Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

पर्यटक कुर्दै ऐतिहासिक पैँयुकोट दरबार

\"tourist\"पर्वत । ऐतिहासिक महत्व बोकेको चौबिसे पैँयुराज्यको दरबार ओझेलमा परेको छ । उचित संरक्षण र प्रचारप्रसारको अभावमा यहाँको होस्राङ्दीस्थित पैँयुकोट दरबार ओझेलमा परेको हो । पछिल्लो समयमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयास सुरु गरिएको छ । ऐतिहासिक र धार्मिक हिसाबले समेत महत्वपूर्ण मानिने पैँयुकोटमा आन्तरिक र बाह्य पर्यटकसमेत भित्र्याउने लक्ष्यसहित यसको विकास गर्न लागिएको हो । पाँच सय वर्ष पुरानो पैँयुकोट दरबार र कालिका मन्दिरलाई पैँयुक्षेत्रको ऐतिहासिक सामग्रीसहितको सङ्ग्रहालय बनाउने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले अभियान थालिएको हो । एक वर्षभित्रमा सङ्ग्रहालयका लागि भवन निर्माण कार्य थालिने पैँयुकोट संरक्षण समितिका पूर्व अध्यक्ष तथा पूर्व जिविस उपसभापति टीकाराम भुसालले जानकारी दिए । “ऐतिहासिक र धार्मिक तथा पर्यटकीय महत्वसमेत बोकेको क्षेत्र भएकाले यसको विकास र प्रवद्र्धनको काम थालिएको छ । उनले भने – “यसलाई मध्य दक्षिण पर्वतको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सफल बनाउन आवश्यक छ ।” यस क्षेत्रमा पहिले सेन राजाले बनाएको मन्दिर र अग्लो डाँडा रहेकाले धेरै आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना छ । यसलाई दृश्यावलोकन तथा घरवास क्षेत्रको रुपमा विकास गर्दै पदमार्ग बनाउन सकिने सम्भावना छ । शालिग्राम शिलादेखि पैँयुकोट हुँदै गोलाङको लेकसम्म पदयात्रा मार्ग बनाउन सकिने तथा यसलाई दक्षिण एसियाकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारी तथा डहरे र पञ्चासे हुँदै पोखरासम्मको पदयात्रा मार्ग बनाउन सकिन्छ । पर्वतको पर्यटन गुरुयोजनामा समेत पञ्चासेदेखि पैँयुकोट हुँदै सेतीवेणीसम्मको पदयात्रा मार्ग प्रस्ताव गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा सडक निर्माणसँगै जोखिममा परेकाले यसलाई वैकल्पिक पदयात्रा मार्गका रुपमा विकास गर्न सकिने देखिएको छ । यो पदयात्रा मार्गमा पर्ने शालिग्रामको छापाको मगर बस्ती, त्रिवेणीको चिन्नेखर्कको मगरबस्ती, उरामको गेप्ताङको मगरबस्ती, होस्राङ्दीको जम्मपुरको मगरबस्ती र भोक्सिङको गुरुङबस्तीमा होमस्टे सेवा सुरु भइसकेको छ । पदयात्रामा आउने पर्यटकका लागि खान र बस्न होमस्टे सेवा सुरु गरिएको जम्पुर होमस्टेकी अध्यक्ष नैनकला रानाले बताए । पैँयुकोटमा १५०२ देखि छ जना सेन राजाले राज्य गरेका थिए । राजा रामसिंह सेनले राज्याभिषेक गरेपछि लाभसिंह, चामसिंह, दागम्बरसिंह, सङ्ग्रामसिंह, भूपभैरव र अकवरसिंहले राज्य गरेको पाइन्छ । राजा अकवरसिंह सेनलाई नेपाल एकीकरणको समयमा आक्रमण गरेपछि उनले आफ्नै बारुदखानामा आगो लगाएर आत्महत्या गरेपछि पैँयुकोट राज्य नेपालमा गाभिएको थियो । त्यसअघि मगर जातिका आले, राना, थापा र चितौरेले पालैपालो गरी राज्य सञ्चालन गर्दै आएका थिए । मगरका बीचमा राज्य सञ्चालनमा विवाद भएपछि भारतको बाँसीघार भन्ने ठाउँबाट सेन राजालाई ल्याएको सेन राजाका सन्तान कर्णप्रताप सेनले जानकारी दिए । अहिले पैँयुकोट र हुवासमा रहेको फूलबारी दरबार संरक्षणका लागि जिल्ला विकास समिति र संस्कृति तथा पर्यटन मन्त्रालयले काम गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies