Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एमाओवादीको प्रशिक्षण :पार्टीको विचारमा एकताबद्ध हुन कार्यकर्तालाई आग्रह

\"Flag_of_the_Communist_Party_of_Nepal_(Maoist).svg\"काठमाडौं । एनेकपा माओवादी सिद्धार्थनगर नगर कमिटीले एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार भैरहवामा गरेको प्रशिक्षण कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा ५ नम्बर प्रदेशका सेक्रेटरी जगप्रसाद शर्मा “अपार”ले पार्टीको भावी रणनीति र कार्यदिशाको विषयमा प्रशिक्षण दिएका थिए । उनले एमाओवादी पार्टी परिवर्तनकारी पार्टी भएको र सिद्धान्त, आदर्श र विचारमा अगाडि बढिरहेको भन्दै पार्टीको विचारमा एकताबद्ध हुन सबै कार्यकर्ताहरुलाई निर्देशन दिए । जसले जनअपेक्षा अनुसार काम गर्छ त्यही पार्टी अब देशको ठूलो पार्टी बन्ने भन्दै प्रदेश सेक्रेटरी शर्माले एमाओवादी गाउँ हुँदै सहर र केन्द्रसम्म पुग्दा केही बिग्रिए पनि अब जनताको माझ पुगेर काम गर्न तयार रहेको प्रशिक्षणमा कार्यकर्तालाई बताएका थिए । उनले नेपालमा दश वर्षे जनयुद्ध, दश वर्षे संविधानसभा निर्माण युद्ध भएको जनाउँदै अबको दशक समाजवादी क्रान्ति गर्ने दशक भएकोले सबै नेता कार्यकर्ता यसलाई सफल पार्न एकजुट हुनुपर्ने बताएका थिए । प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य हकिकुल्लाह खाँ, जिल्ला अध्यक्ष रामप्रसाद बन्जाडे, जिल्ला सचिव पदम गुरुङ, जिल्ला सहसचिव मकसुद अलि, जिल्ला सचिवालय सदस्य चोपलाल आचार्यले समेत पार्टी सुदृढीकरण हुन आवश्यक रहेको जनाउँदै सबै कार्यकर्ता तथा स्थानीय नेताहरुले एमाओवादीको दर्शनलाई अंगीकार गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । गोविन्द केवटको संचालनमा सम्पन्न प्रशिक्षण कार्यक्रममा दुई सय जना नगर कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending