को थिए सम्राट अशोक ? पढ्नुहोस् उनको प्रेरणादायी जीवन कथा
बैशाख १२ गते, २०७३ आइतवार 24th April, 2016 Sun१६:२०:३३ मा प्रकाशित
सम्राट अशोक प्राचीन भारतमा मौर्य राजवंशको चक्रवर्ती राजा थिए । उनको मौर्य राज्य उत्तरमा हिन्दुकुशको की श्रेणिदेखि लिएर दक्षिणमा गोदावरी नदीको दक्षिण तथा मैसूरसम्म तथा पूर्वमा बंगालदेखि पश्चिममा अफगानिस्तानसम्म पुगेको थियो। यो त्यस समयसम्मको सबैभन्दा ठूलो भारतीय साम्राज्य थियो। सम्राट अशोकलाई आफ्नो विशाल साम्राज्यको राम्रो र कुशल प्रशासन तथा बौद्ध धर्मको प्रचारको लागि जानिन्छ ।
जीवनको उत्तरार्धमा अशोक गौतम बुद्धको भक्त भए र तिनै स्मृतिमा उनले एउटा स्तम्भ खडा गरेदिए जो आज पनि नेपालमा उनको जन्मस्थल ( लुम्बिनी (मा मायादेवी मन्दिरको छेउमा अशोक स्तम्भको रुपमा देख्न सकिन्छ। उनले बौद्ध धर्मको प्रचार भारत लगायत श्रीलंका, अफगानिस्थान, पश्चिम एसिया, इजिप्ट तथा ग्रीकमा पनि गराए ।
प्रस्तुत छ, सम्राट अशोकका बारेमा इतिहासकार, लेखक तथा प्रख्यात अंग्रेजी उपन्यासकार एज.जी. वेल्सले ब् क्जयचत जष्कतयचथ या तजभ धयचमि मा लेखेको एउटा आलेखः
गौतम बुद्धको मृत्युको उपरान्त केही पुस्ताहरुसम्म यी उच्च एवम् श्रेष्ठ बुद्ध शिक्षाहरुले यो धेरै स्पष्ट र प्रथम शिक्षा कि ‘स्व’ लाई नियन्त्रित गर्नमा नै मानिसको सबभन्दा ठूलो भलाई हो । संसारमा अपेक्षाकृत रुपमा अत्यन्तै कम मात्र प्रगति गर्न सके । तत्पश्चात यी विचारहरुले दुनियाँलाई अहिलेसम्म ज्ञान सबभन्दा ठूला सम्राटको मनलाई जिते ।
हामीले पहिले नै उल्लेख गरिसकेका छौं की कसरी सिकन्दर महान् भारत आए र उनले सिन्धु नदीको तटमा पोरससँग युद्ध गरे । ग्रीक इतिहासकाहरुको भनाई छ की कोही चन्द्रगुप्त मौर्य नामको व्यक्ति सिकन्दरको शिविरमा आये र उसले सिकन्दरलाई गंगा घाँटीमा आक्रमण गर्न तथा सम्पूर्ण भारतमा विजय प्राप्त गर्नका लागि भन्यो । सिकन्दरले यसो गर्न सकेनन्, किनकि मेसिडोनियनहरुले अगाडिको अनजान दुनियाँमा जान मानेनन् र पछि (ई.पू.ं ३२१) मा चन्द्रगुप्त मौर्य पहाडी कविलाहरुको मद्दतले ग्रीक मद्ददबिना नै आफ्नो सपनालाई साकार गर्नमा सफल हुन गए । उनले उत्तर भारतमा एक साम्राज्यको निमार्ण गरे र उनले ई.पू. ३०३ मा पञ्जावमा सेल्यूकस– १ मा आक्रमण गरि ग्रीक सत्ताको अन्तिम अवशेषहरुलाई भारतमा मिलाईदिए । उनका छोराले यस नयाँ साम्राज्यलाई अझ पनि विस्तारित गरे र ई.पू. ३६४ मा उनको नाती सम्राट अशोक, जसको विषयमा अब हामी बताउन गइरहेका छौं, अफगानिस्तानदेखि लिएर मद्राससम्म शासन गरिरहेका थिए ।
सर्वप्रथम अशोक आफ्नो तिपा र बाजेको पदचिन्हहरुमा हिड्दै सम्पूर्ण भारतीय प्रायद्धिपको बिजयलाई पूरा गर्नमा लागिरहे । ई.पू. २५५ मा उनले पूर्वि तट स्थित कलिङ राज्यमा आक्रमण गरे आफ्नो सैनिक अभियानमा सफल रहे र विजेताहरुको बीचमा एक्लै उनी युद्धको क्रुरता र आतंकसँग यति घृणा गर्न गाले कि उनले यसको परित्याग गरिदिए । अब भविष्यमा उनी कुनै युद्ध लड्नेछैनन् । उनले बौद्ध धर्मको शान्तिपूर्ण सिद्धान्तहरुलाई अपनाए र घोषणा गरे की अबदेखि उनको विजयमा धर्मको विजय हुनेछ ।
मानवजातिको अशान्तिमय इतिहासमा २८ वर्षको उनको शासनका सर्वाधिक उज्जल अन्तरालहरुमध्येमा एक थियो । उनले सम्पूर्ण भारतमा कुवाहरु खनाए तथा छायाको लागि रुखहरु लगाउन लगाए । उनले चिकित्सालयहरुको स्थापना गरे, बगैंचाहरु लगाए तथा औषधीय वनस्पतिहरुलाई उत्पादन गर्नको लागि बगैंचा लगाउन लगाए । उनले भारतको आदिवासीहरु तथा शासित प्रजातिहरुको हेरविचारको लागि एक मन्त्रालयको स्थापना गरे । उसले स्त्रीहरुको शिक्षाको लागि प्रवन्ध गरे । बौद्ध धर्मको प्रचार गर्ने संस्थाहरुको अत्यन्तै मद्दत गरे र तिनीहरुलाई आफ्नो स्वयमको एकत्रित साहित्यको धेरै राम्रो र अधिक उत्साही आलोचना गर्नको लागि प्रेरित गरे, किन भने महान भारतीय शिक्षकको स्पष्ट र सजिलो शिक्षाहरुमाथि भ्रष्टचार तथा अन्धविश्वासहरुको अभिवृद्धि अत्यन्तै तिव्रतापूर्वक एकत्रित भइरहेको थियो । उनले कश्मिर, पर्सिया तथा लंका र अलेक्जेड्रियाको लागि धर्म–प्रचारक पठाए ।
यस्ता थिए अशोक, राजाहरुमा सबभन्दा महान । उनी आफ्नो युगभन्दा धेरै अगाडि थिए । उनले आफ्नो कार्यहरुलाई अगाडि संचालन गरिरहनको लागि न त कनै राजकुमार छोडे र न मानिसहरुको कुनै संगठन नै । उनको मृत्युको एक शताब्दीभित्र नै उनको शासनकालका ती दिन छिन्न भिन्न र पतीत भइरहेको भारतमा गौरवपूर्ण सम्झनाको दिनहरु हुनगए । भारतीय सामाजिक संरचनामा सर्वोच्च एवम् विशेषाधिकार प्राप्त ब्राम्हण पुरोहितहरुको जाति सदैव बुद्धको स्पष्ट खुल्ला शिक्षाहरुको विरोधी रहेको छ । उनीहरुले देशमा बौद्ध धर्मको प्रभावलाईं विस्तारै विस्तारै कम गरिदिए । हिन्दू धर्मको पुरानो भारी भरकम देवताहरु तथा असंख्य पन्थहरुले आफ्नो साम्राज्य स्थापित गरे । जाति–प्रथा अझ पनि पीडादायक र जटिल हुनगयो । कयौं शताब्दीहरुसम्म बौद्ध–धर्म र ब्राम्हण धर्मसँगै फस्ताउँदै रहे र तत्पश्चात बौद्ध धर्मको विस्तारै विस्तारै ह्रास हुँदै गयो, त्यसको स्थान आफ्नो विभिन्न रुपहरुमा ब्राम्हणवाद ग्रहण ग¥यो । तर जातिग्रस्त समाज र भारतको सीमाहरुभन्दा बाहिर बौद्धधर्म तबसम्म फैलिरह्यो, जबसम्म की उसले चतीन, स्याम, वर्मा तथा जापान आदि देशहरुलाई जितेन, जहाँ की त्योत्यो आजसम्म प्रभावकारी बनेको छ ।
लेखक, (१८६६ –१९४६) एक जना प्रख्यात अंग्रेजी उपन्यासकार, पत्रकार, समाजवादी चिन्तक र इतिहासकार हुन् । हामीले उनको यो लेख A Short history of the world बाट लिएका हौं ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: