Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

तरकारी र बाख्रापालन व्यवसायवाट वार्षिक २० लाख आम्दानी

\"Photoअर्घाखाँची । अर्घाखाँची जिल्लाका कृषकहरुको निम्ति तरकारी खेती आजभोली आम्दानीको बलियो श्रोत बन्दै गएको छ । कम लगानी र थोरै मेहनतबाट पनि मनग्य आम्दानी भएपछि यहाका कृषकहरु तरकारी खेतीमा आकर्षित भई मनग्य आम्दानी गर्ने बलियो आम्दानीको श्रोत बन्न पुगेको छ । ५ वर्ष यता जिल्लाको सदरमुकाम सन्धिखर्कका अतिरिक्त गाउँ गाउँमा व्यवसायीकरुपमा तरकारी खेती गरिदै आएको छ । कृषकहरुले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी त्यसको विक्रिबाट मनग्य आम्दानी गर्न थालेका छन् जिल्लामा तरकारी खेतीबाट वार्षिक ५० हजार देखि ५ लाख सम्म आम्दानी गर्ने कृषकहरु कम्तिमा तीन सय भन्दा बढी रहेको जिल्ला कृषि बिकास कार्यलय अर्घाखाँचीले बताएको छ । जिल्लाको धातिवाङ्गमा वाझिदै आएको २० रोपनी जग्गामा व्यवसायिक रुपमा विगत २ वर्ष अगाडी देखी नै लहरे कृषि तथा पशुपालन फर्म दर्ता गरी तरकारी खेती, बाख्रापालन व्यवसाय गर्न लागेका युवा वुद्धिराम पौडेल हुन । आफै नगरेसम्म अरुलाई मुखले भनेर मात्र हुँदैन परिवर्तन आफैबाट गर्नुपर्छ भन्ने मान्यताका साथ गाडी चलाउदा चलाउदै डाईभर पेशालाई छोडि आफूले गरे अरुले पनि गर्छन् भन्ने ठानेर तरकारी खेती र बाख्रापालनमा लागेको र मनग्य आम्दानी गर्न सफल भएको वताए । युवाहरुको विदेश पलायन र जागिर मात्र गर्नुपर्छ भन्ने धारणालाई परिवर्तन गर्न र आफूले गरेपछि अरुपनि कृषि पेसामा लाग्न सक्छन् भन्ने सोचका साथ तरकारी र बाख्रापालनमा लागेको उनको भनाई रहेको छ । उनले अहिले आलु खेतिवाट मात्रै राम्रो आम्दानी भएको वताए । अहिले ५० कुईन्टल आलु उत्पादन हुने उनले वताए, गत वर्ष ३५ कुईन्टल उत्पादन भएको थियो , उनले भने । उनले आलु खेती विउ उत्पादनका लागी तयार गरिएको र भण्डारणका लागी भैरहवा कोल्ड स्टोरमा लगिने विउ लगाउने समयमा आफनै जिल्लामा विउ विक्री गरिने पौडेलले वताए । गत वर्ष २० कुईन्टल सन्धिखर्कवाट विक्री भएको र १५ कुईन्टल आफनै गाविसमा स्थानिय कृषक तथा व्यवसायिक कृषिपालन गरेका अन्य युवाहरुले लगाएको पौडेलको भनाई छ । भाडामा लिएको २० रोपनी जग्गामा अहिले आलुको साथसाथै अन्य तरकारीहरुमा प्याज, बन्दा, टमाटर, साग, लसुन खेती बारीमा रहेका छन । उत्पादन भएको तरकारी स्थानीय बजार, सदरमुकाम सन्धिखर्क र बुटबलका सब्जी पसलमा बिक्री हुने गरेको पौडेलको भनाई रहेको छ । वार्षिक रुपमा तरकारी खेतीबाटै १० देखि १२ लाख आम्दानी हुने गरेको पौडेल बताउँछन् । परिश्रम गरे यहीको माटोमा सुन फलाउन सकिन्छ भन्ने मान्यताका साथ सुरु गरेको व्याबसायले अहिले सोचे भन्दा पनि बढि फाइदा दिएको पौडेलको भनाइ रहेको छ । तरकारी खेती मात्र हैन उनले बाख्रापालन पनि सँगसँगै अगाडी बढाएका छन । बाख्रावाट मात्रै मासिक चालिस हजारको दरले कमाई भएको, र वार्षिक ७ देखि ९ लाख कमाई हुने उनले वताए । ४–५ वर्ष पहिलेसम्म बाहिरी जिल्लाबाट प्रत्येक दिन ट्रकका ट्रक तरकारी आयात गरिने यस जिल्लाबाट २–३ वर्ष यता विक्रिका लागि तरकारी गुल्मी , पाल्पा, बुटबल र कपिलबस्तुको कृष्णनगर समेत पठाउने गरिएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि जिल्लाका युवाहरुको पनि तरकारी खेतीमा आकर्षण बढेको छ । बेरोजगार युबाहरुमात्र होईन सरकारी जागीर, शिक्षण पेशा र बैदेशिक रोजगारमा गएकाहरु पनी आफ्नो पेशा छोडेर तरकारी खेतीमा लागेका छन् । आफै नगरेसम्म अरुलाई मुखले भनेर मात्र हुँदैन परिवर्तन आफैबाट गर्नुपर्छ भन्ने मान्यताका साथ सहकारीको सहयोगमा युवाहरुले कृषिवाट नै मनग्य आम्दानी गर्न सफल भएका छन । युवाहरुको विदेश पलायन र जागिर मात्र गर्नुपर्छ भन्ने धारणालाई परिवर्तन गर्न र आफूले गरेपछि अरुपनि कृषि पेसामा लाग्न सक्छन् भन्ने सोचका कृषिपालन गर्न थालेको उनीहरुकोे भनाई रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies