Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भारत र इयुको वक्तव्य सर्वथा अनुचित भएको मन्त्रिपरिषदको ठहर

\"singhadarbar\"काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारत र युरोपेली सङ्घबीच ब्रसेल्समा हालै भएको बैठकपछि जारी संयुक्त वक्तव्यमा नेपालका बारेमा गरिएको टिप्पणीलाई ‘सर्वथा अनुचित’ भएको ठहर गरेको छ । मन्त्रिपरिषद्को बैठकमा सो वक्तव्यबारे गम्भीर ध्यानाकर्षणसहित सरकारको औपचारिक धारणा सार्वजनिक गरिएको छ । यसअघि बिहीबार परराष्ट्र मन्त्रालयले पनि वक्तव्य जारी गरी नेपालको सार्वभौमसत्ता विपरीत रहेको भनी आधिकारिक प्रतिक्रिया दिएको थियो । भारत र युरोपेली सङ्घबीच १३औँ ब्रसेल्स सम्मेलनपछि जारी संयुक्त वक्तव्यको एक बुँदामा नेपालमा निश्चित समयभित्र संवैधानिक समस्या समाधान भई थाती रहेका विषय संविधानमा सम्बोधन हुने टिप्पणी समावेश थियो । ‘नेपालको आन्तरिक मामिलाका बारेमा सार्वभौसत्तासम्पन्न संविधानसभाबाट जारी भएको संविधानका बारेमा जारी गरिएको सो वक्तव्यप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सार्वभौसत्तासम्पन्न एक स्वतन्त्र राष्ट्र हो । नेपालमा कुनै संवैधानिक समस्या र अशान्तिको अवस्थासमेत नरहेको र संविधानको कार्यान्वयनमा रहेका बेला यस्तो वक्तव्य आउनु सर्वथा अनुचित रहेको ठहर गरिएको छ ’– मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सो वक्तव्यबारे बैठकमा गम्भीर ध्यानाकर्षणसहित सो निर्णय भएको बताए । मन्त्री राईले प्रधानमन्त्री केपी शर्मा ओलीको गत साता सम्पन्न चीन भ्रमण युगान्तकारी रहेको ठहर पनि गरिएको जानकारी दिए । उनले चीनसँग गरिएको पारवहन तथा यातायात, जलविद्युत्, लगानी विस्तार, प्रसारण लाइन, विमानस्थल निर्माण सहयोगजस्ता सम्झौता ऐतिहासिक महत्वको रहेको निष्कर्ष निकालिएको बताए । बैठकले स्थानीय निकाय निर्वाचन कार्यविधि ऐन, २०४८ लाई संशोधित गर्न बनेको विधेयक २०७२’ लाई व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न मन्त्रिपरिषद्को सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । यस्तै नेपालको संविधानबमोजिम आदिवासी जनजाति आयोग, दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोगलगायत संवैधानिक आयोग गठनसम्बन्धी छुट्टाछुट्टै विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक सहमति दिइएको पनि मन्त्री राईले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending