Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

गजुरेलले भने- 'एकताको अन्तिम चरणमा छौ'

\"cpकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले एकीकृत माओवादी तथा अन्य क्रान्तिकारी कम्युनिस्टसँग एकताको अन्तिम प्रयत्न भइरहेको बताएका छन् । सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको शनिवार काठमाडौंमा भएको तेस्रो सम्मेलनको उदघाटन गर्दै उनले क्रान्तिकारी माओवादी पार्टीको नौ दिनदेखि चलिरहेको केन्द्रीय समितिको बैठकमा सहभागी सदस्यले क्रान्तिका निम्ति माओवादी शक्तिबीच एकता हुनुपर्ने कुरामा जोड दिएको बताए । सिद्धान्तबिनाको एकता नवसंशोधनवादीको पिछलग्गु गजुरेलले सिद्धान्तबिनाको एकता नवसंशोधनवादी र प्रतिक्रान्तिकारीहरुको पिछलग्गु हुने बताए । उनले एकीकृत माओवादी नै एकताप्रति गम्भीर नभएको आरोप लगाए । एकीकृत माओवादीसँग एकता हुने नहुने आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्नपछि मात्रै निश्चित हुने उनले बताए । एमाओवादीसँग एकता गर्नेबारे नौ दिनदेखि केन्द्रीय समितिमा छलफल चलिरहँदा गजुरेलले भने एमाओवादीलाई नवसंशोधनवादीको आरोप लगाए । “सिद्धान्तबिनाको एकता नवसंशोधनवादी र प्रतिक्रान्तिकारीको पिछलग्गु हुने र सो एकता हस्यास्पद हुन्छ’’, गजुरेलले भने, ‘एमाओवादी त्यति गम्भीर नभएकोले एकता नहुने सम्भावना देखिएको बताए ।’ केन्द्रीय समितिको बैठकमा बोल्ने हरेक सदस्यहरुले क्रान्तिका निम्ति माओवादी शक्तिहरुबीच एकता हुनुपर्ने कुरामा जोड दिए पनि नवसंसोधनवादीहरुको पछि दौडन कोही पनि नचाहेको उल्लेख गरे । पार्टी एकताका लागि चलिरहेको छलफलमा एकीकृत माओवादी मात्र नभएर सबै क्रान्तिकारी कम्युनिष्टसँग एकता गर्नेबारे कसैको विरोध नरहेको बताए । एमाओवादीको प्रस्ताव नै किर्ते वैद्य माओवादीका दोस्रो नेता गजुरेलले एमाओवादीले पठाएको तीन बुंँदे प्रस्ताव पनि किर्ते रहेको आशंका गरे । भरखरै सम्पन्न एमाओवादी बैठकमा पनि एकताको कुनै छलफन नहुनुले पनि एमाओवादी पार्टी एकताप्रति गम्भीर नभएको उनको आरोप थियो । प्रचण्ड र बाबुराम नै प्रतिक्रान्तिका नाईकेमा परिणत भएकाले माओवादीले दुर्दशा भोग्नु परेकोसमेत उनले कडा आक्षेप लगाए । गजुरेलले आफ्नो पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष किरणबाहेकका आएका फरक दस्तावेजहरु सुझावका रुपमा आएको उल्लेख गर्दै पार्टी विभाजनको सम्भावना नरहेको जिकिर गरे । सोही पार्टीका नेता दिनेश शर्माले समाजमा वर्गीय अन्तर रहँदासम्म नेपाली जनताले समानता र सामाजिक न्याय प्राप्त गर्न नसक्ने बताउँदै त्यस्तो अवस्थाले मानिसलाई क्रान्तिकारी भावनाको विकास गराउने बताए । मञ्चका अध्यक्ष विजय पुलामीले राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि सबै क्रान्तिकारी एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending