Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कांग्रेसमा फेरि हुने भो भाले भिडन्त

\"deuba-poudel\"काठमाडौं । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवाको नेतृत्वमा आएको नेपाली कांग्रेसमा फेरि अर्को भाले भिडन्त हुने भएको छ । १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा र पराजित भएका पौडेलबीच कांग्रेस संसदीय दलको नेता चयनका लागि पुनः भिडन्त हुने भएको हो । विधान संशोधन नगरीकन संसदीय दलको नेता चयन हुन नहुने भन्दै विरोध जनाउँदै आएको पौडेल समूहले दल नेतामा पनि आफ्नो अडान नछाडेपछि दुई नेताबीच भिडन्त हुने भएको छ । १३ औं महाधिवेशनबाट आफू निर्वाचित भएमा पार्टीमा रहेको गुटको अन्त्य हुने भनी देउवाले पूर्व घोषणा गरेकाले पार्टीका गुट अन्त्यका लागि आफूलाई दलको नेता बताउनुपर्ने पौडेलले अत्तो थापेका छन् । पौडेललाई नेता बनाउन भन्दै उनी पक्षधर नेता प्रकाशमान सिंहले केही दिनदेखि लविङ गरे पनि देउवाले अस्वीकार गरेपछि निर्वाचनबाट दल नेता चयन हुने निश्चित भएको छ । देउवाले सहमतिमा आफूलाई दलको नेता नबनाएपछि पौडेल समूहले आइतबार आफू पक्षको छुट्टै भेला गरी पौडेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन मिति तय भएकाले त्यसअघि नै विधान संशोधन गर्ने भन्दै सोमवार देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । केन्द्रीय समितिको बैठकअघि सोमवार नै संसदीय दलको बैठक समेत बोलाइएको छ । यसअघिको संस्थापन पक्षको संसदमा बहुमत भए पनि महाधिवेशनका बेला १० सांसदहरु देउवा पक्षमा लागेपछि पौडेल पक्ष अल्पमतमा परेको छ । अघिल्लो पटक संसदीय दलको नेतामासमेत पराजित भएका देउवाले यसपटक पार्टी सभापति जितेसँगै दलको नेता हत्याउने दाउमा छन् । दोस्रो संविधानसभा निर्वाचनपछि देउवा तत्कालित सभापति सुशील कोइरालासँग संसदीय दलका नेता पदमा पराजित भएका थिए । कांग्रेसका २ सय ७ जना सांसद छन् । देउवालाई सभापतिमा सघाएका खुमबहादुर खड्का र कुलबहादुर गुरुङ भने पछिल्लो समय पद बाँडफाँडमा देउवाप्रति रुष्ट छन् । खड्का र गुरुङ पक्षको मत निर्णायक हुने भएकाले पनि पौडेलले दल नेता आफू बन्ने सम्भावना देखेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending