Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

वैद्यसँग एकता नभए नयाँ राजनीतिक ध्रुवीकरण सुरु हुन्छ–महरा

\"12903635_992452577468800_809041633_o\"पोखरा । एमाओवादीका महासचिव कृष्ण बहादुर महराले वैद्यसँग एकता नभए नयाँ राजनैतिक धुविकरणको प्रक्रिया सुरु हुने बताएका छन् । एमाओवादी चार नम्बर प्रदेशको स्कुल कार्यक्रमको उद्घाटन गर्दैै उनले उक्त कुरा बताएका हुन । उनले माओवादी धाराहरुको छिट्टै एकता हुने बताउँदै भने – ‘मोहन वैद्यजीहरुसँग एकताको गृहकार्य भइरहेको छ, त्यसैले माओवादी शक्तिहरुबीच छिटै एकता हुन्छ ।’ ‘वैद्यजीहरु एकता गर्न तयार नभए उहाँको पार्टी रहँदैन, उहाँहरुभित्र विद्रोह हुन्छ र नयाँ ध्रुवीकरणको प्रक्रिया सुरु हुन्छ ।’ महराले मणि थापा, मात्रिका यादवहरु पनि एकताका लागि तयार रहेको बताए । ‘मणि, मात्रिकाजी एकताका लागि तयार हुनुहुन्छ, विप्लवका पनि दर्जनौं नेताहरु एकताको प्रतिक्षामा छन्’, उनले भने । कार्यक्रममा महराले ‘कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एकीकृत माओवादी नै भएको’ दावी गरे । ‘एमाओवादी नै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो, एमाले र हामीले भन्ने समाजवाद फरक छ, वर्गसंघर्षलाई स्वीकार नगर्नेहरु कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हुन नसक्ने उनको दावी थियो । एक फरक प्रसङ्गमा महराले सरकारले जनअपेक्षा अनुसार काम नगरेको बताए । ‘सरकार जनताप्रति उत्तरदायी हुन सकेन, त्यसका लागि हामी एमालेसँग गम्भीर कुरा गरिरहेका छौं । अब हामी निर्णायक कुरा गर्छाैं’, उनले भने । कांग्रेस संसदिय दलको चुनावपछि सत्ता समिकरणबारे सोच्न सकिने संकेत गर्दै कांग्रेस संसदिय दलको चुनाव पछि राष्ट्रिय राजनीतिमा फेरबदल आउन सक्ने दावी गरे । पार्टी स्कूल कार्यक्रम चैत्र १८ देखि २१ गतेसम्म चल्नेछ । पार्टीका नेता, कार्यकर्ताको सैद्धान्तिक र वैचारिक क्षमता अभिबृद्धिका लागि सञ्चालित पार्टी स्कूलमा दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास, नेपाली कम्युनिष्ट आन्दोलन, राष्ट्रिय स्वाधिनता, नेपाली समाजका विशेषता, संगठन लगायतका विषयमा पढाई हुने पार्टी पोलिट्ब्यूरो सदस्य हरिराज अधिकारीले जानकारी दिए । स्कूलमा चार नम्वर प्रदेशका ११ जिल्लाबाट ३५ जना प्रशिक्षार्थीहरु सहभागि हुनेछन् । प्रदेश स्तरीय स्कूल कार्यक्रममा सहभागि प्रशिक्षार्थीहरुले जिल्ला स्तरीय स्कूल सञ्चालन गर्ने स्कूल विभागका सदस्य रामराज रेग्मीले बताए । पार्टी स्कूलका लागि माध्यामिक तहको पाठ्यक्रम निर्माण गरिएको छ । स्कूलमा झलकपाणि तिवारीले दर्शन, रामराज रेग्मीले वैज्ञानिक समाजवाद, खोपबहादुर कंडेलले राजनीतिक अर्थशास्त्र, अमर गुरुङले संगठन, किसन शर्मा र कृष्ण धितालले कम्युनिष्ट आन्दोलनको इतिहास, पोलिट्ब्यूरो सदस्यहरु डिलाराम आचार्य र हरिराज अधिकारीले कार्यदिशा र कार्यनीति सम्बन्धि कक्षा लिनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy