Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

एकताबारे निर्णय गर्न नसकेर बैद्य रणभुल्लमा

\"kiran=badal\" काठमाडौं । एकीकृत माओवादीसँग एकता गर्नेबारे अन्तिम निर्णय गर्न भन्दै डाकेको केन्द्रीय समिति बैठक निर्णय दिन नसकेर नेकपा क्रान्तिकारी माओवादी आफै रणभुल्लमा परेको छ । भर्खरै मनोनित गरिएका सहित एक सय ९९ सदस्यीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेपछि संश्लेषणका लागि गृहकार्य आवश्यक भएको भन्दै दुई दिनका लागि बैठक स्थगित गरिएको थियो । वैठक दुई दिनका लागि स्थगित गरे पनि शीर्ष नेताहरुले एकताबारे साझा धारणा बन्न नसकेपछि पाँच दिन हुँदा पनि सूचारु हुन सकेको छैन । नेताहरुको अनिर्णयका कारण काठमाडौंमा बरालिएका केन्द्रीय सदस्यहरुलाई हरेक दिन विहान आज बैठक बस्न नसक्ने भन्दै केन्द्रीय कार्यालयबाट जानकारी आउने गरेको एक केन्द्रीय सदस्यले बताए । तत्कालै एमाओवादीसँग एकता गरी एमाओवादीभित्रै विचार चलाउने भन्ने एकथरिको मत र विचारमा सहमत नभइ एकता हुन नसक्ने अर्काथरीको अडानले गर्दा वैद्य माओवादी अनिर्णयको बन्दी बनेको छ । केन्द्रीय सदस्यहरुको धारणापछि एकताबारे गृहकार्य गर्न भन्दै बैठक स्थगित भएको माओवादीले जनाएको छ । एकताको एकमात्र एजेण्डामा छलफल भइरहेको पार्टीमा एकताबारे चार पदाधिकारीबीच गृहकार्य भइरहेकोले बैठक सूचारु हुन नसकेको क्रान्तिकारी माओवादीकी प्रवक्ता पम्फा भुसालले बताइन् । वैद्य झनै चिढिए एकताबारे निर्णय गर्न भन्दै आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएर बहस भइरहँदा फरक प्रस्ताव राखेका नेता रामबहादुर थापा ‘बादल’ हस्ताक्षर अभियान चलाएपछि वैद्य झनै चिढिएका छन् । ‘पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल भइरहेको छ’, वैद्यको भनाइ उद्दृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘यो कुनै संसदीय पार्टी होइन, अल्पमत र बहुमत भन्दै हस्ताक्षर गराउँदै हिड्ने ।’ बादलले हस्ताक्षर अभियान चलाएपछि वैद्यले केन्द्रीय समिति बैठकबाट एकताबारे कुनै निर्णय नगराउने पक्षमा रहेका छन् । विधि प्रक्रिया बनाएर अघि बढ्नुपर्ने भन्दै पार्टीको विधि मिचेर जानेलाई नरोक्ने पक्षमा वैद्य रहेको वैद्य निकट नेताहरु बताउँछन् । बादलले बहुमत पुर्याएर अध्यक्ष वैद्यलाई नै कारबाही गर्ने हल्ला चलाएको भन्दै पदाधिकारीको छलफलमा वैद्यले बादलको सातो खाएको स्रोतले बतायो । केन्द्रीय समिति बैठकमा बादलले अध्यक्ष वैद्यको प्रस्तावविपरित फरक दस्तावेज पेश गरेका छन् भने कुलप्रसाद केसी र लेखनाथ न्यौपानेले पनि विचारसिद्धान्त र एकताबारे लिखित सुझाव पेश गरेका छन् । केन्द्रीय समिति बैठक स्थगित भएपछि योबीचमा बादलले केसी र न्यौपानको पनि साथ लिएर हस्ताक्षर अभियान चलाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending