Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

निजि नम्वर प्लेटका इ–रिक्सा सञ्चालनले भैरहवा अस्तव्यस्त

\"eriksa-750\"भैरहवा । स्थानिय प्रशासनको मिलोमतोमा भैरहवा क्षेत्रमा निजि नम्वर प्लेटका ई–रिक्साहरु सञ्चालनमा आएका छन् । व्यक्तिगत प्रयोजनका निम्ति प्रयोगहुने यी नम्वर प्लेटका ई–रिक्साहरुले निर्बादरुपमा सार्वजनिकरुपमा सवारी बोक्दा समेत स्थानिय प्रशासन मौन देखिन्छ । भविष्यमा ट्राफिक व्यवस्थापनका लागि समेत समस्या हुने यस्ता ई–रिक्साहरु प्रकृयागतरुपमा नगरमा सञ्चालनमा नआएमा नगरक्षेत्र नै अस्तव्यस्त हुने स्थानियहरुले समेत गुनासो गरेका छन् । सिद्र्धाथनगर नगरपालिका र स्थानिय १९ राजनितिक दलका नेताहरुको २०७१ चैत ११ गते सर्वपक्षिय बैठक गरि नगरक्षेत्रमा १६ रुट कायम गरि पहिलो चरणमा ५० थान वातावरण मैत्रीका लागी ई–रिक्साहरु सञ्चालनमा ल्याउने सहमती भएपनि कार्यान्यन पक्ष भने फितलो भएको देखिन्छ । सर्वपक्षिय निर्णय अनुसार– पहिलो चरणमा ५० थान इ–रिक्सा सञ्चालन गर्ने र सञ्चालन गर्नका लागी पुराना १० थान म्यानुल रिक्साहरु विस्थापित गरि १ थान ई–रिक्सा सञ्चालन गर्नु पर्ने ,स्थानिय रिक्सा व्यवसायी समितिको सिफारिसमा ई–रिक्साहरु यातायात कार्यालयमा दर्ता गर्न सिफारिस गर्ने निर्णय भए पनि यसको बेवास्था गर्दे ई–रिक्साहरु सञ्चालनमा आएका हुन् । कानुनी र व्यवहारिक पक्षमा समेत ई–रिक्साहरु गतल प्रकृयामा चल्न सुरु हुदा स्थानिय प्रशासनले मौन सहमती जनाएको देखिन्छ । यी रिक्साहरु सञ्चालन गर्दा चाहिने चालक अनुमतीपत्र, रुटप्रमिट,कालो नम्वर प्लेटहरु वेगर सञ्चालन आएका छन् । तर स्थानिय प्रहरी प्रशासनले गतल प्रकृया वाट सञ्चालनमा आएका यी ई–रिक्साहरुलाई कार्वाही नगर्दा राज्यको कानुनी शासनको उल्ङघन भएको स्पष्ट उदारण वनेको छ । सिद्धार्थ रिक्सा व्यवसायी समितिका अध्यक्ष चेत वहादुर खडकाले प्रकृयामा छिरेर सवैले ई–रिक्सा सञ्चालन गर्न पाउने भन्दै गतलरुपमा चलेकालाई प्रहरी प्रशासनले संरक्षण गरेको वताए । उनले प्रकृयामा चलेका ई–रिक्साहरुलाई प्रहरीले रोक्छ तर रातो नम्वरमा चलेका ई–रिक्साहरु निर्बादरुपमा चल्दा मौन वसेर सहयोग पुराएको आरोप लगाए । स्थानिय राजनितिक दलका नेताहरुले समेत भद्रगोल प्रकृया वाट सञ्चालन हुन लागेको ई–रिक्सा व्यवस्थापन गर्न समेत स्थानिय प्रशासनले ध्यान दिन आवस्यक रहेको भन्दै गलतरुपमा सञ्चालन भएकालाई कार्वाही गर्न समेत माग गरेका छन् । नेपाली काग्रेशका नगर अध्यक्ष दिलिप धितालले समेत राजनितिक दल र सरोकारवाला निकाय विच सिद्धार्थनगर नगरपालिकामा भएको पुरानो निणर्य अनुसार ई–रिक्सा सञ्चालनमा ल्याउने पर्ने वताए । उनले वजार अस्तव्यस्त पार्ने तरिकाले ई–रिक्साहरु सञ्चालनमा आउनु ठिक नहुने भन्दै पहिलो चरणमा ५० वटा सञ्चालनमा ल्याइ परिक्षण गर्नु पर्ने सुझाव दिएका छन् । एमालेका नगर अध्यक्ष राम वहादुर श्रेष्ठले नगरपालिकामा भएको पुरानो संझौता कार्यान्यन गर्न आवस्यक रहेको वताउदै म्यानुल रिक्सामा कार्यरत मदजुरहरु समेत विस्तावित नहुने तरिकाले ई–रिक्सा सञ्चालन गर्न आवस्यक रहेकाले स्थायिन प्रशासनले समेत नगरपालिका र स्थानिय राजनितिक दलका नेताहरु,सरोकारवाला निकायले गरेको सर्वपक्षिय निर्णयमा टेकेर काम गर्नु आवस्यक रहेको वताए । एनेकपा माओवादीका नगर संयोजन संदेश चापागाईले नगरपालिका र स्थानिय राजनितिक दल तथा सरोकारवाला निकाय विच भएको पुरानो सहमतीका आधारमा ई–रिक्सा सञ्चालनम ल्याउनु पर्ने भन्दै यसको व्यवस्थापनमा ट्राफिक प्रहरीले तदरुक्ताका साथ लाग्न स्थानिय प्रशासन संग माग गरेका छन् । स्थानिय शान्ति समितिका अध्यक्ष समाजसेवी आन्नद गुप्ताले ई–रिक्सा सञ्चालन आउनु राम्रो पक्ष भए तर यो प्रकृयामा हुनुपर्ने वताउदै गलत प्रकृयामा चलेका ई–रिक्सालाई कार्वाहीको माग समेत गरेका छन् । तमलोपाका जिल्ला अध्यक्ष अजय वर्माले कुन आधारमा ई–रिक्सा सञ्चालन भएको छ । यो प्रशासन र नगरपालिकाले खोज्नु पर्ने भन्दै गतल प्रकृयामा चलेको भए कार्वाही गर्नु पर्ने भन्दै भैरहवा नगरको माग र व्यवस्था अनुसार चल्नु पर्ने वताएका छन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख विष्णुदत्त गौतमले नगरपालिका प्रकृयामा आउने ई–रिक्सा दर्ता गर्न तयार भएको भन्दै गलतरुमा चलेकालाई सडकमा पुगेर कार्वाही गर्न नमिल्ने वताए । उनले चालक अनुमती पत्र , रुटप्रमिट ,सार्वजनिक सवारी साधनको नम्वर प्लेट जस्ता कुराहरु अनुगमन गर्ने ट्राफिक प्रहरी र यातायात कार्यालयको कार्यक्षेत्र भएकाले यसको विषयमा नगरपालि अनविज्ञ हुने वताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख विष्णु जिसिले नगरपालिकामा भएको पुरानो निर्णय अनुसार ई–रिक्सा सञ्चालन हुनुपर्ने भन्दै प्रकृया वाहिर रहेर चलेका ई–रिक्साहरु कार्वाहीको दायरमा ल्याइएको वताए । ट्राफीक प्रहरीले प्रकृयामा चलेकालाई कार्वाही गरिएको जनाउदै गर्दा रिक्सा व्यवसायी समितीले भने संरक्षण गरेको आरोप लगाएको छ । यस्ता आरोप प्रत्यारोप विच निकास दिन आवस्यक रहेको छ । नगरपालिकामा ई–रिक्सा सञ्चालन गर्न आवस्यक रहे पनि यसको प्रकृयामा सहजता अपनाउन समेत सरोकार निकायले ध्यान दिन आवस्यक रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy