Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

मजदुर दिवसमा विप्लवको अपिल– सबै श्रमजीवीहरु एकजुट भएर लडौं

\"biplab- काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबै श्रमजीवीहरु एकजुट भएर लड्न आह्वान गरेका छन् । १ सय २७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै विप्लवले संसदीय ब्यवस्था रहेसम्म श्रमजीवी मान्छेले अधिकार नपाउने भन्दै संघर्षका लागि अपिल गरेका छन् । राज्यमा दलालको उपस्थिति विप्लवले मजदुर दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा नेपालको राज्य ब्यवस्थाप्रति पनि कडा प्रहार गरेका छन् । उनले अहिले नेपालको राज्यमा दलालहरुको उपस्थिति रहेको भन्दै राज्यले दलाल पुँजीवादको पक्षपोषण गरेको आरोप लगाएका छ । सरकारले सबै खाले श्रम गर्नेहरुमाथि शोषण र उत्पीडनका रुपहरु अपनाएको उनको आरोप छ । चालिस लाख भन्दा बढि दक्ष जनशक्ति विदेश पलायन प्रत्येक वर्ष साढे चार लाख युवाहरु श्रम गर्नका लागि तयार हुने अवस्थामा सरकारले १० प्रतिशतलाई पनि रोजगारी दिन नसकेको विप्लवको भनाइ छ । राज्यले रोजगारी दिन नसक्दा चालिस लाख भन्दा बढि दक्ष जनशक्ति विदेश पलायन भइराखेको विज्ञप्तिमा जनाएका छन् । केही रोजगार पाएका श्रमिकहरुलाई पनि उचित सुविधा नदिइएको उनले जनाएका छन् । विप्पा सम्झौता श्रमिक विरोधी मजदुर दिवसका अवसरमा जारी विज्ञप्तिमा विप्लवले बिप्पा सम्झौतालाई श्रमिक विरोधी भएको आरोप लगाएका छन् । विप्पा जस्ता सम्झौताका कारण मजदूरहरुको अधिकारका लागि गरिने आन्दोलनमा प्रतिबन्ध जस्तै लगाइएको उनले जनाएका छन् । “नो वर्क नो पे” र “हायर एण्ड फायर” को नीतिका कारण रोजगारी पाएका मजदूरहरुको पेशाको सुनिश्चितता नभएको भन्दै उनले सरकारप्रति रोष प्रकट गरेका छन् । मजदुरले श्रमको उचित मूल्य नपाएको, आधारभूत सुविधाबाट पूर्ण रुपले बञ्चित हुनु परेको, नेपालका औद्योगिक मजदूर मात्र नभइ कृषि, वौद्धिक श्रमजीवीहरु पीडित रहेको भन्दै विप्लवले सबै श्रमजीवीहरु एकजुट भएर संघर्ष गर्न जरुरी भएको भन्दै संघर्षका लागि अपिल गरेका छन् । अहिले राष्ट्रियतासमेत चरम संकटमा रहेको भन्दै संसदीय व्यवस्थाकाविरुद्ध संघर्ष गर्न पनि उनले आह्वान गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies