पुगेको उनले बताए । उनका अनुसार यसअघि दैनिक ३०-३५ जना मात्र रुघाखोकीका बिरामी अस्पतालमा आउने गर्दथे । अस्पतालमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सबैले मास्क प्रयोग गर्न थालेका छन् । उपचारका लागि आउने बिरामी र आफन्तलाई समेत मास्क प्रयोग गर्न, भिडभाडमा नजान र एकआपसमा हात नमिलाउन सुझाब दिएको चिकित्सक पौडेलले बताए । त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले पनि उच्च सतर्कता अपनाउन सर्वसाधारणमा अपिल गरेको छ । सो कार्यालयका प्रमुख मधुसुदन कोइरालाले महिला, वृद्धवृद्धा र बालबालिकामा स्वाइन फ्लुको जोखिम बढी रहने भएकाले सतर्क रहन आग्रह गरिनुका साथै भिडभाडमा नहिड्न र बाहिर हिड्दा मास्क लगाएर हिंड्न सर्वसाधारणलाई सल्लाह दिएका छन् । उनले सबै स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको, तयारी अवस्थामा राखिएको, स्थानीय सञ्चार माध्यम र विद्यालयका विद्यार्थीमार्फत जनचेतना जगाएको, निजी अस्पतालहरूमा छुट्टै उपचार कक्षको व्यवस्था गर्न लगाइएको, पम्प्लेट, ब्यानर राख्ने काम भइरहेको बताए । यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले पनि निजी अस्पतालमा छुट्टै कक्ष व्यवस्था गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेले जिल्लामा स्वाइन फ्लुको बिरामीको सङ्ख्या बढेसँगै विशेष चनाखो रहन आग्रह गरे । जिल्लामा सरकारी भरतपुर अस्पतालसहित दुई मेडिकल कलेज र १० वटाभन्दा बढी निजी अस्पतालमा पनि रुघाखोकीका बिरामीको सङ्ख्या बढेको चिकित्सकले जनाएका छन् । गर्मी बढ्दै जाँदा बिरामीको सङ्ख्या पनि बढ्नुले फ्लुको भाइरसले रुप परिवर्तन गरेको हुनसक्ने आशङ्का विज्ञहरूले गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: