Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सोलुखोला जलविद्यूत आयोजनाको लगानीमा पूर्वका नागरिक आकर्षित

\"solu\"बिर्तामोड । झापासहित पूर्वी नेपालका नागरिक जलविद्युत आयोजनामा लगानी गर्न आकर्षित भएका छन् । साहस उर्जा (प्रा.)लि.ले आफ्नो शतप्रतिशत लगानी रहने गरी निर्माण गर्न लागेको हाइड्रो भेञ्चर (प्रा.)लि.द्वारा प्रवद्र्धित ८६ मेघावाटको सोलुखोला(दुधकोशी) जलविद्यूत आयोजनामा लगानी गर्न पुर्वका सर्वसाधारण आकर्षित भएका हुन् । आयोजना निजी क्षेत्रबाट बन्न लागेको नेपालकै सबैभन्दा ठूलो र तथ्यांक अनुसार उच्च प्रतिफल दिने भएकोे साहस ऊर्जाका सञ्चालक सदस्य एवम् हाइड्रो भेञ्चरका अध्यक्ष मीनराज कँडेलले बताए । उनका अनुसार ४ हजार जना भन्दा बढीले शेयर खरिद गरिसकेका छन् । त्यसमा अधिकांश पूर्वी नेपालका नागरिक रहेको बताइएको छ । झापाका मात्र ७ सय जना भन्दाबढी सर्वसाधारणले साहस ऊर्जाको हाइड्रो भेञ्चरद्वारा प्रवद्धित सोलु खोला जलविद्युत आयोजनामा लगानी गरेको साहसका सञ्चालक सदस्य महेन्द्रकुमार गिरीले जानकारी दिए । कूल ११ अर्ब ८६ करोड रुपैयाँको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । सहकारी संस्था, सहकारीकर्मी तथा अन्य सर्वसाधारणले शेयर खरिद गरिरहेको बताइएको छ । झापाको बिर्तामोड(चारपाने)स्थित सहारा नेपाल (साकोस) लगायत देशभरका ५० बढी सहकारीले समेत उक्त हाइड्रोमा लगानी गरेको बुझिएको छ । कम लगानीमा उच्च प्रतिफल दिने अनुमान गरिएको उक्त आयोजनाको शेयर सदस्य बनेर लगानी गर्ने अन्तिम समयसीमा वैशाख मसान्त तोकिएको छ । पूर्व क्षेत्रका लागि शेयर फारम संकलन केन्द्र सहारा नेपाल (साकोस) चारपानेलाई तोकिएको छ । सो अवधिमा साहस उर्जाले ३० प्रतिशत रकम जम्मा गर्नुपर्नेमा त्यो लगभग पूरा भइसकेको जनाइएको छ । ७० प्रतिशत लगानी बैंकले गर्नेछन् । त्यसका लागि जेठबाट सम्झौताको काम अघि बढ्ने सञ्चालक समितिले जनाएको छ । आयोजनाको मुख्य ड्याम(बाँध) सोलुखुम्बुको कांगेल र तिङ्ला गाविसकोबीचमा पर्ने सोलुखोलामा रहनेछ । त्यहाँबाट ४६ सय मिटर लामो टनेलमा छिराइएको पानी १६५५ मिटर लामो फलामे पाइप (पेनस्टोक) हुँदै सोलुखुम्बुकै पञ्चन गाविसमा बनाइने पावर हाउसमा खसाइने छ । त्यहाँ उत्पादित विद्युत सोलुकै तिङ्ला सवस्टेशन मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । पावर हाउसबाट तिङ्ला सवस्टेशनको दुरी १२ किलोमिटर मात्र रहेको छ । सन् २०२०को मार्चसम्ममा सोलुखोला जलविद्युत आयोजना निर्माण पूरा भई विद्युत उत्पादन शुरु गर्ने गरी साहस ऊर्जाले एक बर्षअघि नै सरकारसँग सम्झौता(पीपीए) गरिसकेको छ । तर त्यो भन्दा एक /डेढ बर्ष अगावै आयोजनाको निर्माण पूरा भई विद्युत उत्पादन हुने अध्यक्ष कँडेलले बताए । अहिले बाटोको ट्रयाक खोल्ने, बाटो बनाउने लगायतका आधारभूत काम भइरहेको छ । असोजबाट काम दू्रत गतिमा अघि बढ्ने बताइएको छ । ०७० सालमा स्थापित साहस उर्जाले गुल्मीमा पाँच मेघावाटको विद्युत आयोजना निर्माण पूरा गरी एक बर्षदेखि सञ्चालनमा ल्याइसकेको छ । निजी क्षेत्रको सक्रियतामा सामुदायिक तथा सहकारी तहमा साझेदारी (पीपीसीपी) अवधारणा अन्तर्गत बजारमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी जलविद्युत उत्पादनमा लगाउने ध्येयका साथ साहस उर्जाले काम गरिरहेको सञ्चालकको भनाइ छ । ‘सोलुखोला(दुधकोशी) जलविद्युत आयोजना निजी क्षेत्रबाट बन्न लागेको नेपालकै सबैभन्दा ठूलो आयोजना भएकोले यो झापासहित पूर्वेली मात्र होइन आम नेपालीको गौरबको आयोजना हो’– साहसका सञ्चालक सदस्य महेन्द्रकुमार गिरीले भने– यसले लगानीकर्तालाई उच्च प्रतिफल त दिने नै छ, मुलुकलाई ऊर्जा संकट मुक्त गर्न ठूलो योगदान पु¥याउनेछ ।’ निजी, समुदाय र सहकारीको सहकार्यमा जलविद्युत परियाजनाको सञ्चालन र विकास गर्ने उद्देश्यले आफूहरुले काम गरिरहेको बताउँदै साहस उर्जा सञ्चालक समिति अध्यक्ष हिमप्रसाद पाठकले भने– ‘प्रतिफलको सुनिश्चितता गर्दै मुलुकको आर्थिक समृद्धिका लागि योगदान पु¥याउनेछौं ।’ राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा पूर्व सांसद डा. डिल्लीराज खनाल र पूर्व अर्थसचिव रामेश्वर खनाल मुख्य सल्लाहकार रहेको साहस उर्जाको सञ्चालकमा पाठक, कँडेल र गिरी सहित परितोष पौड्याल, भोजबहादुर साह, मुक्तिराम पाण्डे र जिज्ञासा सुवेदी रहेका छन् । सञ्चालक सबै उर्जा, सहकारी, वैंकिङ, शिक्षा, पर्यटन, इञ्जिनियरिङ क्षेत्रका अनुभवी र अब्बल मानिन्छन् । साहस उर्जा प्रा. लि.को दोस्रो साधरण सभा गत चैत २५ गते काठमाडौंमा सम्पन्न भएको छ । साहस ऊर्जाका सञ्चालक सदस्य एवम् हाइड्रो भेञ्चरका अध्यक्ष मीनराज राष्ट्रिय सहकारी संघ केन्द्रीय समितिका उपाध्यक्ष समेत हुन् । उनी वचत तथा रिण सहकारी संघ केन्द्रीय समितिका पूर्व अध्यक्ष पनि हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies