Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

महिला प्रहरीको बयान : ‘गाला रातो हुन्जेल सरले कोठामा राख्नुहुन्छ’

[caption id=\"attachment_74366\" align=\"aligncenter\" width=\"750\"]\"फाइल फाइल तस्बिर[/caption] काठमाडौं । दैनिक १८ घन्टा ड्युटी गएर आइएको हुन्छ । कुरै नबुझी हाकिम साहेबले मुख छाडेर गाली गर्नुहुन्छ, प्रहरीभित्रका गुनासो जान्न प्रहरीले गरिएको सर्वेक्षण भिडियोमा एक जवान भन्छन्। आन्तरिक अनुशासन र गुनासो जान्ने ध्येयले तयार गरिएको सर्वेक्षण भिडियोमा प्रहरी संगठनभित्रको समस्या यसरी छताछुल्ल भएको छ। महिला प्रहरीको गुनासो त्यत्तिकै छ। आजको नागरिक दैनिकमा दीपक खरेल लेख्छन्– सम्पादनको अवस्थामा रहेको भिडियोमा एक महिला प्रहरीले भनेकी छन्, ‘गाला रातो हुँदासम्म सरले कोठामा राख्नुहुन्छ, रातो हराउँदै गएपछि पठाउनुहुन्छ।’ प्रहरी अधिकृतका अनुसार संगठनभित्र महिला प्रहरीको उपस्थितिमा अश्लील शब्द पनि त्यत्तिकै प्रयोग हुन्छ। ती महिला प्रहरी भन्छिन्, ुपारिवारिक समस्या, घरव्यवहार सबै खत्तम भइसक्यो, हाम्रो जीवन नै हुँदैन।ु यस्तै करिब चार हजार गुनासो, सुझाव र अनुरोध तथा आक्रोशलाई यतिबेला प्रहरी प्रधान कार्यालयको अन्वेषण तथा विकास निर्देशनालयले केलाउँदैछ। भिडियोमा भएका यस्ता दृश्य र गुनासाको सम्पादन भइरहेको छ। ुअनिश्चित वृत्तिविकास, अपुग तलब, सिनियर अधिकृतको रुखो बोली र गालीगलौजले दिक्क भएका बेला सेवाग्राहीसँग कसरी हाूसेर कुरा गर्ने ? अर्का प्रहरी जवानको प्रश्न भिडियोमा छ। प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अन्तर्गतका महाशाखा, परिसर, गण, प्रतिष्ठान लगायत युनिटका आधाभन्दा बढी तल्लो तहका प्रहरीमा गरेको सर्वेक्षणमा कार्यालयमा हुने भेदभाव, हाकिमको गाली र परिवारसँग बिछोडको समस्या प्रमुखताका साथ उठाएका छन्। निर्देशनालयले दुई महिना लगाएर उपत्यकाका चार हजार प्रहरी हवल्दार र प्रहरी जवानका गुनासाको भिडियो रेकर्ड गरेको हो। निर्देशनालयले प्रहरीका वरिष्ठ र कनिष्ठ अधिकारीमा सुधार देखिए पनि तल्लो तहका कर्मचारीमा सुधार नआउनुको कारण खोज्न सर्वेक्षण गरेको हो। सर्वेक्षणमा सहभागी कार्यालयका करिब पचास प्रतिशत प्रहरी हवल्दार र जवानलाई अनिवार्य सहभागी बनाइएको थियो। पुलिस क्लबमा चलेको सर्वेक्षणमा सहभागी हुन आएका उनीहरुले सरुवा र बढुवाका लागि ज्योतिषीलाई सोध्नुपर्ने अवस्था रहेको भन्दैे भिडियोमा गुनासो गरेका छन्। नियमित हुनुपर्ने सरुवा कहिले समयभन्दा अघि र कहिले वर्षौसम्म नभइदिँदा आफूसहित आश्रित परिवारकै भविष्य अनिश्चित रहेको उनीहरु बताउँछन्। प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले प्रहरीमा सुधार प्रयासका लागि तत्काल कार्यान्वयन गर्ने अभिप्रायले आन्तरिक सर्वेक्षण गरिएको बताए। उनका अनुसार प्रहरीमा संगृहीत गुनासा सम्बोधन फास्ट ट्र्याकमा गर्ने योजना प्रधान कार्यालयको छ। ुपहिलो चरणमा उपत्यकाबाट सुरुआत भएको छ, अन्य जिल्लामा समेत सर्वेक्षण हुनेछ,ु उनले भने। सर्वेक्षणमा सहभागी महिला प्रहरीले सुत्केरी बिदा बढाइदिन आग्रह गरेका छन्। यस्तै, उनीहरुले आफूभन्दा माथिल्लो दर्जाका प्रहरीले ख्याल नै नगरी अपशब्द प्रयोग गर्दा आफूहरु लज्जित हुनुपरेको गुनासो गरेका छन्। उनीहरुले श्रीमानसमेत प्रहरी सेवामा रहेकाले सँगै दरबन्दी मिलाइदिए दुवैको कार्यप्रगति सोचेअनुसार हुने सुझाएका छन्। यस्तै, प्रायले घरपायक सरुवाका लागि नीति बनाउन आग्रह गरेका छन्। नेपाल प्रहरीको ७२ हजार सात सय १९ जना जनशक्तिमा करिब ८६ प्रतिशत प्रहरी हवल्दार र जवान छन्। प्रहरीमा हाल १३ हजार ६ सय ७५ प्रहरी हवल्दार र ४२ हजार दुई सय ५४ जवानको दरबन्दी छ। यस्तै, करिब १३ सय प्रहरी कर्मचारीका श्रीमानश्रीमती नै सेवामा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE