Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

शान्ति र समृद्धिका लागि सद्भभाव वर्ष २०७२ शुरु

\"Poster-750\"काठमाडौं । ग्लोबल पीस फाउन्डेसन नेपाल र संयुक्त युवा तथा विद्यार्थी मञ्च लगायतका विभिन्न संस्थाहरुको संयुक्त पहलमा देशमा देखिएको चरम राजनैतिक अस्थिरता र अन्यौलता चिर्न सामुहिक अभियान थालेको छ । राजैतिक अस्थिरताका कारण नेपाली समाजमा देखिएको सामाजिक मनोविज्ञानिक असरलाई न्यूनिकरण गर्ने उदेश्यले यो अभियान थालेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘विशेष गरि मधेस र पहाडका युवा विद्यार्थी र जनमानसमाझ एकअर्का प्रति परेको नकारात्मक मनोवैज्ञानिक प्रभाव र असरलाई न्युन गर्न राजनीतिक तथा गैर राजनीतिक युवा, विद्यार्थी र नागरिक समाजको तहबाट शान्ति, सद्भाव र सहिष्णुताको वातावरण निर्माण गर्नका निम्ति, एक–अर्का प्रति सम्मान र विश्वासवाट मात्र सद्भाव सम्भव छ भन्ने मान्यता राख्दै “सद्भाव वर्ष २०१६” अभियानको था\"yearलनी गरिएको हो । सद्भाव अभियान विभिन्न कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गर्दै देश व्यापी अभियानमा जाने छ । यस भन्दा अघिपनि अभियानले मिथिला कला प्रदर्शनी, लुम्बिनीको फोटो प्रदर्शनी सम्पन्न गरिसकेको छ । त्यस्तै अभियानले मधेस र पहाडका विद्यार्थीहरु वीच सद्भावको लागि चिट्ठीपत्र आदानप्रदान तथा मधेस जागरणका सन्दर्भमा श्रृंखलाबद्ध मासिक अन्तरक्रिया कार्यक्रम नियमित चलिरहेका छन् । ऋभियानले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । जसमा, २०१६ भित्र एकल र सामुहिक कला कार्यशाला एवं प्रदर्शनी, तराईका सात शहरहरु (भैरहवा, टिकापुर, नेपालगञ्ज, विरगंज, जनकपुर, राजविराज र विराटनगर)मा मैत्रीपूर्ण टि–२० सद्भाव क्रिकेट आदि रहेका छन् । मैत्रीपूर्ण टि–२० सद्भाव क्रिकेटको उद्घाटन चैत्र २० गते सिद्धार्थ रंगशाला भैरहवामा हुने अभियानले जनाएको छ । त्यसैगरी लुम्बिनी देखि सिद्धार्थ रंगशाला भैरहवासम्म साईकल ¥याली, लुम्बिनीमा “लुम्बिनी आर्ट क्याम्प २०१६”, “शान्ति र सद्भावका लागि सांगीतिक कार्यक्रम”, देशव्यापीरुपमा देशका विभिन्न भागहरुमा मधेस र पहाडका युवाहरुवीच अन्तरसंवाद, संस्कृति आदानप्रदान, अन्तरक्रिया र मितेरी कार्यक्रमहरुपनि गर्ने अभियानले विज्ञप्तिमा उल्लेख गरेको छ ।   पढ्नुहोस् विज्ञप्तिको पूर्ण पाठ शान्ति र समृद्धिका लागी सद्भाव, सद्भावका लागी सम्मान र विश्वास प्रेश बक्तव्य आदरणीय पत्रकार मित्रहरु, सद्भाव वर्ष २०१६ ग्लोबल पीस फाउन्डेसन नेपाल, संयुक्त युवा तथा विद्यार्थी मञ्च, टुर डे लुम्बिनी–पेडल फर पीस र लुम्बिनी वल्र्ड पीस फोरमको संयुक्त पहल हो । विगत केहि समय यता मुलुकमा देखिएको चरम राजनैतिक अस्थिरता र अन्यौलताले सिंगो (हिमाल, पहाड र तराई) नेपाली समाजको सामाजिक मनोविज्ञानमा निकै नै गम्भिर र दुरगामी असर पारेको छ । बिशेष गरि मधेस र पहाडका युवा विद्यार्थी र जनमानसमाझ एकअर्का प्रति परेको नकारात्मक मनोबैज्ञानिक प्रभाव र असरलाई न्युन गर्न राजनीतिक तथा गैर राजनीतिक युवा, विद्यार्थी र नागरिक समाजको तहबाट शान्ति, सद्भाव र सहिष्णुताको वातावरण निर्माण गर्नका निम्ती, एक–अर्का प्रति सम्मान र विश्वासवाट मात्र सद्भाव सम्भव छ भन्ने मान्यता राख्दै “सद्भाव वर्ष २०१६” अभियानको थालनी गरिएको हो । “शान्ति र सद्भाव” का निम्ति सन् २०१६ को थालनी सँगै विभिन्न कार्यक्रम तथा गतिविधिहरु आयोजना गर्दै आएको यस अभियानले सद्भावकालागी मिथिला कला प्रदर्शनी, लुम्बिनीको फोटो प्रदर्शनी सम्पन्न गरिसकेको छ भने मधेस र पहाडका विद्यार्थीहरु वीच सद्भावको लागी चिट्ठीपत्र आदानप्रदान तथा मधेस जागरणका सन्दर्भमा श्रृंखलाबद्ध मासिक अन्तरक्रिया कार्यक्रम नियमित चलिरहेका छन् । सन् २०१६ भित्र थप एकल र सामुहिक कला कार्यशाला एवं प्रदर्शनी, तराईका सात शहरहरु (भैरहवा, टिकापुर, नेपालगञ्ज, विरगंज, जनकपुर, राजविराज र विराटनगर)मा मैत्रीपुर्ण टि–२० सद्भाव क्रिकेट जसको उद्घाटन यहि चैत्र २० गते सिद्धार्थ रंगशाला भैरहवामा हुनेछ । त्यसैगरी लुम्बिनी देखि सिद्धार्थ रंगशाला भैरहवासम्म साईकल ¥याली, लुम्बिनीमा “लुम्बिनी आर्ट क्याम्प २०१६”, “शान्ति र सद्भावका लागि सांगीतिक कार्यक्रम”, देशव्यापीरुपमा देशका विभिन्न भागहरुमा मधेस र पहाडका युवाहरुवीच अन्तरसंवाद, संस्कृती आदानप्रदान, अन्तरक्रिया र मितेरी कार्यक्रमहरु आयोजना गर्दैछ । चैत्र २० गते शनिवार बिहान ७ ः३० वजे लुम्विनीस्थित मायादेवि मन्दिर अगाडीवाट गणतन्त्र नेपालका प्रथम राष्ट्रपती महामहिम सम्मानिय डा. रामबरण यादवले विश्व साइकल यात्री पुष्कर शाहलाई सद्भावको लोगा अंकीत झण्डा हस्तान्तरण गरेर सद्भाव साईकल र्यालीको उद्घाटन गर्नुहुनेछ । त्यसैगरी बिहान १० बजे सिद्धार्थ रंगशाला भैरहवामा सद्भावको लागी मैत्री पुर्ण टि २० क्रिकेटको उद्घाटन नेपाली राष्ट्रीय टोलीका कप्तान पारस खड्कालाई सम्माननिय पुर्व राष्ट्रपती ज्युवाट क्रिकेट व्याट र बल हस्तान्तरण गरी हुनेछ । सद्भाव बर्ष २०१६ को औपचारीक उद्घाटन समारोह समेत हुने उक्त कार्यक्रममा समाजमा सद्भाव कायम गराउन महत्वपुर्ण भुमिका खेल्नसक्ने युवा, विद्यार्थी नेताहरुलाई सद्भाव दुत सम्मान पनि प्रदान गरिनेछ । गायिका ईन्दिरा जोशीको सांगीतीक प्रस्तुती समेत रहने रहने कार्यक्रम तेकवान्दो खेलाडी दिपक बिष्टको बिशेष प्रस्तुती समेत रहने छ । पत्रकार मित्रहरु, एउटा गैर राजनीतिक तर सबै राजनीतिक पार्टी, समुह तथा गैर राजनीतिक संघ÷संस्था र व्यक्ति÷व्यक्तित्वहरु सामेल हुनैपर्ने सामाजिक अभियानका रुपमा अगाडि बढेको यो “सद्भाव वर्ष २०१६” लाई सफल बनाउन सम्पुर्ण नेपालीहरुको व्यक्तिगत पहल र प्रयत्न समेत निकै नै फलदायी हुनेछ । तपाई हाम्रो सानो प्रयत्नले आम जनताले आशा गरेको दिगो शान्ति, सद्भावपुर्ण समाज तथा हिमाल–पहाड–तराई÷मधेसको एकताबद्ध एवं समृद्ध नेपालको चाहनालाई पुरा गर्न सकिनेछ । यसका निम्ति हामी यस अभियानमा सामेल भएर सद्भाव र शान्ति श्रृजना गर्न सबैको रचनात्मक भुमिकाको अपेक्षा गर्दछौं ।   Secretariat Office:  80/52 Shanta Marga, Kamaladi Kathmandu  -31 Phone:  +977-1-4245506, 9851127361, 9851127509, 9851022391, 9801023111 Email:yoh.nepal@gmail.com
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy