Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

उत्तर कोरियाद्धारा फेरि अर्को ब्यालेस्टिक मिसाइल प्रहार

\"misayal\"सोल । उत्तर कोरियाले पुनः आणविक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । दक्षिण कोरियाले शुक्रबार सो जानकारी दिएको हो । गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्का परीक्षण गरेको समाचार शुक्रबार प्राप्त भएको हो । उत्तर कोरियाको यो आणविक विवादको समाधान खोज्नका लागि भन्दै विश्वका नेताहरु संयुक्त राज्य अमेरिकामा उपस्थित भइरहेका बेला शुक्रबार फेरि उक्त देशले अर्को ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो । दक्षिण कोरियाली सरकारले दिएको जानकारीअनुसार उत्तर कोरियाले उसको पूर्वी क्षेत्रतर्फ सो क्षेप्यास्त्र हानेको हो । उक्त क्षेप्यास्त्र समुद्रमा खसेको जनाइएको छ । उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा लामो दुरीको रकेट प्रक्षेपणपछि निरन्तरता दिदै आएको भनिएको आणविक परीक्षणको यो अन्तिम शृंखला हो । शुक्रबारको यस परीक्षणका बारेमा भने उत्तरले केही प्रतिक्रिया दिएको छैन । दक्षिण कोरियाको पूर्वी नगर सान्दोकबाट शुक्रबार अपरान्ह १२।४५ बजे उत्तर कोरियाले सो परीक्षण गरेको दक्षिणको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।\"07112326-358x284\" अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबारमात्र सार्वजनिक गरेको धारणामा संयुक्त राष्ट्रसंघको सुरक्षासम्बन्धी मापदण्डको प्रयोगगरी उत्तरलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताएका थिए । उत्तर कोरियाका विरुद्धमा पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले लगाएको नाकाबन्दी विरुद्ध फेरि अर्को परीक्षणको तयारी गरिरहेको सूचना प्राप्त भएको समाचारमा जनाइएको थियो । उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उसले अर्को व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले शुक्रबार नै यस्तो क्षेप्यास्त्र परीक्षण गरेकोमा विश्वको चासो फेरि बढेको छ । केही हप्तामात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो । उत्तर कोरियाले पछिल्लो समयमा दिएको धम्की केवल उसको उत्तेजनात्मक प्रचारमात्र हो भन्दै यसबाट आफ्नो देशलाई अरु केही हानी गर्न नसक्ने दक्षिण कोरियाले बताउदै आएको छ । पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्को गरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि यसका कारण उत्तर र दक्षिण कोरियाकाबीचमा निकै ठूलो तिक्तता छाएको बताइन्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आह्वान र आयोजना गरेको आणविक सम्मेलन बिहीबारदेखि संयुक्त राज्य अमेरिकामा सुरु भएको छ । उता उक्त सम्मेलन जारी रहेका बेला यता भने उत्तरले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । उक्त सम्मेलन निशस्त्रीकरण र यसका उपायहरुको खोजीमा केन्द्रित हुने भनिएको भएपनि यसको केन्द्रबिन्दु भने उत्तर कोरिया र उसले हालैका दिनमा जारी राखेको आणविक शस्त्रको होडबाजीलाई नै बनाइने बताइन्छ । तर यस सम्मेलनलाई दक्षिण कोरियाले भने बहुलट्ठीपूर्ण काम भनेको छ । उत्तर कोरियाले हतियारसम्मको आफ्नो पहुँचलाई वैधानिक नै भन्दै आएको छ । दक्षिण कोरियामा उच्च सुरक्षा सतर्कता उत्तर कोरियाले अर्को आणविक परीक्षण गर्ने सङ्केत प्राप्त भएको भन्दै आफ्ना सेनालाई दक्षिण कोरियाले उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिएको बताइएको थियो । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन गतहप्ता देखि नै निर्देशन दिएको समाचारमा जनाइएको थियो छ । दक्षिण कोरियाले हालैका दिनमा उत्तरको खतरालाई विश्वव्यापी रुपमा नै उठाउदै आएको छ । साथै दक्षिण कोरियाका राष्ट्रपति हाइले देशव्यापी रुपमा सेनालाई आफ्ना प्रतिरक्षात्मक क्रियाकलापहरुलाई पनि अघि बढाउन निर्देशन दिनुभएको बताइएको छ । पछिल्लो पटक शुक्रबार गरेको यस परीक्षणबाट दक्षिण कोरिया थप रुष्ट बनेको छ । कुनै पनि बेला उत्तरले शक्तिशाली परीक्षण गर्नसक्ने भन्दै दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा जारी यस पछिल्लो तनावको व्यवस्थापनका साथै उत्तर कोरियाले कानुनबिहीन रुपमा र कसैको आग्रहको पनि बेवास्ता गर्दै आणविक परीक्षण गर्दै आएको विषयप्रति विश्वको ध्यान उचित रुपमा पुग्नुपर्ने धारणा राख्दै आएको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies