Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

सहिदका विषयमा सरकारले ठोस काम गर्छ : प्रम ओली

\"kp-oli1\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने सहिदका विषयमा अध्ययन गर्न समिति बनाइएकाले ठोस काम हुने प्रतिबद्धता जनाएका छन् । सहिद रत्नकुमार बान्तवाको ३७औँ स्मृति दिवसका अवसरमा शनिबार नेकपा ९एमाले० इलाम–काठमाडौँ सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन । ‘यस वर्ष फागुन १९ गते सरकारले विसं २००७ पछि प्रजातन्त्रका लागि लड्ने २२ जना निर्विवादित व्यक्तिलाई सहिद घोषणा गरेको छ, यस क्रममा बान्तवा पनि ३७ वर्षपछि सहिद घोषित हुनुभयो, जसलाई मन लाग्यो उसलाई सहिद बनाउँदा बान्तवा जस्ता निरङ्कुशता विरोधी अभियानमा मारिने व्यक्ति छुट्नुभएको थियो ’ उनले भने । सहिदका विषयमा अहिलेसम्म गरिएका कामको अध्ययन गरेर छुटेकालाई सहिद घोषणालगायतका काम राज्यले गर्न उपप्रधान एवम् रक्षामन्त्री भीमबहादुर रावलको संयोजकत्वमा समिति गठन गरिएको जानकारीसमेत प्रधानमन्त्री ओलीले गराए । सो अवसरमा प्रधानमन्त्री ओलीले पार्टीका महासचिव ईश्वर पोखरेलद्वारा सहिद बान्तवाका विषयमा लिखित ‘पूर्वको रातो तारा’ पुस्तक विमोचन गरेका थिए । बान्तवालाई सरकारले विसं २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । बान्तवासँगै पञ्चायती निरङ्कुशताविरुद्ध स्वतन्त्रता प्राप्तिका लागि जीवन आहुति दिने क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, भीमनारायण श्रेष्ठ, भीमदत्त पन्तलगायत २२ जनालाई सहिद घोषणा गरिएको थियो । कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले स्वतन्त्रताको आन्दोलनमा लाग्ने बान्तवा जस्ता योद्धा मारेकैले पञ्चायती व्यवस्था र राजतन्त्र समेत पतन भएको बताए । ‘बहुआयामिक प्रतिभाका धनी बान्तवा अध्ययनशील नेता हुनुहुन्थ्यो, उहाँ जनतासँग चाँडो एकाकार हुन सक्नुहुन्थ्यो, यस किसिमले योगदान गर्ने व्यत्ति अरु पनि छन् अध्ययन गरेर सहिद घोषणा गरिनुपर्छ ’ – उनले भने । अर्का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहिद बान्तवाले आफनो जीवन अरुको कल्याण एवम् सामाजिक परिवर्तनमा खर्चनुभएको स्मरण गरे । जसलाई पनि सहिद घोषणा गर्दा बान्तवा जस्तो योगदान गरेका योद्धा कयौँ छुटेका छन्, यस विषयमा साहित्यकार मोदनाथ प्रश्रित नेतृत्वको कार्यदलले सिफारिस गरेको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्छ’ –उनले भने । पुस्तकका लेखक महासचिव पोखरेलले बान्तवासँग सँगै पढेको र सहकार्य पनि गरेकाले ती बेलाका सम्झना एवम् टिपोटलाई पुस्तकका रुपमा प्रकाशन गरिएको बताए । कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङले बान्तवाले नेपालको लोकतान्त्रिक एवम् वामपन्थी आन्दोलनमा गर्नुभएको योगदान स्मरणीय रहेको सुनाए । मेची अञ्चल इञ्चार्ज हिक्मत कार्कीले इलामस्थित सहिद बान्तवाको जन्मस्थललाई राजनीतिक पर्यटकीयस्थलका रुपमा विकास गर्न माग गरे । विसं २००८ चैत २७ गते इलामको चमैता चित्रेमा जन्मनुभएका बान्तवालाई पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनःस्थापनाका लागि लडेकै अभियोगमा विसं २०३५ चैत २७ गते २७ वर्षको उमेरमा इभाङमा प्रहरीले हत्या गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending