Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

तामाङ डाजाङको कथा लेखन गोष्ठी सम्पन्न

काठमाडौं । तामाङ डाजाङद्वारा आयोजित एक दिने तामाङ कथा लेखन सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी शनिबार सम्पन्न भएको छ । काठमाडौंको टौदह स्थित केभिन रोहन इको फाउन्डेसनको हलमा सम्पन्न उक्त गोष्ठी तामाङ डाजाङको सल्लाहकार एवं कामनपाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । तामाङ डाजाङका सम्पादक इन्द्र तामाङले कार्यक्रमको उदेश्य सहित स्वागत मन्तव्यपछि सामाजिक विकास बिभाग कामनपाका उपनिर्देशक यज्ञप्रसाद बडाल लगायतका अतिथिहरुले मन्तव्य राखेका थिए । पहिलो चरणको कार्यक्रम तामाङ डाजाङकै अर्जुनबहादुर तामाङले सन्चालन गरेपनि दोस्रो चरणको कार्यक्रम भने बाल कथाकार नेत्र तामाङले सन्चालन गरेको थिए । उक्त गोष्ठीमा कथा के हो ? र कसरी लेख्ने भन्ने विषयमा उपन्यासकार युग पाठक र कथामा पात्र चयन र चरित्र निर्माण सम्बन्धी लेखक दिल पौडेलले प्रशिक्षण थिए । तबmबलन(मबवबलनज्ञडाजाङका अध्यक्ष बुद्ध योन्जन, मुक्तान थेबा, सिर्जना गोले, सजना गोले, प्रेमलाल दोङ, कविराज काल्तान, अनिषा थिङ, सिर्जना पाख्रिन, लक्ष्मी रुम्बा, बुद्धराम थिङ, हिरामाया घिसिङ, चन्द्रमान बज्यु, सुजन गोले लगायत सहभागी मध्य चार जना स्रष्टाले तामाङ भाषामा कथा वाचन गरेका थिए । त्यस माथि उपस्थित सबै जनाले आ–आफ्नो तर्फबाट सुझाब दिए । कार्यक्रम तामाङ डाजाङका सल्लाहकार एवं भाषाशास्त्री अमृत योन्जन तामाङको सभाध्यक्षमा सम्पन्न भएको थियो । सामाजिक विकास बिभाग कामनपा र क्रिष्टल सब रेमिट प्रा.लि. सामाकोशीको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending