Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ताे दिइदै

\"modi-750\"दोलखा। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी बुद्ध जयन्तीका अवसरमा हुने विशेष समारोहमा भारतका प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिन आफू भारत भ्रमणमा जाने बताएका छन् ।

नेपालको पर्यटन प्रवद्र्धन गर्दै आर्थिक विकास गर्न सरकारले सात प्राथमिकता निर्धारण गरेर अगाडि बढेको भन्दै पोखरेलले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाह बमोजिम नै भारतीय प्रधानमन्त्री मोदीलाई निम्ता गर्न भारत जान लागेको बताए। उनले भारत भ्रमणको मिति भने तय भइनसकेको बताए ।

नेपालमा साहसिक पर्यटनसँगै सांस्कृतिक एवम् प्राकृतिक पर्यटनलाई प्रवद्र्धन गर्न तीर्थयात्रा पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले आज चरिकोट मिडिया फाउन्डेसनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले सांस्कृतिक पर्यटन विकासका लागि नेपाललाई बुद्ध र हिन्दू सर्किटका रुपमा विकास गर्ने उल्लेख गरे ।

आफूले गहन अध्ययन र प्रमाणका आधारमा बुद्धको जन्मथलो मात्र नभई बुद्धधर्मको थलोसमेत नेपाल नै भएको दाबी गरेको चर्चा गर्दै विगतमा बुद्ध भारतमा जन्मिएको दाबी गर्ने भारतीय अहिले बुद्धको जन्मथलो नेपालमै भएपनि बुद्धत्व चाहिँ भारतमा प्राप्त गरेको हो भन्ने तहसम्म आइपुगेको बताए ।

उनले नेपालको विगतको इतिहासका लागि नेपालको उत्पत्तिदेखि ज्ञानेन्द्र शाहको शासनकालसम्मका इतिहास समेटेर म्युजियम बनाउने, १२५ भाषाभाषीलाई मध्यनजर गरेर राष्ट्रिय सङ्ग्रहालय बनाउनेलगायतका योजनासमेत सरकारको रहेको बताए ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोखरेलले पर्यटन विकासका लागि हवाई सेवाको भरपर्दो विकास आवश्यक रहेको उल्लेख गर्दै सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विश्वकै ठूलामध्येमा पर्नसक्ने निजगढ विमानस्थल र गौतमबुद्ध विमानस्थललाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताए ।

उनले विगतमा नेपाल भारतवेष्ठित देश भन्ने गरिएकोमा चीनसँग पारवहन सन्धि गरेर वर्तमान सरकारले नेपाल भू–परिवेष्ठित देश भएको प्रमाणित गरिदिएको चर्चा गर्दै राष्ट्रियताको पक्षमा खरो उत्रिएको वर्तमान सरकार परिवर्तन गर्न खोज्नु राष्ट्रियतामाथिको प्रहार हुने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending