Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

शाहरूखको करियर गम्भीर संकटमा

\"shahrukhkhan-603-750\" एक समय बलिउडमा एकछत्र राज गरेका अभिनेता शाहरुख खानको फिल्मी करियर यतिबेला गम्भीर संकटबाट गुग्रिएको विश्लेषकहरुले बताएका छन् । बलिउडमा किङ खानका नामले समेत चिनिने ५० वर्षीय शाहरूखले गत साता ‘फ्यान’ रिलिज गरेका थिए । तर दर्शकले रुचाएनन् । पाँच वर्षअघि रा.वनबाट लागको झड्का पुन लागेको फिल्म समिक्षकहरुले बताएका छन् । निर्मातासमेत रहेका शाहरूख उक्त फिल्ममा सुपर हिरो अवतारमा त देखिए तर बक्सअफिसमा सुपर कलेक्सन गर्न सकेनन् । बिग बजेटको फिल्मले शाहरूखलाई चुर्लुम्म डुबायो । त्यसपछि उनी आर्थिक रूपमै संकटग्रस्त भएपछि ‘चेन्नाई एक्सप्रेस’, ‘ह्याप्पी न्यु इयर’, ‘दिलवाले’ जस्ता हावा फिल्म खेल्न थाले । बक्सअफिसमा ती फिल्म ठिकठाक त चले तर ‘किङ’ का फ्यान भने भडकँदै गए । ज्वलन्त उदाहरण उनकै फिल्म ‘फ्यान’ मा देखियो । मनीष शर्माको निर्देशनमा सेलिब्रेटी र उसको फ्यान दुवैको भूमिकामा देखिएका शाहरूख कम्तीमा ‘फ्यान’ मा यसअघिका हावा फिल्ममा जस्तो फिक्का थिएनन् । विषयवस्तु पनि उडन्ते थिएन । तर पनि फिल्म अपेक्षाकृत चल्न सकेन । एक सय पाँच करोड भारुमा बनेको ‘फ्यान’ ले स्वदेशी बक्सअफिसमा चार दिनमा मात्र ५८ करोड भारु कलेक्सन गरेको छ । रिलिजको दिन १९ करोड २० लाखको टिकट बेच्न सफल फिल्मको व्यापार त्यसपछि ओरालो लाग्दै गएको थियो । जबकि आइतबार बिदाको दिनमा पनि १७ करोड ७५ लाख भारुमै सीमित भयो । सोमबार त अवस्था लाजमर्दो रह्यो । फिल्मले मात्र छ करोडको व्यापार गर्न पायो । फिल्म भारतमा मात्रै ३५ सय स्क्रिनमा रिलिज भएको थियो । तर फिल्म हेर्न दर्शकले खासै उत्साह देखाइदिएनन् । पैसाकै लागि जस्ता फिल्म पनि खेल्न थालेको भन्दै शाहरूखबाट पछिल्लो समय भडकँदै गएका फ्यानले नै ‘फ्यान’ लाई पत्याइदिएनन् । फिल्ममा शाहरूख फ्यान गौरवको भूमिकामा तुलनात्मक रूपमा बढी सशक्त देखिएका छन् । यसअघिको ‘दिलवाले’ पनि रणवीर सिंह र दीपिका पादुकोण अभिनित ‘बाजीराव मस्तानी’ सँग जुधेर नराम्रोसँग पछारिएको थियो । उक्त नतिजाले फिल्मलाई त आर्थिक रूपमा क्षति र्पुयायो नै, स्वयं शाहरूखको करिअरमा पनि असर पुग्यो । त्यसैले पनि यतिबेला सिंगल रिलिज पाएर पनि ‘फ्यान’ ले उत्साहप्रद व्यापार गर्न सकेन । झन् यसवर्ष ‘रइस’ सँग सलमान खानको ‘सुल्तान’ जुध्ने भएपछि शाहरूख थप तिलमिलाएका छन् । सम्भवतः उनको प्रोडक्सन हाउसले फिल्मको रिलिज मिति परिवर्तन गर्नेछ । एजेन्सी ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: