Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नाकाबन्दी नहुँदा पनि इन्धन असहज कसरी भयो , यो सह्य छैन : केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नाकाबन्दी नरहेका बेला पनि इन्धन र ग्यासको आपूर्ति असहज हुने कुरा सरकारलाई सह्य नभएको बताएका छन् ।   \"k|wfgdGqL नेपाल महिला सङ्घ, नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले आज कालोबजारी र भ्रष्टाचार नियन्त्रण तथा भूकम्पको पुनःनिर्माण तत्काल गर्नुपर्ने लगायत माग राख्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले उक्त कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले कालोबजारी र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सरोकार भएकाहरुसँग छलफलमा जुटेको स्पष्ट पारे । उनले भने – ‘सरल विधिबाट सरकार अहिलेको समस्याको समाधानमा लागेको छ नेपाली जनताको भावना विपरीत सरकारले कुनै काम गर्ने छैन ।’ प्रधानमन्त्री ओलीले पुनःनिर्माणका लागि सरकार गम्भीर रहेको बताए । सरकारले जति तीव्रताका साथ काम गर्नुपर्ने हो त्यो गर्न नसकेको स्विकार्दै वर्तमान समस्याको समाधानका लागि सरकार सक्रिय भएर लाग्ने विश्वास दिलाए । प्रधानमन्त्री ओलीले नाकाबन्दी नरहेका बेला पनि इन्धन र ग्यासको आपूर्ति असहज हुने कुरा सरकारलाई सह्य नभएको स्पष्ट पारे । सरकारले तस्करीलाई प्रश्रय दिन कानुन परिवर्तन ग¥यो भन्ने कुरा गलत भएको बताउँदै प्रधानमन्त्री ओलीले कुनै पनि कानुन परिवर्तन र अध्यादेश जारी गर्दा प्रतिपक्षी दलसँग छलफल गरेर अगाडि बढ्ने स्पष्ट पारे । उनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अध्यक्षमा प्रधानमन्त्री र उपाध्यक्षमा प्रतिपक्षी दलको नेता हुने हुँदा पुनःनिर्माणमा सबैको छलफल अनिवार्य रहेको बताए । उनले भने ‘राजनीतिक निर्णय गर्दा सरसल्लाहकै आधारमा सरकार अगाडि बढ्छ । उनले पुनःनिर्माणको काम चुनौतीपूर्ण भए पनि त्यसलाई सम्पन्न गर्ने जिम्मेवारीबाट सरकार नभाग्ने स्पष्ट पार्दै वर्षायाम अगावै भूकम्पपीडितलाई सुरक्षित आवासका लागि सरकार प्रयासरत रहेको उल्लेख गरे । महिला सङ्घका अध्यक्ष डा डिला सङ्ग्रौला, तरुण दलका अध्यक्ष उदयशम्शेर राणा र नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले पुनःनिर्माणलाई तीव्रता दिन तथा कालोबजारी र भ्रष्टाचारलाई यथाशीघ्र रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending