Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

धुर्मुस र सुन्तलीले प्रधानमन्त्रीलाई प्रहार गरेपछि ओलीले यसरी गरे प्रतिकार

\"KP-oli-at-namuna-basti-700x445\"काठमाडौं । रिपार्टर्स क्लब नेपालको १८ औं स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजनीतिक व्यंग्यवाण प्रहार भएको छ । बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा हाँस्य कलाकारद्वय जोडी धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले ओलीको कार्यशैलीमाथि कडा व्यंग्य गरेका हुन् । सुन्तलीले प्रश्न सोध्ने र धुर्मुसले ओलीको क्यारिकेचर गर्दै उनको काम गर्ने शैलीलाई व्यग्य गरेका थिए । देश विकास, पुनर्निर्माणभन्दा खाली उखान टुक्का मात्रै हाल्ने खोज्ने र मजाक मात्रै  गरिरहनेभन्दै ओलीमाथि व्यंग्य गरिएको थियो । तर, कलाकारको व्यंग्य ओलीले सुन्न पाएनन् । कार्यक्रमका प्रमुख अतिथि ओली चितवनको कार्यक्रममा थिए । कलाकारको प्रस्तुतिपछि पूर्व सभामुख सुवास नेम्वाङले धुर्मुसको प्रस्तुतिले प्रधानमन्त्री नै उपस्थित भएको भान भएको बताएका थिए । ढिलो गरी प्रधानमन्त्री आए र उस्तै शैलीमा भाषण गर्न थाले । गहन राजनीतिक सवालमा पनि ओलीले व्यग्य मिसाउँदै भन्न थाले, ‘सात सालदेखिको संविधानसभाबाट संविधान बनाउने विषय ७ वर्ष लगाएर अनेक प्रक्रिया पूरा गरेर सम्पनन भएको छ यस्तोलाई फास्ट ट्रयाक भन्ने ?’ ओलीले व्यंग्य कस्ने शैलीमा भने, ‘जसले जे बोले पनि हुने ? जसो गरे पनि हुने ? संविधानले सबैलाई समान अधिकार दिएको छ । कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।’ ओली रोकिएनन, ‘हामीले यति धेरै गर्दा पनि केही छैन, अधिकार दिएनन् भन्ने ? सीताराम, सीताराम’ धुर्मुसतिर हेर्दै ओलीले भन्दै गर्दा हलमा हासो गुञ्जियो । उनै धुर्मुस दर्शक दीर्घाबाट उठेर अगाडि बढ्न खोजे तर, एउटा कुर्सीबाट उठेर अर्को कुर्सीमा बसे । यतिखेरसम्म हल हाँसोले गुञ्रिहेको थियो । लगत्तै ओलीले आफ्र प्रधानमन्त्री भएपछि नाकाबन्दी अन्त्य गरेको, भारत र चीनसित सम्बन्ध सुधार गरेको र अब आर्थिक क्रान्ति र विकासका लागि आफैं कोदालो लिएर निस्कने बताए । काठमाडौं–पोखरा सडक यस्तो पनि बन्छ भनेर दुई वर्षमै देखाउने, पूर्व पश्चिम राजमार्ग उत्तिकै राम्रो बनाउने, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आफैं कोदालो लिएर निस्कनेसम्म बताए । लुम्बिनीमा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्घोष उनको थियो । चीनको केरुङदेखि काठमाडौंसम्मको बाटो दुई लेनको बनाउन अब ढिलाई नगरिने जस्ता सरकारका नीति कार्यक्रमको शैलीमा उनले सुनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending