नेपालका बामपन्थीहरु अचम्मका छन् । एक बामपन्थीको सबभन्दा ठूलो शत्रु अर्को अर्को बामपन्थी । कुनै बामपन्थीलाई विदोहको ‘व’ सुन्नु हुदैन भने कुनैलाई चुनावको ‘च’विषम परिस्थितिमा सम्पन्न भएको दोश्रो संविधानसभाको निर्बाचनले विगतको शक्ति सन्तुलनमा ब्यापक फेरबदल ल्याइदियो । विगतमा खुम्चिएका राजनीतिक शक्तिको पुनरागमनले र माओवादीहरुको एक पछि अर्को विभाजनले झन अनिश्चयको भुमरीमा देश फस्न पुग्यो । बडो उत्साहका साथ अग्रगामी संविधानको आश गरेर बसेका जनता राजनीतिक वितण्डा हेरेर बस्न बाध्य छन् । नेपाली जनतालाई प्रजातान्त्रिक समाजबाद,जनताको बहुदलीय जनबाद वा माओबादभन्दा पहिले गाँस, बास, कपास,शिक्षा, स्वास्थ्य,शान्ति र सम्बृद्धि चाहिएको छ । त्यसको ग्यारेण्टी गर्ने अग्रगामी संविधान चाहिएको छ ।त्यस्तो संविभान बनाउन छोडेर दशौं लाख होनहार युवालाई विदेश मजदुरी गर्न पठाएर उनीहरुबाट उठेको रेमिट्यान्स खर्च गरेर देशको पाखा भित्तामा हाड घोटेर बसेका बुढाबुढी जम्मा गरेर प्रजातान्त्रिक समाजबाद,जनताको बहुदलीय जनबाद वा माओबादको टीठलाग्दा भाषण सुनाउन नेताहरुलाई अब त लाज लाग्नु पर्ने हो । दोश्रो संविधानसभाको चुनावबाट सबभन्दा ठूलो पार्टी बनेको नेपाली कांग्रेसलाई सत्ताको निरन्तरता चाहिएको छ,उसलाई संविधानको कुनै हतारो छैन । उसलाई अन्तरीम संविधान नै काफी छ, जसले राष्टपति र प्रधानमन्त्री कांग्रेसको पोल्टामा पारिदिएको छ । सत्ताको निरन्तरताको लागि उसलाई कुनै आकास पाताल जोड्नु पर्दैन, ओली र प्रचण्डलाई कुस्ती खेलाई रहे पुग्छ । कुस्ती प्रयोजनका लागि एक हुल कांग्रेसीहरु ओली सुर्याउन ब्यस्त छन् भने अर्का थरि कांग्रेसी (विजयकुमार गच्छदार सहित) प्रचण्डलाई तेल लाउन ब्यस्त छन् । विडम्वना पनि कस्तो, काग्रेसविना एमाले बोल्न नसक्ने, मदेशी मोर्चाविना एमाओबादी चल्न नसक्ने ।
दोश्रो संविधानसभाको चुनावबाट सबभन्दा ठूलो पार्टी बनेको नेपाली कांग्रेसलाई सत्ताको निरन्तरता चाहिएको छ,उसलाई संविधानको कुनै हतारो छैन । उसलाई अन्तरीम संविधान नै काफी छ, जसले राष्टपति र प्रधानमन्त्री कांग्रेसको पोल्टामा पारिदिएको छ । सत्ताको निरन्तरताको लागि उसलाई कुनै आकास पाताल जोड्नु पर्दैन, ओली र प्रचण्डलाई कुस्ती खेलाई रहे पुग्छ ।नेपालका बामपन्थीहरु अचम्मका छन् । एक बामपन्थीको सबभन्दा ठूलो शत्रु अर्को अर्को बामपन्थी । कुनै बामपन्थीलाई विदोहको ‘व’ सुन्नु हुदैन भने कुनैलाई चुनावको ‘च’ । कसैका अन्तिम सत्य माओ हुन् भने कसैका मदन भण्डारी । यसैको आधारमा गाली बादशाह एक अर्काविरुद्ध महान शब्दावलीहरु प्रयोग गर्दै कुर्लन्छन् उग्रबादी, संसोधनबादी, दक्षिणपन्थी, कट्टरपन्थी, भारतपरस्त,चीनपरस्त, काग्रेसपरस्त, सामाजिक फाँसीबादी, उदारबादी,कठमुल्लाबादी आदि आदि । उनीहरुलाई फुट्न पनि कारण चाहिदैन, जुट्न पनि । मिलेर लड्छन् बलिदान गर्छन् तर खाने बेलामा फुट्छन्, फुटाइन्छन् ।पार्टीभित्रका गुटको आपसी टक्कर कम खत। नाक छैन । ओलीलाई प्रधानमन्त्री हुन नदिन माधव सक्रिय छन् भने प्रचण्डलाई सफल हुन नदिन भट्टराई । सुसील र देउवाको दाउपेच सतहमा आएकै छ । यस्तो अवस्थामा जनअधिकार र अग्रगमनको ग्यारेण्टी गर्ने संविधानको अपेक्षा गर्नु केवल मृगतिष्णा मात्र हुनेछ । भयानक बलिदान र दशकौं लगाएर खनिएको पहाडबाट मुसो निस्कने सम्भावना चाहिं अझै टरेको छैन ।
प्रतिकृया लेख्नुहोस्: