Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सामाजिक सञ्जालमा जथाभावी लेखेपछि प्रियंका भईन् आगो

\"priyanka-750\"काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् प्रियंका कार्की । चलचित्र ‘हाउ फन्नी’ को प्रोमोशनमा व्यस्त रहेकी प्रियंकाले सामाजिक सञ्चालमा पोस्ट गरेको आफ्नो तस्बिरहरुप्रति अरुले गरेका नकरात्मक टिप्पणीको खुलेर विरोध गरेकी छिन् । उनले फेसबुक मार्फत टिप्पणी लेख्दै टिप्पणीकर्ताहरुलाई आफूले शेयर गरेको तस्बिरबाट उनीहरुको व्यक्तिगत जीवनमा के ठेस पु¥याएँ भनेर प्रश्न गरेकी छिन् । उनले फेसबुक स्टाटस मार्फत भनेकी छिन्–‘ जब जब म नयाँ फोटो हाल्छु, कुनै नयाँ फिल्मको गीत या म्यूजिक भिडियो शेयर गर्छु, किन यति धेरै गाली गर्नु हुन्छ मलाई ? के मैले कुनै प्रकारको चोट पु¥याएँ ? तपाइलाई व्यक्तिगत रूपमा ठेस पु¥याएँ ? रन्डी, भालु, ’बेश्या यस्ता शव्दहरु प्रयोग गरेर बडा आनन्द महसुस हुन्छ हो ? एकदम महान काम गरे झँै लाग्छ हो ? उनले कलाकारहरु दर्शकलाई मनोरञ्जन चाडपर्व नभनी दिन दिनरात मेहनत गर्ने र यस्तो नरकरात्मक टिप्पणी सुन्न पर्दा चित्त दुखेको बताएकी छिन् । उनले भनेकी छिन–् ‘हामी कलाकर दिन रात मेहेनत गर्छौ। घरि फिल्म शुटिङ, घरि कार्यक्रम। दशैं, तिहार, चाड पर्व केही न सोची यहाँहरुलाइ मनोरंजन दिन घरि कतार, घरि मलेसिया त घरि अस्ट्रेलिया पुग्छांै। के को लागि ? यही आलोचना खप्नको लागि ? कति चित्त दुख्छ होला सोच्नुस् ।’ \"priyanka. प्रियंकाले टिप्पणीकर्ताहरुलाई आफ्नो पनि घरमा छोरी चेली आमा, दिदी बहिनी भएको जसरी सोच्न आग्रह गरेकी छिन् । उनले घरको दिदी–बहिनी, आमा, भाउजू, छोरीहरु माथि यस्तो शब्द कसैले प्रयोग गर्दा, तपाइलाई कस्तो महसुस हुन्थ्यो भनेर प्रतिप्रश्न गरेकी छिन् । उनले यदि प्रियंका कार्की मन पर्र्दैन भने पेज लाईक नगरी ब्लक गरिदिन तर अश्लिल शब्दहरु प्रयोग गरि जथाभावी टिप्पणी नखेल्न टिप्पणीकर्तालाई आग्रह गरेकी छिन् । \"Priyanka-Karki\" त्यस्तै प्रियंकालाई अपशब्द प्रयोग गरिपछि सञ्चारकर्मी विमल नेपालले टिप्पणी लेख्दै आफूलाई साँच्चै भावुक बनाएको र आफूलाई दुखित तुल्याएको बताएका छन् । उनले एक टिप्पणी लेख्दै भनेका छन् ‘नयाँ पुस्ताका कलाकारले किन दर्शककै अपमानको सामना गरिरहनु परेको छ ? नयाँ पुस्तामा जमेका भनिएका वा आफूलाई अब्बल दर्जाको कलाकार दाबी गर्नेहरुले किन आफूलाई मेन्टेन गर्न सकेनन् ? कला क्षेत्र नै बदनाम हो या कलाकारको कमजोरी ? उनले आधुनिक सभ्यताको सिको गर्न खोजेकाले कलाकारहरुमाथि यस्तो गाली वर्षिएको हुनसक्ने बताएका छन् । उनले आधुनिक हुने नाममा कतै सभ्यतालाई भुल्नु भएको त छैन भनी प्रियंकालाई प्रश्न गरेका छन् । उनले भने,‘नग्नतालाई नै आधुनिक सभ्यताको मानक मानेर नेपाली कलाकारले चर्चित बन्ने लोभमा धरातल नै मक्किएको छ । अनि तपाईंहरुले मिडियामा दिने अन्तरवार्ताको वजनले पनि दर्शकले स्तरमापन गरेका हुन सक्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: