Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

वार्ता सुरु हुनासाथ असफल

काठमाडौं, दलबीच वार्ता सुरु हुनासाथ एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विपक्षीले आन्दोलन घोषणा गरेसँगै डेढ महिनापछि सुरु हुन लागेको वार्ता प्रक्रिया पुनः रोकिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ–सत्तारुढ दलहरु सहमतिमा संविधान बनाउन तयार नभएको भन्दै ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गरेपछि वार्ता असफल भएको हो । आइतबार साँझ मोर्चाले चैत ५ देखि २६ सम्मलाई आन्दोलनको विभिन्न कार्यक्रम घोषणा गरेको हो  । दोस्रो चरणको आन्दोलन अन्तर्गत विपक्षीले चैत १९, २४, २५ र २६ गते देशव्यापी आमहड्ताल गर्ने घोषणा गरेका छन् । सत्तारुढ दलले ऐतिहासिक सहमति सम्झौता विपरीत पेल्न खोल्न खोजेको भन्दै बाध्य भएर आन्दोलन घोषणा गर्नुपरेको मोर्चाको भनाई छ । कात्तिक १७ गते राखेको ९ बुँदे प्रस्तावमा टसमस नगर्ने सत्तारुढ दलको अडानपछि आन्दोलन गर्नुपरेको एमाओवादी नेत कृष्णबहादुर महराले बताए । सत्तारुढ दलले भने दलबीच वार्ता संवादबाट सहमति खोज्ने प्रयत्न जारी रहँदा मोर्चाले आन्दोलन घोषणा गरेर वातावरण झन् बिगारेको आरोप लागएका छन् । यद्यपी वार्ता र आन्दोलनसँगै अघि बढाउने मोर्चाको भनाईले पुनः वार्ता भई उनीहरुको आन्दोलन मत्थर हुने विश्वास कांग्रेसले लिएको छ । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले आन्दोलन र वार्ता  र सँगै चलाउने भन्नुभएको छ, वार्तामा प्रगति भए आन्दोलन मत्तथर हुन्छ भन्ने सोचेका छौं ।’ कांग्रेस प्रवंक्त दिलेन्द्रप्रसाद बडुले भने । एमाले प्रमुख सचेतक अग्नी खरेलले भने सहमतिका नाममा धेरै समय खर्चिएको भन्दै अब सहमतिमात्रै भनेर बस्न नहुने बताए । ‘उहाँहरुले आन्दालन र संवादसँगै भन्नुभएको छ । संवाद नगर्ने भनेका छैनौं, अब प्रक्रिया अघि बढाउने तयारीमा लाग्छौं ।’खरेलले भने । माघ ५ पछि संवादमा नजुटेका दलबीच एक हप्ताअघिबाट औपचारिक वार्ता सुरु भए पनि केही दिनमा नै असफल भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: